prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • खुला केन्द्रिय सदस्यमा लुम्बिनीका सात नेता शीर्ष ३५ भित्र
खुला केन्द्रिय सदस्यमा लुम्बिनीका सात नेता शीर्ष ३५ भित्र
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस ४, २०७८ बागेश्वरी पोस्ट
खुला केन्द्रिय सदस्यमा लुम्बिनीका सात नेता शीर्ष ३५ भित्र

नेपालगञ्ज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् ३५ खुला केन्द्रिय सदस्यहरुको मतगणना जारी छ । गएराती अबेरसम्म करिब आधा मत गणना भएको थियो । विहान ११ बजेदेखि फेरि गणना थालिएको छ । अहिलेसम्मको अवस्था हेर्दा लुम्बिनीबाट खुला केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका सात जना नेता शीर्ष ३५ भित्र अटाएका छन् ।

paribartan 1

गृहमन्त्री रुपन्देहीका बालकृष्ण खाँण १५०७ मतका साथ तेस्रो स्थानमा छन् । उनी देउबा समूहबाट उम्मेदवार भएका हुन् । यसअघिका पनि केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री दाङका दीपक गिरी ११७४ मतका साथ २०औं नम्बरमा छन् भने पूर्व मन्त्री एवम् सांसद बर्दियाका सञ्जय गौतम १००१ मतका साथ २५औं नम्बरमा छन् । गिरी र गौतम कोइराला समूहबाट उम्मेदवार भएका हुन् । कोइराला समूहबाट उम्मेदवार बनेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्युठानका डा.गोविन्द पोखरेल ९६२ मतका साथ २६औं नम्बरमा छन् । यस्तै देउबा समूहबाट चुनाव लडेका बर्दियाका डा.गोपाल दहित पनि ९३१ मतका साथ २८औं नम्बरमा छन् । लुम्बिनी कांग्रेस संसदीय दलका नेता कपिलबस्तुका विरेन्द्र कुमार कनोडिया ९१९ मतका साथ ३१औं नम्बरमा छन् । उनी पनि देउबा समूहबाट हुन् । आमन्त्रित केन्द्रिय सदस्य एवम् पूर्व सांसद कृष्णकिशोर घिमिरे ९२९ मतका साथ २९औं नम्बरमा छन् । घिमिरे देउबा समूहबाट चुनाव लडेका हुन् । नेविसंघका पूर्व महामन्त्री रोल्पाका मनोजमणि आचार्य भने शीर्ष ३५ भित्र पर्न सकेका छैनन् । अहिलेसम्मको गणनामा उनी ८५४ मतका साथ ३८औं नम्बरमा छन् ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार राती अबेरसम्म गणना भएको २३९३ मतमा डा. शशांक कोइरालाको अग्रता कायमै छ । उनी एक नम्बरमा छन् । सभापति शेरबहादुर देउबा र नेता डा.शेखर कोइराला दुबैको प्यानलमा परेका कोइरालाले भारी मतका साथ अग्रता कायमै राखेका छन् । दोस्रोमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँण, चौथोमा रमेश लेखक र पाँचौमा उदयशमशेर राणा छन् । उनीहरु सबै देउबा प्यानलका उम्मेदवार हुन् । 

त्यस्तै शंकर भण्डारी, ज्ञानेन्द्र बहादुर कार्की, रामहरि खतिवडा, अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठ टप टेनमा परेका छन् । केसी कोइराला समूहका उम्मेदवार हुन् भने बाँकी सबै देउबा प्यानलका हुन् । शीर्ष २० मा रामशरण महत, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडु, दिपक गिरी, गोविन्द भट्टराई, जिपछिरिङ लामा, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महर लगायत छन् ।

यस्तै गुरु बराल, नेविसंघ अध्यक्ष राजीव ढुंगाना, कुन्दनराज काफ्ले, गोविन्दराज पोखरेल, सञ्जय गौतम, अजयबाबु शिवाकोटी, कृष्णकिशोर घिमिरे, सुरेन्द्रराज पाण्डे, सुनिल बहादुर थापा लगायत शीर्ष ३५ भित्र छन् । ३५ मध्ये २५ जना देउबा समूहका, ९ जना कोइराला र १ जना दुबै समूहमा परेका उम्मेदवार छन् । 

३५ केन्द्रिय सदस्यका लागि खुलामा ९९ जना उम्मेदवार छन् ।
मत विवरण यस प्रकार छः

No description available.


प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १३:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP