prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कलमको तागतसँगै राजनितिमा उदाय अजयबाबु शिवाकोटी
कलमको तागतसँगै राजनितिमा उदाय अजयबाबु शिवाकोटी
RSG-2
पहिलो पटकमै शिवाकोटीले केन्द्रीय सदस्यमा बाजी मारे
बागेश्वरी पोस्ट
सोमबार, पुस ५, २०७८ बागेश्वरी पोस्ट
कलमको तागतसँगै राजनितिमा उदाय अजयबाबु शिवाकोटी

नेपालगन्ज । नेपालको पत्रकारीता जगतमा अजयबाबु शिवाकोटी एक चिरपरिचित नाम हो। अन्ततः नेपाली कांग्रेसको राजनीतिमा कलमको तागतले जितेको छ । नेपाली कांग्रेसका युवा नेता अजयबाबु शिवाकोटी १४ औं महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी पहिलो पाइलामै सफलता हासिल गर्न सफल भएका हुन् । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका महासचिव शिवाकोटी पहिलो पटकको उम्मेदवारीमै केन्द्रीय सदस्यजस्तो गरिमामय पदमा निर्वाचित हुन सफल भएका हुन् । यो जित उनको मात्र नभएर प्रेस युनियनको पनि हो । किनकि उनले अब नीतिगत रुपमै प्रेसको महत्व पार्टीलाई बुझाउन सक्नेछन् र प्रेस स्वतन्त्रताका लागि थप सशक्त भूमिका खेल्न सक्नेछन्। उनले कांग्रेसको राजनीतिमा हात हाल्नुपूर्व पूर्णरुपले सम्हालेको पेशा पत्रकारिता हो । पत्रकारिता क्षेत्रमा चर्चित र सनसनीपूर्ण अनुहारमा उनी पर्छन् ।

paribartan 1

उनले गरेका रिपोर्टिङबाट समाजमा ब्याप्त विकृति र विसंगति रोक्न गरेको प्रयास अतुलनीय छ। ठूलाठालुले गरेका गल्ती ढाकछोप गर्ने तीतो यथार्थ समाजमा ब्याप्त भइरहँदा उनले गरेको रिपोर्टिङबाट तत्कालीन सभामुख कृष्णबहादुर महराको पद गुमेको थियो । त्यस्तै एमालेका नेता गोकुल बास्कोटा संचार मन्त्री रहेका बेलामा शिवाकोटीले ७० करोड भ्रष्टाचारको काण्ड सार्वजनिक गरेपछि बास्कोटाले पनि पद छाड्नु परेको थियो । उनी चुनौतीपूर्ण पत्रकारिता निडरपूर्वक गर्ने पत्रकारमा पर्छन् । उनै शिवाकोटी हाम्राकुरा डटकमका संस्थापक प्रधानसम्पादक हुन् । उनी पूर्णकालीन राजनीतिमा आएपछि पत्रकारिताको रिपोर्टिङबाट विश्राम लिने बताइसकेका छन् । हुन पनि पत्रकारले राजनीति गर्नुहुन्न भन्नेमा उनी सचेत छन् ।

त्यसैले पनि राजनीतिक कार्यकर्ता भइसकेपछि उनी पत्रकारिताको रिपोर्टिङमा देखिने छैनन् । उनी दोलखा जिल्लाबाट महाधिवेशन प्रतिनिधि भएर १४ औं महाधिवेशनमा सहभागी भएका थिए । उनले पत्रकारिताको रिपोर्टिङ्गबाट विश्राम लिए पनि नीतिगत रुपमा भने झन् सशक्त भएर लाग्ने प्रेरणा मिलेको छ । किनकि उनीसँग भएको क्षमता भनेकै पत्रकारिता हो र पत्रकारिताकै माध्यमबाट उनी कांग्रेसको नीतिनिर्माण तहमा पुगेका छन् । उनी प्रेस स्वतन्त्रताका लागि सडकमा धेरै पटक लडे । पक्राउ परे । प्रेस स्वतन्त्रता र कलमको महत्व उनले अब थप सशक्त भएर पार्टीभित्र फैलाउनु पर्नेछ ।

उनले मतदानको दिन गत मंसिर २७ गते महाधिवेशन प्रतिनिधिहरुलाई आफ्नो पत्रकारिताको सबैभन्दा सशक्त कलम उपहारका रुपमा दिँदै कलमको सही उपयोग गर्न आग्रह गरेका थिए ।जसरी कलम पत्रकारको हतियार हो त्यसरी नै कलमले निष्पक्ष र निडर भएर मतदान गर्न पनि उर्जा दिने उनको जिकिर थियो । शिवाकोटीले मतदातासँग कलमको तागत सम्झाउँदै मत दिएर माया गर्न आग्रह गरेका थिए ।

Open photo
नभन्दै मतदाताको माया उनले पाएका छन् । अब उनले पाएको मायालाई शक्तिमा बदलेर युवा सोचलाई पार्टी रुपान्तरणमा लगाउनु पर्नेछ । त्यसो त जित लगत्तै धन्यवाद सन्देश जारी गर्दै उनले भनेका छन्, ‘परिवर्तित समयाकुकूल परिवर्तनका लागि नेपाली कांग्रेसले लिएको रूपान्तरणको लक्ष्य पूरा गर्न तपाईले दिनुभएको अमूल्य मतप्रति हार्दिक आभार प्रकट गर्दछु । अग्रजहरूको सम्मान, नयाँ पुस्तालाई प्रोत्साहनसहित कांग्रेसलाई अझ सुदृढ, गतिशील र समावेशी बनाउन तत्पर रहने छु ।’दुई दशक बढी समय सक्रिय पत्रकारितामा बिताएका उनी २०६२–०६३ को जनआन्दोलनका क्रममा आन्दोलनको दृश्य सबैभन्दा पहिले कैद गर्न पुग्ने पत्रकारका रुपमा चिनिन्थे । त्यतिमात्र हैन लोकतन्त्रका लागि र प्रेस स्वतन्त्रताका लागि घन्किने नाराहरुमा उनको स्वर चर्को बनेर दरबारसम्म पुग्न खोज्थ्यो।

तिनै सशक्त आवाजका धनी शिवाकोटी पछिल्लो समय कृष्णबहादुर महरा र गोकुल बाँस्कोटाको विषयको समाचार ब्रेक गरेपछि चर्चामा रहँदै आएका छन् । जुनसुकै माध्यमबाट भए पनि देश विकासका लागि समाजसेवामा अग्रसर भइरहने प्रण गरेका शिवाकोटीले पत्रकारिताको सक्रिय जीवनबाट अलग भएर राजनीतिमा होमिए पनि आफू संचार उद्यमीका रुपमा भने रहिरहने बताएका छन् ।

शिवाकोटीले महाधिवेशन प्रतिनिधिहरुलाई विवेक प्रयोग गरेर नेतृत्व चुन्नसमेत आग्रह गर्दै आफू महाधिवेशनपछि प्रेस युनियनसहित पत्रकारिताको राजनीतिमा नफर्कने पनि स्पष्ट पारेका छन् । उनी पत्रकारिताको राजनीतिमा नफर्किए पनि नेपाली पत्रकारितालाई सशक्त बनाउन राजनीतिक तहबाट भने धेरै सोच्न सकुन् ।

जसरी पत्रकारिता गर्दा थुप्रै सम्मानसहित पुरस्कार थापे, जसरी सशक्त पत्रकारिताकै माध्यमबाट प्रवल जनसेवाश्री पुरस्कार पाउने भएका छन् त्यसरी नै पार्टी राजनीतिमा पनि अब्बल नेता बनेर जनसेवामा जुट्न सकुन् । देश निर्माणमा उनको अहम् भूमिका रहोस् । हार्दिक शुभकामना ।

अन्ततः कलमको तागतले जितेको छ ।


प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १३:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP