नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, फागुन ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश नं २ मा तातियो कांग्रेस अधिबेशनको माहोल
प्रदेश नं २ मा तातियो कांग्रेस अधिबेशनको माहोल
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस ६, २०७८ बागेश्वरी पोस्ट
प्रदेश नं २ मा तातियो कांग्रेस अधिबेशनको माहोल

नेपालगन्ज । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गतको प्रदेश २ को प्रदेश अधिवेशन आजदेखि शुरु भएको छ । दुई दिने अधिवेशनले प्रदेशको नेतृत्व चयन गर्नेछ । पार्टीको १४ औं महाधिवेशनले नेतृत्व चयन गरिसकेको भए पनि प्रदेश २ को अधिवेशन हुन सकेको थिएन । 

यसअघि नै प्रदेश २ संयोजक रमेश रिजालले महाधिवेशनपछि अधिवेशन गर्ने निर्णय गरेका थिए । नेतृत्वका लागि दुई पक्षीय भिडन्त हुने देखिएको छ । यद्यपि नेताहरुले भने सहमतिको प्रयासमा लागिरहेको बताएका छन् । 

आकांक्षीहरु भने चुनावी प्रसारमा रहेका छन् । सभापति  शेरबहादुर देउवा अर्थात् संस्थापन पक्षबाट रौतहटका जिल्ला सभापति कृष्णप्रसाद यादवलाई अगाडि सारिएको छ भने संस्थापन इतर पक्षबाट डा. शेखर कोइराला र विमलेन्द्र निधीका तर्फबाट प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवलाई अगाडि सारिएको छ । रामसरोज यादव  प्रदेश २ सरकारमा दोस्रो वरियताका भौतिक पूर्वाधार मन्त्रीसमेत हुन् । उता कृष्ण यादवले भने प्रदेश २ को नेतृत्व धनुषा बाहेक अरु जिल्लाले पाउनु पर्ने भन्दै प्रचारप्रसार गरिरहेका छन् । 

अधिवेशनका निर्वाचन अधिकृत प्रल्हाद गौतमले आज बिहान ११ बजेसम्म मनोनयनको समय रहेको भए पनि सर्लाही र महोत्तरी सहितका जिल्लाहरुबाट अझै अधिवेशन सकिएर मतदाताको अन्तिम नामावली नआएकाले मनोनयन प्रक्रिया सुरु गर्ने र साँझसम्म पनि नआए विवादितलाई छाडेर भोलि मतदान हुने जानकारी दिए ।

संस्थापनका उम्मेदवार कृष्ण यादवलाई गृहमन्त्री बालकृष्ण खाँण, सहमहामन्त्रीद्धय महेन्द्र यादव,  फर्मुला मंसुर तथा केन्द्रीय सदस्यद्धय आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल सक्रिय रहेका छन् । 

रामसरोज यादवलाई लाई सघाउन विमलेन्द्र निधीसमेत हिजै जनकपुरधाम आइपुगेका छन् । 

स्रोतका अनुसार निधी डा. शेखर कोइराला पक्षको सहयोगमा रामसरोजलाई प्रदेश सभापति बनाउन सक्रियता देखाएका छन् । केन्द्रमा सभापतिको निर्वाचनको दोस्रो चरणमा पहिलो चरणका उम्मेदवार निधीले कोइरालाालाई नभइ शेरबहादुर देउवालाई सघाएका थिए । 

प्रदेश २ मा आज बन्द सत्र हुने भएकाले शेखर कोइराला समूहका रामकृष्ण यादवसहितका नेतासँग छलफल भएको छ । कोइराला समूहले उपसभापति १, महामन्त्री १ र सहमहामन्त्री २ लिएर सहमति गर्न तयार भएको  छ । कोइराला समूहका एक नेता भन्छन्, ‘अहिले पद बाँडफाड भएको छैन । छलफल जारी छ । कुरा मिल्ने सम्भावना बलियो रहेको हो । 

अहिले जिल्लाका प्रतिनिधिहरुले नाम दर्ता गराइरहेका छन् । प्रदेश अधिवेशनका १ हजार ९ सय २०  जना प्रतिनिधि चयन भएका छन् । प्रत्येक प्रदेश निर्वाचन क्षेत्रबाट २५ जना प्रतिनिधि चयन भएका हुन् । प्रदेश २ को ८ जिल्लामा ६४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् ।


प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १४:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेन्जी आन्दोलनको सकारात्मक मर्मलाई कांग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन
जेन्जी आन्दोलनको सकारात्मक मर्मलाई कांग्रेसले आत्मसाथ गरेको छः अमर सिंह पुन
बाँके क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार विष्टले सार्वजनिक गरे प्रतिबद्धता-पत्र
बाँके क्षेत्र नम्बर २ का नेकपा उम्मेदवार विष्टले सार्वजनिक गरे प्रतिबद्धता-पत्र
गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन
गौडेलको सादगी शैलीले जित्दै छ मतदाताको मन
किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस होः अध्यक्ष तिमिल्सिना
किसानलाई समस्या परेका बेला बोल्ने पार्टी कांग्रेस होः अध्यक्ष तिमिल्सिना
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP