prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'मैकु'ले जोगाए बाँकेको इज्जत, कांग्रेस केन्द्रिय समितिमा 'एकल इन्ट्री'
'मैकु'ले जोगाए बाँकेको इज्जत, कांग्रेस केन्द्रिय समितिमा 'एकल इन्ट्री'
RSG-2
बने बाँकेबाट सुशील कोइरालापछि पहिलो केन्द्रिय सदस्य
बागेश्वरी पोस्ट
बिहीबार, पुस ८, २०७८ बागेश्वरी पोस्ट
'मैकु'ले जोगाए बाँकेको इज्जत, कांग्रेस केन्द्रिय समितिमा 'एकल इन्ट्री'

नेपालगञ्ज । संविधानसभा सदस्य बाँकेका मैकुलाल बाल्मिकी पहिलोपटक नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिमा प्रवेश गरेका छन्। दलित खुलातर्फको केन्द्रिय सदस्य चुनिएर उनी केन्द्रिय कार्यसमितिमा प्रवेश गरेका हुन् । उनी पहिलोपटक केन्द्रिय सदस्य भएका मात्र होइनन्, बाँकेको इज्जत जोगाउँदै जिल्लाको एक मात्र केन्द्रिय सदस्य समेत बनेका छन् । सुशील कोइरालापछि बाँकेको प्रतिनिधित्व गर्दै केन्द्रिय सदस्य बन्ने अवसर पनि उनले पाएका छन् । कोइराला बाहेक यसअघि बाँकेबाट कोही पनि कांग्रेसको केन्द्रिय सदस्य बनेका थिएनन् । 

paribartan 1

जिल्ला सभापति किरण कोइराला महिला खुलातर्फको केन्द्रिय सदस्य पदको उम्मेदवार थिइन् । तर, उनी विजयी हुन सकिनन् । अन्तिम ९ मा नअटाएपछि उनी केन्द्रिय सदस्य बन्न सकिनन् । महिला खुलाबाट ९ जना चुनिने व्यवस्था छ । उनी १३औं स्थानमा आइन् । डा.शेखर कोइरालाको समूहबाट उनी उम्मेदवार बनेकी थिइन् । सभापति शेरबहादुर देउबा समूहको उम्मेदवार बनेका बाल्मिकी अन्तिम पाँचमा अटाए । कांग्रेस विधान अनुसार दलित खुलाबाट पाँच जना केन्द्रिय सदस्य निर्वाचित हुने व्यवस्था छ । बाल्मिकी पुछारमै परेर भएपनि केन्द्रिय समितिमा इन्ट्री मार्न सफल भएका छन् ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक तर्फको सभासद् बनेका बाल्मिकी जिल्लामै पनि औसत नेता हुन् । तर, शक्तिशाली टिमभित्र परेपछि भने उनी केन्द्रिय सदस्य चुनिएर आफ्नो 'पोलिटिकल हाइट' बढाउन सफल भएका छन् । पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको आशिर्वादमा संविधानसभा सदस्य बन्ने शौभाग्य पाएका दलित समुदायका बाल्मिकी कोइरालाको निधनपछि भने देउबा क्याम्पतिर मोडिए । उनी कुनै बेला कोइरालाका विश्वासपात्र थिए ।

नेपालगञ्ज हेल्थ क्याम्पसका सञ्चालक समेत रहेका बाल्मिकीसंगै बादशाह कुर्मी, सर्वत आरा खानम, आशा विक र अब्दुल हमिद सिद्दिकीलाई कोइरालाले समानुपातिक सभासद् बनाएका थिए । कोइरालाको निधनपछि भने हमिद सिद्दिकी बाहेक सबैले देउबालाई रोजेका थिए । पहिलो संविधानसभा सदस्य बनेकी मोहम्मदी सिद्दिकीको भने निधन भइसकेको छ । सुशील कोइरालाको विरासत जोडिएको जिल्ला बाँकेबाट तीन जना मात्रै उम्मेदवार केन्द्रिय सदस्यको प्रतिष्पर्धामा उत्रिएका थिए ।

किरण कोइराला शेखर र मैकुलाल देउबा टिममा परे । तर, कृष्ण विक रसाइली भने कुनै टिममा परेनन् । उनी पनि दलित खुलाको प्रतिष्पर्धामा असफल भएका छन् । शुरुमा ६ जनाले उम्मेदवारी दिएपनि टिममा पर्न नसकेपछि आशा, रविन्द्रमान श्रेष्ठ र गजेन्द्र हमालले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए । देउबा टिममा पर्न कसरत गरेपनि असफल भएपछि तीनै जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

दाङ, बाँके लगायतका छिमेकी जिल्लाबाट पदाधिकारीसहित ४/५ जना केन्द्रिय सदस्य निर्वाचित भएपनि सुशील कोइरालाको गृहजिल्ला बाँकेबाट केन्द्रिय समितिमा कोही पनि नपर्ने हुन् कि भन्ने चिन्ता कांग्रेसजनले गरिरहँदा अन्तिम चरणमा गरिएको दलित खुलातर्फको मतगणनाबाट बाल्मिकीको केन्द्रिय कार्यसमितिमा प्रवेशले 'खेडेरी' भने टारेको छ । जिल्लामा उनलाई धेरैले 'मैकु"को नामले सम्बोधन गर्ने गर्दछन् । उनी बाहेक दलित खुलातर्फ मान बहादुर नेपाली, प्रकाश स्नेही, नृप बहादुर वड र हरिशरण नेपाली निर्वाचित भएका छन्   ।  निर्वाचित मध्ये स्नेही कोइराला प्यानलका हुन् भने अरु सबै देउवा प्यानलका हुन् ।

यस्तै दलित महिलातर्फ चार जना निर्वाचित भएका छन् । निर्वाचित हुने ४ पदमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा विजयी भएका हुन् । सबै देउबा प्यानलका हुन् ।


प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  ०६:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP