नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा हुने अकोराबको साधारणसभाका विषयमा छलफल
नेपालगञ्जमा हुने अकोराबको साधारणसभाका विषयमा छलफल
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस ८, २०७८ बागेश्वरी पोस्ट
नेपालगञ्जमा हुने अकोराबको साधारणसभाका विषयमा छलफल

नेपालगञ्ज । सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) को आसन्न साधारणसभा सफल बनाउने बिषयमा आज नेपालगञ्जमा छलफल गरिएको छ । आगामी फागुन १ र २ गते नेपालगञ्जमा हुने साधारणसभालाई सफल बनाउने विषयमा बाँकेका सामुदायिक रेडियोका प्रमुखहरुको बैठकमा छलफल भएको हो ।

अकोराबका बाँके जिल्ला अध्यक्ष मो. आरिफ अन्सारीको अध्यक्षता तथा सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब)का केन्द्रीय अध्यक्ष अर्जुन गिरीको प्रमुख आतिथ्यतामा बाँके जिल्लामा सञ्चालनमा रहेका सामुदायिक रेडियोका प्रमुखहरुको बैठक बसेको हो । बुटवलमा बसेको अकोराबको बैठकबाट फागुन १ र २ गते विश्व रेडियो दिवसको अवसर पारेर नेपालगञ्जमा साधारणसभा गर्ने निर्णय भएको थियो । बाँकेका विभिन्न रेडियोका प्रमुखहरुले साधारणसभालाई भब्य र सभ्य तरिकाले सम्पन्न गर्न आ-आफ्नो तर्फबाट सुझाब दिएका थिए ।

साधारणसभामा स्थानीय आयोजक बाँकेका सम्पूर्ण रेडियोहरुलाई राखी तयारीको कार्य अगाडि बढाउन अकोराबबाट खाका तयार हुनुपर्ने, स्थानीय श्रोत साधन जुटाउनलाई स्थानीय सरकारसँग सहयोग माग्ने, त्यसका लागि स्थानीय तहमा प्रस्ताब पेश गर्ने, साधारणसभा हुने प्रदेश भएको नाताले लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका पालिका प्रमुख र प्रशासकीय अधिकृतहरुसँग छलफल गर्नुपर्ने लगायतका सुझाबहरु आएका छन् ।

साधारणसभाबाट देशव्यापी रुपमा असल सन्देश जाने भएकोले प्रदेश सरकारको सहयोग लिने, साधारणसभामा स्थानीयता झल्कने (स्थानीय धार्मिक स्थलहरुको फोटो राखेर) छुट्टै लोगो निर्माण गर्ने, साधारणसभामा वितरण गर्नको लागि स्मारिका निकाल्ने, साधारणसभालाई भव्य र सभ्य बनाउन केन्द्रले जिंगल तयार गरी साझेदार रेडियोहरुलाई निःशुल्क प्रसारण गर्न दिने, कोहलपुरदेखि जमुनाहा बोर्डरसम्म स्वागतद्वार तथा स्वागत ब्यानरहरु लगाउने, साधारणसभामा भाग लिन आउने सहभागी सम्पूर्णलाई टी—शर्टको लागि पर्यटन बोर्ड, स्थानीय वित्तीय संस्थाहरुसँग सहकार्य गर्ने, साधारणसभाको बिहान प्रभातफेरी गर्ने, प्रभातफेरीमा स्थानीय साइकलिंग क्लब र अन्य क्लबहरुसँग सहकार्य गर्ने, साधारणसभामा भाग लिन आउने सहभागीहरुको रिफ्रेस्मेन्टको लागि बाँके राष्ट्रिय निकुञ्ज र स्थानीय होमस्टे घुम्न चाहनेलाई सहजीकरणको लागि पर्यटन बोर्डसँग छलफल गर्ने लगायतका विषयमा छलफल भएको छ ।

बैठकमा कृष्णसार एफएमका प्रमुख तुला अधिकारी, रेडियो सद्भावका प्रमुख नवीन गिरी, रेडियो भुवरभवानीका प्रमुख अर्जुन ओली र रेडियो कोहलपुरका प्रमुख बैकुण्ठ अधिकारीको उपस्थिति थियो । साधारणसभामा झण्डै ३ सय ६५ रेडियो, ३५ जना साझेदार संस्थाका पदाधिकारी तथा ५० जना अतिथिहरु गरी झण्डै ४ सय ५० जनाको सहभागिता हुने केन्द्रिय अध्यक्ष गिरीले बताए । 


प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  २०:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आइतबार नेपालगञ्जमा किसानको जुलुस प्रदर्शन
आइतबार नेपालगञ्जमा किसानको जुलुस प्रदर्शन
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP