नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले बाँकेको अध्यक्ष बन्ने दौडमा छन् यी चार नेता !
एमाले बाँकेको अध्यक्ष बन्ने दौडमा छन् यी चार नेता !
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १२, २०७८ बागेश्वरी पोस्ट
एमाले बाँकेको अध्यक्ष बन्ने दौडमा छन् यी चार नेता !

नेपालगञ्ज । नेकपा एमालेको आठौं जिल्ला अधिवेशन यही पुष २३ गते नेपालगञ्जमा हुँदैछ । जिल्ला अधिवेशनको मिति नजिकिएसंगै नेता कार्यकर्ताको व्यस्तता बढेको छ । जिल्लाको नयाँ नेतृत्व चयन हुने भएकाले पनि एमालेजनमा अधिवेशनको विशेष चासो छ । एमाले बाँकेको नेतृत्वमा पुग्न चार जना नेताले दाबेदारी प्रस्तुत गरेका छन् ।

अहिले नेतृत्वमा रहेकादेखि पत्रकारिताका पृष्ठभूमीबाट पार्टी राजनीतिमा होमिएका नेताहरु समेत नेतृत्वको दौडमा छन् । वर्तमान अध्यक्ष निरक गुरुङ, उपाध्यक्ष किष्मतकुमार कक्षपति, सचिव रत्न खत्री र जिल्ला कमिटी सदस्य डिल्ली बिसीले दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

गुरुङ यसअघि सातौं अधिवेशनबाट जिल्ला उपाध्यक्षमा निर्वाचित भएका थिए । तर, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेपछि जिल्ला कमिटी सदस्य मात्रै रहेका गुरुङ पार्टी एकता भंग भएर फेरि एमाले व्युँतिएपछि भने उपाध्यक्ष कायमै थिए । त्यतिबेलाका अध्यक्ष अशोक कोइराला माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतिर लागेपछि १० बुँदे सहमति अनुसार गुरुङलाई कार्तिक २७ गते अध्यक्ष बनाइएको हो । दुई महिना मात्र जिल्लााको नेतृत्व गर्ने अवसर पाएका गुरुङ अर्को कार्यकाल अध्यक्ष बन्ने चाहनासहित तयारी गरिरहेका छन् । माधव नेपाल पनि एमालेमै रहँदा गुरुङ नेपाल निकट थिए । सातौं अधिवेशनमा पनि उनले त्यसै प्यानलबाट चुनाव जितेका हुन् ।

अहिलेका उपाध्यक्ष कक्षपति पनि अध्यक्षमा उक्लिने तयारीमा छन् । खजुरा गाउँपालिकाका अध्यक्ष समेत रहेका कक्षपति माधव नेपालले नयाँ दल खोलेपछि नवगठित जिल्ला कमिटीमा उपाध्यक्ष बनेका हुन् । सातौं अधिवेशनमा उनी गुरुङसंग उपाध्यक्षमा पराजित भएका थिए । त्यतिबेला उनी केपी ओली प्यानलबाट उपाध्यक्ष लडेका थिए । उनले पार्टीको प्रचार विभाग प्रमुख भएर पनि काम गरिसकेका छन् ।

वर्तमान सचिव खत्री पनि जिल्ला अध्यक्ष बन्ने दौडमा छन् । उनी सातौं जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए । तर, पार्टी एकीकरणपछि खत्रीको भूमिका खुम्चिएको थियो । तत्कालीन समयमा माधव नेपाल निकट उनी नेपालले नयाँ पार्टी खोलेपछि भने एमालेमै बसे । उनी विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । उनी महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको स्ववियु सभापति पनि भए । 

अध्यक्षका अर्का दाबेदार विसी अहिलेको कार्यसमितिमा जिल्ला कमिटी सदस्य छन् । लामो समयदेखि पत्रकारिता गरिरहेका विसी प्रेस चौतारी नेपालको केन्द्रिय सल्लाहकार समेत हुन् । उनी पार्टीको केन्द्रिय प्रचार विभाग सदस्य पनि हुन् । पार्टी संगठनमा पनि उत्तिकै खटेर काम गरिरहेका विसीले यो पटक आफूलाई जिल्ला अध्यक्षको दौडमा उभ्याएका हुन् ।

जिल्ला अधिवेशनका लागि एमालेले यही १७ गते प्रतिनिधि चयन गर्दैछ । ८१ वटै वडाबाट करिब एक हजारको हाराहारीमा प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधि चुनिनुअघि पुष १४, १५ र १६ गते तीन दिन केन्द्रिय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यहरु आ-आफ्नो वडा छोडेर जिल्लाभर परिचालन भई संगठन निर्माण, विस्तार र अधिवेशनको माहोल बनाउन लाग्ने निर्णय भएको अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।


प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १४:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP