prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेसको अधिवेशन पौष अन्तिम साता !
बाँके कांग्रेसको अधिवेशन पौष अन्तिम साता !
RSG-2
सभापतिमा ७ जनाको भिडन्त !
बागेश्वरी पोस्ट
सोमबार, पुस १२, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेसको अधिवेशन पौष अन्तिम साता !

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशन पौषको अन्तिम साता गर्ने तयारी गरिएको छ । यसअघि मंसिर १४ गतेका लागि तोकिएको जिल्ला अधिवेशन प्रदेश अधिवेशनसंग जुध्ने अवस्था आएपछि स्थगित गरिएको थियो । उम्मेदवारी मनोनयनपत्र वितरण भइसकेको अवस्थामा अन्तिम समयमा अधिवेशन रोकिएको थियो ।

paribartan 1

बाँकेसहित जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लामा पौषको अन्तिम साता अधिवेशन गर्ने तयारी गरिएको केन्द्रिय निर्वाचन समितिले जनाएको छ । केन्द्रिय निर्वाचन समितिका संयोजक बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले पौषको अन्तिम साता अधिवेशन हुने बताए । बागेश्वरीपोष्टसंगको कुराकानीमा घिमिरेले भने-"पौषको अन्तिम साता हामी अब १६ जिल्लाको अधिवेशन गर्छौं, सम्भवतः २७/२८ गतेतिरको मिति तोक्ने तयारी छ ।" बाँके, कैलाली, प्रदेश २ का ८ जिल्ला लगायत १६ जिल्लाको अधिबेशन केन्द्रिय महाधिवेशनपछि गर्ने गरी रोकिएको थियो ।

बाँकेको कांग्रेसको नेतृत्वमा ७ जना नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । जिल्ला पार्टी सभापतिका लागि लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, वर्तमान उपसभापति सुनिलनरसिंह राणा, संविधानसभा सदस्य बादशाह कुर्मी, नेताहरु राजकुमार बर्मा, निरन्जनसिंह सिजापति, नारायण गौडेल र लक्ष्मीनारायण शाहले उम्मेदवारी दिने घोषणा गरेका हुन् । बागेश्वरीपोष्टलाई सोमबार संक्षिप्त प्रतिक्रिया दिँदै सातै जना नेताले आफूहरु सभापतिको उम्मेदवार भएको बताए । उनीहरुको एउटै स्वर छ- "म कुनै पनि हालतमा ब्याक हुन्नँ ।"

यी मध्ये सिजापति, गौडेल र शाह १३औं महाधिवेशनमा पनि सभापतिमा चुनाव लडेका थिए ।  पहिलो चरणमा दोस्रो बनेका सिजापति दोस्रो चरणमा भने अहिलेकी पार्टी सभापति किरण कोइरालासंग पराजित भएका थिए । बर्मा १२औं अधिवेशनमा पूर्व सभापति स्वर्गीय डा.अरुण कोइरालासंग चुनाव लडेका थिए । हमाल, राणा र कुर्मी पहिलोपटक सभापतिमा भिड्न लागेका हुन् । यी सात आकांक्षी मध्ये गौडेल बाहेक सबै सभापति शेरबहादुर देउबा पक्षीय नेताहरु हुन् । गौडेल भने डा.शेखर कोइराला निकट हुन् । राणा केही समय अघि पार्टी सभापति कोइरालासंग निकट भएपनि महाधिवेशन प्रतिनिधि लड्दा देउबा समूहतिर खुलेका थिए । बर्मा देउबा निकट भएपनि जिल्लाका स्थानीय तथा क्षेत्रीय अधिवेशनहरुमा फरक समीकरणमा रहेर भूमिका निभाएका कारण उनको भूमिका अझै प्रष्ट छैन । तर, बागेश्वरीपोष्टसंग उनले आफू देउबा पक्षको पुरानो नेता भएको बताए ।

आफू सभापतिमा लड्ने निश्चित भएपनि उम्मेदवारहरुले प्यानल अझै बनाएका छैनन् । अब अधिवेशन हुने मिति तोकिनासाथ प्यानलको तयारीमा लाग्ने उनीहरु बताउँछन् । यद्यपी गौडेल समूहका अधिकांश पदाधिकारी उम्मेदवारहरुको भने करिब टुंगो लागेको बताइएको छ । उनको प्यानलबाट उपसभापति एक जना राजकुमार मौर्यको टुंगो लागिसकेको छ । अर्को एक जना उपसभापतिमा गोपाल अधिकारीको उम्मेदवारी रहने सम्भावना प्रबल भएको बताइन्छ । एक जना सचिवमा सुधांशु कोइरालाको कन्फर्म छ । अर्को एक जना सचिवको टुंगो भने लागेको छैन । दुई सहसचिवमध्ये एक जना रेणु सिंहको टुंगो लागेपनि अर्को उम्मेदवारको टुंगो नलागेको बताइएको छ । जिल्ला सदस्यका उम्मेदवारहरु टुंगिन भने बाँकी छ । 


प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP