नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • फेरि गर्मायो बाँके कांग्रेस, सभापतिमा सात जनाको रस्साकस्सी
फेरि गर्मायो बाँके कांग्रेस, सभापतिमा सात जनाको रस्साकस्सी
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस १३, २०७८ बागेश्वरी पोस्ट
फेरि गर्मायो बाँके कांग्रेस, सभापतिमा सात जनाको रस्साकस्सी

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशन पौषको २७ गतेका लागि तोकिएपछि माहोल फेरि गर्माएको छ । प्रदेश अधिवेशन र केन्द्रिय महाधिवेशनको धपेडीले केही सिथिल भएका नेता कार्यकर्ता फेरि जुर्मराएका छन् । सोमबार साँझ केन्द्रिय निर्वाचन समितिले अधिवेशनको मिति तोकेपछि अब आजदेखि नेताहरुको छलफल, भेटघाट र अन्तरक्रिया बाक्लिने निश्चित छ । आफ्नो पक्षमा माहोल बनाउन उम्मेदवारहरुको दौडधुप शुरु हुनेछ । यद्यपी अनौपचारिकरुपमा भेटघाट र छलफल भइरहेकै छन् । यसअघि मंसिर १४ गतेका लागि तोकिएको जिल्ला अधिवेशन प्रदेश अधिवेशनसंग जुध्ने अवस्था आएपछि स्थगित गरिएको थियो । उम्मेदवारी मनोनयनपत्र वितरण भइसकेको अवस्थामा अन्तिम समयमा आएर हठात् अधिवेशन रोकिएको थियो ।

बाँके कांग्रेसको नेतृत्वमा ७ जना नेताले उम्मेदवारी दिने घोषणा गरेका छन् । जिल्ला पार्टी सभापतिका लागि लुम्बिनी प्रदेश सरकारका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल, वर्तमान उपसभापति सुनिलनरसिंह राणा, संविधानसभा सदस्य बादशाह कुर्मी, नेताहरु राजकुमार बर्मा, निरन्जनसिंह सिजापति, नारायण गौडेल र लक्ष्मीनारायण शाहले उम्मेदवारी दिने घोषणा गरेका हुन् । बागेश्वरीपोष्टलाई प्रतिक्रिया दिँदै सातै जना नेताले आफूहरु सभापतिको उम्मेदवार भएको बताए । उनीहरुको एउटै स्वर छ-"म कुनै पनि हालतमा ब्याक हुन्नँ ।"

यी मध्ये सिजापति, गौडेल र शाह १३औं महाधिवेशनमा पनि सभापतिमा चुनाव लडेका थिए । पहिलो चरणमा दोस्रो बनेका सिजापति दोस्रो चरणमा भने अहिलेकी पार्टी सभापति किरण कोइरालासंग पराजित भएका थिए । बर्मा १२औं अधिवेशनमा पूर्व सभापति स्वर्गीय डा. अरुण कोइरालासंग चुनाव लडेका थिए । हमाल, राणा र कुर्मी पहिलोपटक सभापतिमा भिड्न लागेका हुन् । यी सात आकांक्षी मध्ये गौडेल बाहेक सबै सभापति शेरबहादुर देउबा पक्षीय नेताहरु हुन् । गौडेल भने डा. शेखर कोइराला निकट हुन् । गौडेल आफ्नो समूहबाट सभापतिको एकल उम्मेदवार भएका कारण प्रचारप्रसारमा जुटिसकेका छन् । राणा केही समय अघिसम्म पार्टी सभापति कोइरालासंग निकट भएपनि महाधिवेशन प्रतिनिधि लड्दा देउबा समूहतिर खुलेका थिए । बर्मा देउबा निकट भएपनि जिल्लाका स्थानीय तथा क्षेत्रीय अधिवेशनहरुमा फरक समीकरणमा रहेर भूमिका निभाएका कारण उनको भूमिका अझै प्रष्ट छैन ।

तर, बागेश्वरीपोष्टसंग उनले आफू देउबा पक्षको पुरानो नेता भएको बताए । देउबा समूहका नेताहरु समूहको आधिकारिक उम्मेदवार बन्न भगीरथ पर्यत्न गरिरहेका छन् । सबैले आफू नै आधिकारिक उम्मेदवार बन्ने दाबी गरिरहेपनि अन्तिममा केन्द्रको ग्रिन सिग्नल पाउने नेता निर्वाचनमा हाबी हुने निश्चित छ । यद्यपी नवनिर्वाचित सहमहामन्त्री बर्दियाली नेता किशोरसिंह राठौर र नेपालगञ्जको हमाल परिवारको शक्ति संघर्षले लिने रुपले देउबा समूहको आगामी समीकरण र रणनीति तय गर्दछ ।

आफू सभापतिमा लड्ने निश्चित भएपनि उम्मेदवारहरुले प्यानल अझै बनाएका छैनन् । अब अधिवेशन हुने मिति तोकिनासाथ प्यानलको तयारीमा लाग्ने उनीहरु बताउँछन् । यद्यपी गौडेल समूहका अधिकांश पदाधिकारी उम्मेदवारहरुको भने करिब टुंगो लागेको बताइएको छ । उनको प्यानलबाट उपसभापति एक जना राजकुमार मौर्यको टुंगो लागिसकेको छ । अर्को एक जना उपसभापतिमा गोपाल अधिकारीको उम्मेदवारी रहने सम्भावना प्रबल भएको बताइन्छ । एक जना सचिवमा सुधांशु कोइरालाको कन्फर्म छ । अर्को एक जना सचिवको टुंगो भने लागेको छैन । दुई सहसचिवमध्ये एक जना रेणु सिंहको टुंगो लागेपनि अर्को उम्मेदवारको टुंगो नलागेको बताइएको छ । जिल्ला सदस्यका उम्मेदवारहरु टुंगिन भने बाँकी छ । 


प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  ०९:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP