prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेसको सभापतिका उम्मेदवार नारायण गौडेल को हुन् ?
बाँके कांग्रेसको सभापतिका उम्मेदवार नारायण गौडेल को हुन् ?
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस १३, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेसको सभापतिका उम्मेदवार नारायण गौडेल को हुन् ?

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापति बन्ने दौडमा रहेका कांग्रेस बाँकेका प्रभावशाली नेता नारायणप्रसाद गौडेल कुशल संगठक मानिन्छन् । पार्टीको संगठन बनाउन अहोरात्र खट्ने छबि बनाएका गौडेल इमान्दार र सामान्य जीवनशैली अपनाउने मेहनती नेताका रुपमा कार्यकर्तामाझ परिचित छन् ।

कोहलपुर निवासी गौडेल पार्टी राजनीतिमा अविछिन्न सक्रिय नेता हुन् । उनले तरुण दल हुँदै क्षेत्रीय सभापति, जिल्ला सदस्य, जिल्ला सह–सचिव, केन्द्रिय संगठन विभाग सदस्यदेखि महासमिति सदस्य पदमा रही कुशलतापूर्वक आफ्नो भूमिका र जिम्मेवारी निभाएका  छन् ।

२०६१ सालमै क्षेत्रीय सभापति बनेका गौडेलसंग जिल्ला कार्यसमितिमा सहसचिव भएको अनुभव पनि छ । उनी २०५९ मा बाँके कांग्रेसको सहसचिव बनेका थिए । उनी २०५६ सालमै क्षेत्र नम्बर १ को प्रचारप्रसार समितिको सदस्य थिए । २०३६ सालदेखि साधारण सदस्यका रुपमा रहेका गौडेल २०४८ सालदेखि कांग्रेसको क्रियाशील सदस्य छन् । नेपाल तरुण दल कोहलपुरका संस्थापक उनी १२औं महाधिवेशनबाट २०६७ सालमा उनी केन्द्रिय संगठन विभाग सदस्य पनि बनेका थिए ।

जनआन्दोलन २०६२/६३ मा सक्रिय सहभागिता जनाएका गौडेल त्यतिवेला दुई पटक गरेर साढे तीन महिना जेलमा बन्दी बनाइएका थिए । उनले त्यसबेला तत्कालीन शाही नेपाली सेनाबाट मरणासन्न हुने गरी कुटाई खाएका थिए ।

हाल महासमिति सदस्यका रुपमा क्रियाशील गौडेल १३औं महाविधेशनमा पनि सभापति पदका उम्मेदवार थिए । उनी त्यतिबेला सफल हुन सकेनन् । यसपटक सभापति बनेर बाँके कांग्रेसलाई सुदृढ र गतिशील बनाउने संकल्प बोकेका गौडेल दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवार समेत थिए ।

नेपाली कांग्रेस बाँकेको शिक्षा विभाग प्रमुख बनेर काम गरेका अनुभव बोकेका गौडेल सामाजिक क्षेत्रमा पनि त्यत्तिकै सक्रिय छन् । उनी नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाको सभापति र बाँके शाखा सदस्य पनि भए । यस्तै ज्ञानोदय सामुदायिक पुस्तकालयका संस्थापक सदस्य उनी कोहलपुर बसपार्क सुधार समितिको अध्यक्ष समेत भए । कोहलपुर एफएमको सञ्चालक सदस्यका रुपमा रहँदै सञ्चार क्षेत्रमा पनि योगदान पुर्याएका गौडेलले दिब्य विद्या सदन माविको अध्यक्ष भएर पनि काम गरे ।

तर, जनताको अभिभावकका रुपमा भूमिका निभाउन उनले पटक्कै छाडेनन् । जनताको सुखदुःखमा उनी सधैं संगै हुन्छन् । उनको यही छविका कारण कांग्रेस नेता कार्यकर्तामाझ उनी लोकप्रिय छन् ।

जनआन्दोलन २०६२/६३ मा सक्रिय सहभागिता जनाएका गौडेल त्यतिवेला दुई पटक गरेर साढे तीन महिना जेलमा बन्दी बनाइएका थिए । उनले त्यसबेला तत्कालीन शाही नेपाली सेनाबाट मरणासन्न हुने गरी कुटाई खाएका थिए ।  उनलाई कडा यातना दिइएको थियो । १० बर्षे द्वन्दकालमा कांग्रेसको संगठनलाई चुस्त दुरुस्त राख्दै कार्यकर्तालाई संरक्षण गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको कार्यकर्ताहरु स्मरण गर्छन् । त्यस क्रममा उनले माओवादीबाट थुप्रै यातना व्यहोरेका थिए । तर, जनताको अभिभावकका रुपमा भूमिका निभाउन उनले पटक्कै छाडेनन् । जनताको सुखदुःखमा उनी सधैं संगै हुन्छन् । उनको यही छविका कारण कांग्रेस नेता कार्यकर्तामाझ उनी लोकप्रिय छन् ।

निरन्तरको क्रियाशीलता र पार्टीका नेता कार्यकर्तासंगको निकटता तथा सुमधुर सम्बन्ध आफ्नो चुनाव जित्ने आधार भएको गौडेल बताउँछन् ।

उनी भन्छन्-"पार्टीको संगठनलाई चुस्तदुरुस्त र मर्यादित बनाउन पार्टीको पूर्णकालीन सदस्यको रुपमा निरन्तर कार्य गर्दै आएको छु, आगामी दिनमा पनि नेपाली कांग्रेसको सिद्धान्त र आदर्शलाई साकार पार्नका लागि पार्टीले खटाएको काममा सक्रिय रहँदै निमुखा जनताको न्याय, स्वाभिमान र स्थानीय विकासका निम्ति काम गर्नेछु ।"

कांग्रेस बाँकेलाई पुरानै शाखमा फर्काउन सुदृढ, गतिशील र सक्षम कांग्रेस बनाउने आफ्नो अठोट रहेको गौडेल बताउँछन् । सबै तहका निर्वाचनमा पार्टीलाई जिताउँदै जिल्लामा पार्टीलाई एक नम्बर बनाउने आफ्नो संकल्प रहेको गौडेलको भनाई छ । निरन्तरको क्रियाशीलता र पार्टीका नेता कार्यकर्तासंगको निकटता तथा सुमधुर सम्बन्ध आफ्नो चुनाव जित्ने आधार भएको गौडेल बताउँछन् । उनले पौष २७ गते हुने जिल्ला अधिवेशनमा आफूलाई विजयी बनाई सहयोग गर्न सबैलाई अपील समेत गरेका छन् । 


प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १९:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP