नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • को-को छन् बाँके कांग्रेसमा पदाधिकारीका आकांक्षी ?
को-को छन् बाँके कांग्रेसमा पदाधिकारीका आकांक्षी ?
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस १४, २०७८ बागेश्वरी पोस्ट
को-को छन् बाँके कांग्रेसमा पदाधिकारीका आकांक्षी ?

नेपालगञ्ज । पुष २७ गते नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशन तोकिएको छ । जिल्ला अधिवेशनबाट जिल्लाको नेतृृत्वमा पुग्न सात जनाले दाबेदारी प्रस्तुत गरेका छन् । सभापति शेरबहादुर देउबा समूह (संस्थापन) बाट ६ जना र नेता डा.शेखर कोइराला समूह (संस्थापन इतर) बाट एक जनाले सभापतिमा दाबी गरेका हुन् । 

नारायण गौडेल कोइराला समूहका एक मात्र उम्मेदवार हुन् । उनले प्रचारप्रसार थालिसकेका छन् । गौडेल नेतृत्वको समूहले पदाधिकारीका उम्मेदवार पनि लगभग टुंग्याइसकेको छ । उपसभापतिमा गौडेल समूहबाट गोपालप्रसाद अधिकारी र राजकुमार मौर्यले उम्मेदवारी दिने भएका छन् । सचिवमा सुधांशु कोइरालाले उम्मेदवारी दिँदैछन् । दुई जना सचिव निर्वाचित हुने भएकाले अर्को एक जना सचिव भने टुंगिन बाँकी छ । 

त्यसका लागि गौडेल समूह छलफलमै छ । कृष्ण विके रसाइली र आशिष काफ्ले मध्ये कोही एक जना पनि सचिवको उम्मेदवार बन्न सक्ने सम्भावना छ । पूर्ण आचार्य पनि सचिवका सम्भावित उम्मेदवार हुन् । थारु समुदायकै कोही एक जना सचिवको उम्मेदवार हुन सक्ने सम्भावना पनि छ । सहसचिवमा रेणु सिंहको उम्मेदवारी पक्का छ । सहसचिवमा अर्को एक जना विश्व लम्साल हुन सक्ने बताइन्छ । पालिकाबाट जिल्ला सदस्यमा निर्वाचित हुने उम्मेदवारहरुको विषयमा पनि छलफल भइरहेको बताइएको छ । 

देउबा समूहमा सभापतिका धेरै आकांक्षी भएकाले कोही उम्मेदवारले पनि पदाधिकारीहरुको बारेमा बोल्न चाहेका छैनन् । यद्यपी सबै उम्मेदवार छलफलमै छन् । यो समूहबाट ६ जना सभापतिका आकांक्षी भएपनि दुई या तीन जना प्रतिष्पर्धामा उत्रिन सक्ने अनुमान गरिएको छ । सुरेन्द्र हमाल, बादशाह कुर्मी, निरन्जनसिंह सिजापति, राजकुमार बर्मा, सुनिलनरसिंह राणा र लक्ष्मीनारायण शाह सभापतिका आकांक्षी हुन् । यो समूहमा सभापतिका उम्मेदवार को-को बन्छन्, त्यसको आधारमा पदाधिकारीको उम्मेदवारी तय हुनेछ । 

अहिलेसम्म देउबा समूहबाट सुरेन्द्रनाथ सापकोटा, मेघराज ओली, निरज चलाउने, रुद्रबहादुर ओली पदाधिकारीमा आकांक्षी देखिएका छन् । सापकोटा उपसभापति, मेघराज उपसभापति वा सचिव तथा चलाउने र रुद्र सचिवका आकांक्षी हुन् । पुरनसिंह ठकुरीले पनि सहसचिवमा उम्मेदवारी घोषणा गरेका छन् । रविन्द्र हमालले पनि उपसभापति वा सचिवमा इच्छा देखाएका छन् । सुदिपनरसिंह राणाको पनि पदाधिकारीमा आकांक्षा देखिएको छ ।


प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  ११:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP