नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अपाङ्गता, बालबालिकामैत्री संरचना निर्माणमा संवाद 
अपाङ्गता, बालबालिकामैत्री संरचना निर्माणमा संवाद 
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस १४, २०७८ बागेश्वरी पोस्ट
अपाङ्गता, बालबालिकामैत्री संरचना निर्माणमा संवाद 

नेपालगञ्ज । अपाङ्गता, बालबालिका, महिला र तेस्रो लिङ्गीमैत्री भवन संरचना निर्माणका लागि संवाद सहजीकरण बढाइएको छ । विवाद, द्वन्द र सार्वजनिक सरोकारका सवालमा सहजीकरण गर्दै आएको संवाद समूह बाँकेले अपाङ्गता, बालबालिका, महिला र तेस्रो लिङ्गीमैत्री भवन संरचना निर्माणको लागि सरोकारवालासँग संवाद सहजीकरण बढाएको हो । 

सरकारी भवनहरु निर्माण गर्दा अपाङ्गतामैत्री बनाउनुपर्ने भवन आचारसहिंतामा उल्लेख गरिएपनि अधिकांश भवन/संरचनाहरु सो अनुरुप नभएको पाइएको छ । अपाङ्गतामैत्री भवन निर्माण नहुँदा अनेकन समस्या व्यहोर्न बाध्य हुनुपरिरहेको परिस्थितिकाबीच समूहले मंगलबार नेपालगञ्जमा सम्वद्ध सरोकार अधिकारीसँग अन्तरसंवाद गरेको हो । 

“अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९” मा सरकारी भवन, शैक्षिक संस्था, स्वास्थ्य संस्था, धार्मिक स्थल, कार्यस्थल, सडक, सडक पेटी, यात्रु प्रतिक्षालय, पार्किङ्ग स्थल, मनोरञ्जन स्थल, सम्मेलन केन्द्र, सिनेमा हल जस्ता सार्वजनिक स्थल र सर्वसाधारणलाई खुल्ला गरिएका व्यावसायिक तथा आवासीय भवन, होटल तथा रेष्टुरेण्ट, एटिएम बैंकिङ सेवा जस्ता सार्वजनिक भौतिक संरचनामा उपयुक्त स्याम्प, लिफ्ट, ढोका, झ्याल, गाइडिङ ब्लक र ब्रेल समेतको व्यवस्था गरी भौतिक संरचनाका साथै अपाङ्गता भएका व्यक्तिका लागि सूचना सेवामा समेत पहुँच अभिबृद्धि गर्ने व्यवस्था उल्लेख गरिएको छ । सम्वद्ध सरकारी कार्यालय, गाउँपालिकाको कार्यालय तथा नगरपालिकाको कार्यालयहरुले नक्सा पास तथा इष्टिमेटहरु गर्दा भवन सहिंता प्रभावकारी कार्यान्वयन नगरेपछि सरोकारवालाबीचको समन्वय र संवादमार्फत् दवाव सिर्जना गरिएको हो ।  

जनप्रतिनिधि, भवन निर्माण सरोकार निकायका अधिकारी, अपाङ्गता, बालबालिका क्षेत्रका प्रमुख/प्रतिनिधि, अधिकारकर्मी, निर्माण व्यवसायी, संवादकर्ता  लगायतको सहभागिता रहेको अन्तरसंवाद वैठकमा सहभागी अधिकांशले भवनसंहिता कार्यान्वयनमा तदारुकता नदेखाइनुले अपाङ्गमैत्री भवन निर्माणमा समस्या देखिएको बताएका थिए । संघीय आयोजना कार्यान्वयन इकाईका इन्जिनियर सुदिप झाले अपाङ्गतामैत्री भवन निर्माणमा कानूनी र प्राविधिक समस्या भन्दा सकरात्मक सोचको अभाव नै प्रमुख समस्याका रुपमा रहेको बताए । भवनसहिंता कार्यान्वयनमा सरोकार सवै पक्ष जिम्मेवार बन्नुपर्नेमा उनको जोड थियो । 

नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर सुरज शर्माले भवनसंहिता अनिवार्य लागू गर्नुपर्ने बाध्यात्मक स्थिति नहुँदासम्म समस्या यथावतै रहनसक्ने चुनौती ते¥स्याए । इन्जिनियर शर्माले पछिल्लो चरण उपमहानगरपालिकाले संरचना निर्माण गर्दा अपाङ्गता, बालबालिकामैत्री संरचना निर्माणलाई प्राथमिकता दिएको दावी गरे । नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले अपाङ्गतामैत्री भवन निर्माणमा प्राविधिकहरु नै जिम्मेवार र प्रतिवद्ध हुनुपर्ने आवश्यकता औंल्याए । खजुरा गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले सरकारी नियामानुसार कम वजेटमा संरचना निर्माण गर्नुपर्दा मैत्रीपूर्ण भवन निर्माणमा समस्या देखिएको यथार्थता व्यक्त गरिन् । राष्ट्रिय अपाङ महासंघका सचिव भावुकजंग थापाले उपमहानगरपालिका लगायत सरकारी कार्यालयले अपाङ्गमैत्री संरचनामा संवेदनशीलता नअपनाउँदा दिर्घकालीन रुपमै समस्या उत्पन्न भइरहेको जिकिर गरे । 

तेस्रो लिंगी प्रतिनिधि शिला गुरुङले कुनै पनि भवन र संरचनामा सबैको सहज पहुँच हुनुपर्ने अधिकार भएपनि तेस्रो लिंगीहरुलाई त कुन शौचालय जाने भन्ने नै द्विविधा र समस्या भइरहेको बताए । कार्यक्रमको उद्देश्य र महत्वमाथि संवाद समूह सदस्य तथा अधिवक्ता प्रह्लाद बहादुर कार्कीले प्रकाश पारेका थिए भने सुशासनकर्मी नमस्कार शाहले धन्यवाद ज्ञापन गरेका थिए । संवाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले सहजीकरण गरेको कार्यक्रममा जिल्ला बाल क्लव सञ्जाल अध्यक्ष मेनुका रावत लगायत १५ जनाको सहभागिता रहेको थियो । समूहका तर्फबाट अपाङ्गतामैत्री संरचना निर्माणमा निरन्तर संवाद सहजीकरण गरिने भएको छ ।


प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १८:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आइतबार नेपालगञ्जमा किसानको जुलुस प्रदर्शन
आइतबार नेपालगञ्जमा किसानको जुलुस प्रदर्शन
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP