prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गौडेल प्रचारमा जुटिसक्दा देउबा समूहमा भने अलमल, को हो सभापतिको उम्मेदवार ?
गौडेल प्रचारमा जुटिसक्दा देउबा समूहमा भने अलमल, को हो सभापतिको उम्मेदवार ?
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस १५, २०७८ बागेश्वरी पोस्ट
गौडेल प्रचारमा जुटिसक्दा देउबा समूहमा भने अलमल, को हो सभापतिको उम्मेदवार ?

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको पुस २७ गते हुने जिल्ला अधिवेशन नजिकिँदै गर्दा चुनावी सरगर्मी बढेको छ । निर्वाचन नजिकै आउँदा नेता कार्यकर्ता छलफल, परामर्श र भेटघाटमा जुटेका छन् । सभापतिदेखि जिल्ला सदस्यका उम्मेदवार टिमको आधिकारिक उम्मेदवार बन्न दौडधुपमा छन् । आफ्नो पक्षमा माहोल बनाउन लागिपरेका छन् ।

paribartan 1

सबैभन्दा चासोका साथ हेरिएको सभापति पदको रस्साकस्सीमा नेता डा.शेखर कोइराला समूहका नारायणप्रसाद गौडेलले भोट माग्न थालिसक्दा सभापति शेरबहादुर देउबा समूहका सभापतिका आकांक्षी भने रणभुल्लमा छन् । ६ जनाले दाबेदारी प्रस्तुत गरिरहँदा पदाधिकारीमा आकांक्षा राखेका उम्मेदवारदेखि नेता कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि अन्यौलमा छन् ।

देउबा समूहबाट सभापतिको छनौट पेचिलो बन्दा पदाधिकारीदेखि जिल्ला सदस्यसम्मका आकांक्षी प्रबल ढंगले मुखरित हुन सकेका छैनन् । यद्यपी आकांक्षा भने झिनो स्वरमा व्यक्त गरिरहेका छन् । गौडेल चुनावी मोर्चामा खटिइसक्दा देउबा समूहमा अन्यौल छ । एकले अर्कोलाई नस्विकार्ने र आफू नै आधिकारिक हुने दाबी सबैले गरिरहँदा यो समूहमा 'टिम स्पिरिट' कमजोर देखिएको छ ।

देउबा समूहबाट लुम्बिनी प्रदेशका वन वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमाल र संविधानसभा सदस्य बादशाह कुर्मी मध्ये एक जनाले 'लाइन' पाउने चर्चा कांग्रेस बृत्तमा छ । "सुरेन्द्र दाईको सभापति शेरबहादुर देउबा दाईसंगै कुरा भइसकेको छ, अन्त्यमा उहाँ नै आधिकारिक उम्मेदवार हुनुहुन्छ," कांग्रेस पार्टी कार्यालयमा भेटिएका एक जना नेताले भने । उनले हमाल नै देउबा समूहको उम्मेदवार हुने दाबी गरे । उनले दाबी गरे अनुसार हमाल उम्मेदवार हुँदा उनको टिममा बस्न चाहने लोकप्रिय नेताहरुको ठूलो पंक्ति छ । हमाल सबैभन्दा बलियो उम्मेदवार भएको उनको जिकिर छ ।

तर, अर्का एक नेताले भने सहमहामन्त्री किशोरसिंह राठौरको रोजाईमा कुर्मी परेकाले उनी नै उम्मेदवार हुने दाबी गरे । "पहिले किशोर दाई केन्द्रिय सदस्य मात्रै हुनुहुन्थ्यो, त्यतिबेला पनि उहाँकै डिजाइनमा टिम अघि बढ्यो, अहिले त झन दाई सहमहामन्त्री बन्नुभएको छ, उहाँले जसलाई चाहनुहुन्छ, उ नै देउबा समूहको आधिकारिक उम्मेदवार हो," उनले भने । तर, कतिपय नेता कार्यकर्ताहरुले जिल्लामा राठौरको जबर्जस्ती उपस्थिति र हस्तक्षेप पार्टीका लागि प्रत्युत्पादक हुन सक्ने भएकाले उनले विवेकपूर्ण निर्णय लिनुपर्ने बताउने गरेका छन् । भित्रीरुपमा हमाल परिवार र राठौरबीचमा शक्ति संघर्ष रहेकाले सुरेन्द्रलाई राठौरले अघि सार्ने सम्भावना कम रहेको चर्चा पनि छ ।

कतिपयले हमालले आधिकारिक 'लाइन' नपाए अन्तिममा चुनाव नलड्ने अड्कल पनि काटिरहेका छन् । तर, सुरेन्द्रले आफ्ना निकटस्थहरुसंग आफू कुनै पनि हालतमा चुनाव लड्ने बताइरहेका छन् । धेरैले हमाल र कुर्मी मध्ये एक उम्मेदवार हुने लख काटिरहेका छन् । पहिलो चरणमा यी दुबै नै उम्मेदवार हुन सक्ने अनुमान पनि छ । यस बाहेक अघिल्लो अधिवेशनमा किरण कोइरालासंग सभापतिमा पराजय व्यहोरेका नेता निरन्जनसिंह सिजापति पनि देउबा समूहकै उम्मेदवार हुन् । उनले लाइन पाएनन् भने पनि चुनाव लड्ने अनुमान गरिएको छ । "सकेसम्म आधिकारिक हुने हरसम्भव कोशिस उनले गर्छन् तर पाएनन् भने पनि उनी चुनाव लड्छन्," एक नेताले दाबी गरे ।

क्षेत्रीय अधिवेशनमा कोइराला क्याम्प छाडेर देउबा समूहका छिरेका वर्तमान उपसभापति सुनिलनरसिंह राणाले पनि दाबी छाडेका छैनन् । अन्य उम्मेदवारहरुको अन्तरसंघर्षमा बाजी मार्ने दाउमा उनी रहेको एक नेता बताउँछन् । कसैले कसैलाई नस्विकारेको अवस्थामा राठौरले राणालाई अघि सार्ने चर्चा पनि सुनिन थालेको छ । नेता राजकुमार बर्मा पनि सभापतिका दाबेदार हुन् । उनले देउबा समूहको आधिकारिक लाइन पाउने सम्भावना कमजोर रहेपनि उनको भूमिका भने महत्वपूर्ण हुने विश्लेषण गरिएको छ । अघिल्लो अधिवेशनमा पनि सभापतिमा भिडेका नेता लक्ष्मीनारायण शाहले पनि दाबी छाडेका छैनन् । यद्यपी प्रदेश अधिवेशनमा उनी सहमहामन्त्रीमा भिडेकाले उनले दाबी गर्ने आधार कमजोर बनेको नेताहरु बताउँछन् । कतिपयले उनले उम्मेदवारी दिन नपाउने दाबी पनि गर्छन् । तर, बागेश्वरीपोष्टलाई उनले आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

अंकगणिमा जिल्लामा देउबा समूह बलियो देखिएपनि उम्मेदवार छनौटको सकसले अलमल छ । देउबा समूहको अन्तरविरोध र अन्तरसंघर्षको फाइदा उठाउँदै सभापतिमा दाउ मार्ने ध्याउन्नेमा गौडेल देखिन्छन् । गौडेल समूहले पदाधिकारी पनि करिब टुंग्याइसकेको छ । उपसभापतिमा गोपाल अधिकारी र राजकुमार मौर्य, सचिव सुधांशु कोइराला तथा सहसचिवमा रेणु सिंह र विश्व लम्सालको करिब टुंगो लागेको बताइएको छ । अर्को एक जना सचिवमा भने कृष्ण विके रसाइली, पूर्ण आचार्य, आशिष काफ्ले, चिन्तामणि धिताल लगायतको चर्चा छ । कोही एक जना थारु समुदायको नेता पनि सचिवको उम्मेदवार बन्न सक्ने चर्चा छ । तर, यी मध्ये क्षेत्र नम्बर ३ बाट प्रतिनिधित्व गर्ने रसाइली, काफ्ले वा अन्य कोही थारु समुदायको नेता सचिवको उम्मेदवार बन्ने सम्भावना बढी रहेको बताइएको छ । यो समूहले १९ गते पदाधिकारीका उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ । 

देउबा समूहबाट भने उपसभापतिमा सुरेन्द्रनाथ सापकोटा, मेघराज ओली, रविन्द्र हमाल लगायतको चर्चा छ । यी मध्ये ओली सचिवको उम्मेदवार पनि हुन सक्ने विश्लेषण गरिँदैछ । हमालले पनि उपसभापति वा सचिव भनिरहेको बुझिएको छ । निरज चलाउनेले पनि सचिवको प्रचार थालिसकेका छन् । चलाउनेले आफू सचिवमै भिड्ने बागेश्वरीपोष्टसंग बताए । रुद्रबहादुर ओलीको नाम पनि सचिवका लागि सुनिएको छ । पुरनसिंह ठकुरीले पनि सहसचिवको प्रचार गरिरहेका छन् । सुदिपनरसिंह राणाले पनि पदाधिकारीमा आकांक्षा राखेका छन् । अन्य उम्मेदवार अझै खुलेका छैनन् ।  


प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  २०:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP