नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस सभापति उम्मेदवार गौडेल समूहले खोल्यो सम्पर्क कार्यालय
कांग्रेस सभापति उम्मेदवार गौडेल समूहले खोल्यो सम्पर्क कार्यालय
RSG-2
'हामीलाई जिताउनुस्, हामी बनाउँछौं सशक्त कांग्रेस'-गौडेल
बागेश्वरी पोस्ट
शुक्रबार, पुस १६, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस सभापति उम्मेदवार गौडेल समूहले खोल्यो सम्पर्क कार्यालय

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सम्पर्क कार्यालय खोलेको छ । नेपालगञ्ज मेडिकल कलेज अगाडि खोलिएको सम्पर्क कार्यालयको आज एक कार्यक्रमका बीच पार्टी सभापति किरण कोइरालाले उद्घाटन गरिन् । पुष २७ गते हुने जिल्ला अधिवेशनका लागि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस पारेर सम्पर्क कार्यालय खोलिएको हो ।

गौडेल समूहको चुनाव प्रचारप्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गर्दै सभापति कोइरालाले सशक्त, जुझारु र उर्जाशील गौडेल समूहले चुनाव जितेपछि पार्टीमा नयाँ उर्जा सञ्चार हुने बताइन् । "गौडेलजी लगायत अन्य उम्मेदवार सबै स्वयम् उर्जाबान र जुझारु हुनुहुन्छ, उहाँहरुले जितेर आएपछि पार्टीमा नयाँ उर्जा थपिन्छ," कोइरालाले थपिन् । उनले आजका दिनदेखि अब गाउँ-गाउँ, नगर-नगर र वडा-वडामा गएर गौडेलको टिमलाई जिताएर पार्टीलाई बलियो बनाउने प्रयासमा लाग्न आह्वान गरिन् ।

सभापतिका उम्मेदवार गौडेलले पार्टीलाई सशक्त र सुदृढ बनाउँदै आगामी सबै तहका निर्वाचनहरुमा विजयी बनाउने प्रणका साथ आफूहरु पार्टीको चुनावमा प्रतिष्पर्धा गर्न होमिएको बताए । उनले आफ्नो टिमले जितेपछि पार्टी सशक्त ढंगले अघि बढ्ने बताए । "यो संघर्षशील, कर्मशील युवाहरुको टिम हो, यो गफ गर्ने टिम होइन," उनले भने, "यो फिल्डमा गएर काम गर्ने टिम हो, क्षेत्रीय प्रतिनिधिहरुले विश्वास गरेर हामीलाई जिताउनुस्, हामी बाँकेमा कांग्रेसलाई एक छत्र बनाउन लाग्नेछौं ।" उनले चार बर्ष अहोरात्र खटिएर कांग्रेसलाई सशक्त बनाउन लाग्ने बताए ।

संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) ले इमान्दार र कर्मशील गौडेल समूहलाई जिताउन सबैजना तन, मन र बचनले कटिबद्ध भएर लाग्नुपर्ने बताए । लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् युवा नेता टेकनारायण भुषालले कांग्रेसका इमान्दार कार्यकर्ताहरुको खस्केको मनोबल उकास्दै आगामी निर्वाचनहरुमा कांग्रेसलाई जिताउन गौडेल समूहलाई विजयी बनाउन आवश्यक रहेको बताए । गौडेल समूहले यही १९ गते आफ्नो समूहका उम्मेदवारहरुको घोषणा पनि गर्न लागेको बताएको छ । दिउँसो १ बजे पार्टी कार्यालयमा उम्मेदवार घोषणा कार्यक्रम गर्न लागिएको सम्पर्क कार्यायल संयोजक युवा नेता डिल्ली गिरीले बताए ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा कांग्रेस नेता कार्यकर्ता, विभिन्न भ्रातृ संगठनका नेता कार्यकताहरुको उपस्थिति थियो । जिल्ला सचिव तप्त पौडेल, नेता हुर्मत न्यौपाने, प्रदेश कमिटी सदस्यहरु प्रेम केसी, इशाक जोलाह, अन्जना पाण्डे, दिक्षा कोइराला, प्रमेश्वरी पाठक, कृष्णा सापकोटा चौधरी, प्रदेशसभा १ ख का सभापति बलराम शर्मा, कोहलपुर नगर सभापति विरेन्द्र शाह, सचिव पदका उम्मेदवार सुधांशु कोइराला लगायतको उपस्थिति थियो । नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, महिला संघ, दलित संघ, आदिवासी जनजाती संघ, मुस्लिम संघ, प्राध्यापक संघ लगायतका संगठनका अध्यक्ष एवम् प्रतिनिधिहरु पनि उपस्थित थिए ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुषालको सभापतित्वमा सम्पन्न भएको थियो ।  

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.उद्घाटन कार्यक्रममा आफ्नो मन्तब्य राख्दै सभापतिका उम्मेदवार गौडेल


प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  १६:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP