नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सभापति देउवाले फेरि गुटको विजारोपण गरे: शेखर कोइराला
सभापति देउवाले फेरि गुटको विजारोपण गरे: शेखर कोइराला
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस १८, २०७८ बागेश्वरी पोस्ट
सभापति देउवाले फेरि गुटको विजारोपण गरे: शेखर कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले फेरि गुट उपगुटको विजारोपण गरेको आरोप लगाएका छन् । सभापति देउवाले शनिबार १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्दा आफ्नो गुट बलियो पार्ने नीति लिएको स्पष्ट भएको नेता कोइरालाले आरोप लगाएका हुन् । उनले भने, ‘निर्वाचनमा पराजित भएकालाई केन्द्रीय सदस्यमा मनोनित गर्दा पदाधिकारीमा पराजित भएका चन्द्र भण्डारी र प्रदीप पौडेललाई पनि सदस्य बनाएको भए के बिग्रन्थ्यो ?’

उनले अगाडि थपे, ‘भण्डारी र पौडेल अयोग्य हुन् र ? यसबाट त देउवाले गुटको विजारोपण फेरि थाल्नुभयो भन्ने हो । त्यो गर्न भएन।’ महाधिवेशनको निर्वाचनपछि अस्वस्थ्य भई डा. कोइराला हाल विराटनगरस्थित निवासमा आरामरत छन् । देउवाले शनिबार १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने क्रममा पाँच जना चुनाव हारेका नेताहरुलाई पनि मनोनयन गरे । 

तर उनले गुट उपगुट हेरेर आफ्नो प्यानलबाट चुनाव लडेका र आफूलाई चुनावमा सघाउनेलाई मात्र केन्द्रीय सदस्य बनाएका हुन् । डा. शेखर कोइराला प्यानलका भने कसैलाई पनि मनोनित गरेनन् । यसबाट नै गुट उपगुटको विजारोपण भएको डा. कोइरालाको प्रतिक्रिया छ । देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

यीमध्ये सिंह र निधिले सभापतिमा चुनाव हारेका थिए । दुवैले सभापतिको दोस्रो चरणको मतदानमा डा. कोइरालालाई नभई देउवालाई सघाएका थिए । जबकि कोइरालासँगको पटक पटकको कुराकानीमा यदि दोस्रो चरणमा मतदान हुने भयो भने आफूलाई सघाउने वचन निधिले दिएका थिए । 

त्यस्तै गच्छदार र कोइरालाले उपसभापतिमा चुनाव हारेका थिए । गच्छदार देउवा प्यानलबाटै उम्मेदवार बनेका थिए भने कोइराला प्रकाशमान सिंहको प्यानलबाट खडा भएकी थिइन् । 

डा. महतले देउवा प्यानलबाटै महामन्त्रीमा चुनाव हारेका थिए । कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उक्त मनोनयन गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

विधान अनुसार ३३ जना मनोनित गर्न पाइन्छ । १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा १४औं महाधिवेशनबाट एक सय ३४ निर्वाचित, एक सभापतिका निकटतम प्रतिस्पर्धी गरी एक सय ३५ जना यसअघि नै भएका थिए । हाम्राकुराबाट


प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  ०८:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP