prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गौडेल समूहका पदाधिकारी उम्मेदवारहरुको यस्तो छ राजनीतिक बायोग्राफी
गौडेल समूहका पदाधिकारी उम्मेदवारहरुको यस्तो छ राजनीतिक बायोग्राफी
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २०, २०७८ बागेश्वरी पोस्ट
गौडेल समूहका पदाधिकारी उम्मेदवारहरुको यस्तो छ राजनीतिक बायोग्राफी

नेपालगञ्ज । सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल समूहले सोमबार आफ्ना पदाधिकारी उम्मेदवारहरुको नाम घोषणा गरेको छ । गौडेल समूहमा युवा नेताहरुको बर्चश्व रहेको छ ।

paribartan 1

जात, लिंग, बर्ग र क्षेत्रका हिसाबले सन्तुलन मिलाएर अघि सारिएका उम्मेदवारहरु सबै जुझारु, सशक्त र दृढ संकल्पित रहेको गौडेल समूहको सचिवालय संयोजक एवम् लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुषालले बताए । उनले संघर्षशील युवा र जुझारु नेताहरुको टिम रहेकाले गौडेल समूह प्रभावशाली देखिएको दाबी गरे ।

No description available.
बाँकेको विकट क्षेत्रका रुपमा लामो समयदेखि पछाडि परेको नरैनापुरको कालाफाँटाका मधेशी समुदायका जुझारु नेतादेखि उर्जाबान मधेशी महिला नेतृलाई समेट्दै आशा गरिएका युवा अनुहार टिममा समेटिएको सचिवालय सहसंयोजक एवम् क्षेत्र नम्बर १ का निवर्तमान क्षेत्रीय सचिव डिल्ली गिरीले बताए । उनले सबै पदमा सशक्त उम्मेदवार अघि सारिएकाले बाँके कांग्रेसको भविष्य गौडेल समूहसंग जोडिएको जिकिर गरे । कस्ता छन् त गौडेल समूहका पदाधिकारी उम्मेदवार ?
यस्तो छ उनीहरुको राजनीतिक बायोग्राफी-

No description available.

१.नारायण प्रसाद गौडेल
सभापति पदका उम्मेदवार

No description available.

कांग्रेस बाँकेका प्रभावशाली नेता नारायणप्रसाद गौडेल कुशल संगठक मानिन्छन् । पार्टीको संगठन बनाउन अहोरात्र खट्ने छबि बनाएका गौडेल इमान्दार र सामान्य जीवनशैली अपनाउने मेहनती नेताका रुपमा कार्यकर्तामाझ परिचित छन् ।

कोहलपुर निवासी गौडेल पार्टी राजनीतिमा अविछिन्न सक्रिय नेता हुन् । उनले तरुण दल हुँदै क्षेत्रीय सभापति, जिल्ला सदस्य, जिल्ला सह–सचिव, केन्द्रिय संगठन विभाग सदस्यदेखि महासमिति सदस्य पदमा रही कुशलतापूर्वक आफ्नो भूमिका र जिम्मेवारी निभाएका  छन् ।

गौडेल अहिले पार्टीको महासमिति सदस्य छन् । २०५९ सालमा जिल्ला सहसचिव भइसकेका उनी २०६१ सालमा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति भएका थिए । २०३६ सालदेखि साधारण सदस्यका रुपमा रहेका गौडेल २०४८ सालदेखि कांग्रेसको क्रियाशील सदस्य छन् । उनी कोहलपुर निवासी हुन् ।

नेपाल तरुण दल कोहलपुरका संस्थापक उनी १२औं महाधिवेशनबाट २०६७ सालमा केन्द्रिय संगठन विभाग सदस्य पनि बनेका थिए । जनआन्दोलन २०६२/६३ मा सक्रिय सहभागिता जनाएका गौडेल त्यतिवेला दुई पटक गरेर साढे तीन महिना जेलमा बन्दी बनाइएका थिए । उनले त्यसबेला तत्कालीन शाही नेपाली सेनाबाट मरणासन्न हुने गरी कुटाई खाएका थिए ।

१३औं महाविधेशनमा पनि सभापति पदका उम्मेदवार थिए । उनी त्यतिबेला सफल हुन सकेनन् । यसपटक सभापति बनेर बाँके कांग्रेसलाई सुदृढ र गतिशील बनाउने संकल्प बोकेका गौडेल दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवार समेत थिए ।

२.गोपाल प्रसाद अधिकारी
उपसभापति पदका उम्मेदवार

No description available.

उपसभापतिका उम्मेदवार गोपाल प्रसाद अधिकारी २०४६ सालको जनआन्दोलनसंगै कांग्रेस राजनीतिमा होमिएका नेता हुन् । मोरङ क्षेत्र नम्बर ३  स्थित साविकको बाहुनी गाविसमा अवस्थित जनता स्कुलमा नेविसंघ इकाई अध्यक्ष भएर राजनीतिक पाइला अघि सारेका अधिकारी महेन्द्र मोरङ क्याम्पस विराटनगरको नेविसंघ इकाई सहसचिव पनि भए ।

२०५६ सालदेखि कांग्रेसको क्रियाशील सदस्य रहेका अधिकारीले २०६२/६३ को जनआन्दोनलमा बाँकेमा सक्रिय भूमिका निभाएका थिए । त्यसबेला उनी आर्थिक व्यवस्थापनको मुख्य जिम्मेवारीमा थिए । उनी बाँके जिल्ला सदस्य भइसकेका छन् । प्रखर बक्ता अधिकारी १२औं महाधिवेशनमा डा.अरुण कोइराला जिल्ला सभापति हुँदा जिल्ला सदस्य भएका थिए । अधिकारी श्रम विभाग प्रमुख पनि भए ।

उनी नेपालगञ्जका सफल व्यवसायी पनि हुन् । नेपालगञ्ज उद्योग बाणिज्य संघको अध्यक्षमा पनि उनले कांग्रेसको सर्वसम्मत उम्मेदवारका रुपमा प्रतिष्पर्धा गरेका थिए । उनी बाँके चेम्बर अफ कमर्शको उपाध्यक्ष पनि हुन् । कांग्रेस बाँकेको पार्टी कार्यालय बनाउने प्रमुख सुत्राधार मध्येका एक अधिकारी कांग्रेसजन माझ लोकप्रिय छन् ।

उनी सामाजिक सेवामा पनि त्यत्तिकै दत्तचित्तका साथ लागिपरेका छन् । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको सदस्य, उपाध्यक्ष हुँदैै दुई कार्यकाल अध्यक्ष बनेर कुशलतापूर्वक काम गरेका अधिकारीले केन्द्रको आफ्नै दुई तले भवन निर्माण गरेका थिए ।

३.राज कुमार मौर्य
उपसभापति पदका उम्मेदवार

No description available.

उपसभापतिका अर्का उम्मेदवार राज कुमार मौर्य नरैनापुर कालाफाँटाका बासिन्दा हुन् । कांग्रेस राजनीतिमा लामो समयदेखि क्रियाशील उनी तत्कालीन कालाफाँटा गाविसको अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

२१ बर्षकै उमेरमा २०५४ सालमा कालाफाँटा गाविसको अध्यक्ष बनेका मौर्य ७ कक्षामा पढ्दै गर्दा नेविसंघको राजनीतिमा होमिएका थिए । २०४८ सालदेखि नेपाली कांग्रेसमा क्रियाशील उनी पार्टीको दुई पटक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य समेत भए । उनले जिल्लामा लेखा समितिमा पनि बसेर काम गरेका छन् ।

मधेशी समुदायका मौर्य नरैनापुर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष समेत हुन् । संकटको समयमा नरैनापुरमा कांग्रेसको संगठन बनाउन अहम् भूमिका खेलेका मोर्य बाँके कांग्रेसको जुझारु युवा नेता हुन् ।

४.सुधांशु कोइराला
सचिव पदका उम्मेदवार

No description available.
सचिवका उम्मेदवार सुधांशु कोइराला लोकप्रिय युवा नेता हुन् । ऐतिहासिक र प्रेरणादायी राजनीतिक परिवारका कोइराला बैंकको जागिर छोडेर राजनीतिमा होमिएका युवा हुन् ।

पारिवारिक विरासतका कारण राजनीतिबाट टाढा हुन नसकेका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाका भतिजा सुधांशु २०७१ सालमा नेपाल तरुण दलको केन्द्रिय प्रतिनिधि भएका थिए ।

अहिलेको जिल्ला कार्यसमितिमा सदस्य रहेर आफ्नो प्रभावकारी भूमिका देखाएका कोइराला पूर्व बाँके जिल्ला सभापति स्वर्गीय डा. अरुण कोइराला र वर्तमान सभापति किरण कोइरालाका छोरा हुन् ।

उनले १३औं महाविधेशनमा साविकको क्षेत्र नम्बर ३ बाट जिल्ला सदस्य पदमा सर्वाधिक मतका साथ विजय हासिल गरेका थिए । नेपालगञ्ज निवासी कोइराला आशा गरिएका युवा नेता हुन् ।  

५.टंक प्रसाद काफ्ले (आशिष)
सचिव पदका उम्मेदवार

No description available.

सचिव पदका अर्का उम्मेदवार टंक प्रसाद काफ्ले (आशिष) नेविसंघको राजनीतिबाट उदाएका युवा नेता हुन् । उनी २०६५ मा नेपाल बिद्यार्थी संघका तर्फबाट बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुरको स्ववियु सचिवमा निर्वाचित भएका थिए ।

यस्तै नेपाल बिद्यार्थी संघको साविक क्षेत्र नम्बर ४ को सभापति भएर समेत काफ्लेले काम गरिसकेका छन् । बैजनाथ ४ बनियाभारका काफ्ले २०६६ मा प्रकाश सिग्देल नेविसंघ अध्यक्ष हुँदा जिल्ला सदस्य भएका थिए । ११औं महाधिवेशनमा उनी कांग्रेसको साविक नौवस्ता गाविस सचिव बनेका थिए ।

युवामाझ लोकप्रिय उनी सामाजिक सेवामा पनि त्यत्तिकै सक्रिय छन् । उनी रेडक्रस बैजनाथको संस्थापक सदस्य हुन् । सामुदायिक प्रहरी सेवा केन्द्र कोहलपुरको सदस्य रहेका काफ्ले विपी मेमोरियल मावि बैजनाथ ४ को तीन कार्यकाल सदस्य र एक कार्यकाल अध्यक्ष भए । उनी नौवस्ता खानेपानीका उपाध्यक्ष पनि हुन् ।

६.रेणु सिंह ठाकुर
सहसचिव पदकी उम्मेदवार

No description available.

सहसचिव पदकी उम्मेदवार रेणु सिंह ठाकुर सशक्त महिला नेतृ हुन् । नेपालगञ्ज निवासी मधेशी समुदायकी जुझारु महिला ठाकुर कांग्रेस राजनीतिमा २०५६ सालदेखि क्रियाशील छिन् ।

२०५६ मा साविकको हिरमिनिया गाविसको महिला प्रतिनिधिमा मनोनित भएर राजनीतिक पाइला अघि सारेकी उनी वर्तमान जिल्ला कार्यसमितिमा जिल्ला सदस्य छिन् । रेणु महिला संघ बाँकेकी सदस्य पनि हुन् ।

उनी नेपाल ट्रेड युनियन कांग्रेसको राजनीतिबाट उदाएकी नेतृ हुन् । उनी २०५८ देखि नेपाल ट्रेड युनियन कांग्रेसमा आबद्ध भइन् । दुई कार्यकाल जिल्ला सदस्य र एक कार्यकाल जिल्ला उपाध्यक्ष भएकी ठाकुर चार पटक महाधिवेशन प्रतिनिधि भइन् ।

७.विश्वराज लम्साल
सहसचिव पदका उम्मेदवार

No description available.

सहसचिव पदका अर्का उम्मेदवार विश्वराज लम्साल सशक्त युवा नेता हुन् । कोहलपुर १० का लम्साल नेविसंघ हुँदै तरुण दलको राजनीतिबाट आएका हुन् । उनी साविकको कोहलपुर गाविसको नेविसंघ अध्यक्ष भएका थिए ।

२०५८ सालमा तरुण दलको जिल्ला सदस्य रहिसकेका लम्साल २०५९ मा सहसचिव पनि भए । २०४६ सालको जनआन्दोलनदेखि कांग्रेस राजनीतिमा होमिएका उनी नेपाल तरुण दलका केन्द्रिय सदस्यका लागि पनि बाँकेबाट सिफारिस भएका थिए । उनी २०७४ मा तरुण दलको केन्द्रिय महाधिवेशन प्रतिनिधि भएका थिए ।  

उनी २०६४ मा कोहलपुर व्यापार संघको कोषाध्यक्ष पनि भए ।


प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १५:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP