prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नरैनापुर पुगेर गौडल समूहले भन्यो-'हामीलाई जिताउनुस्, पछुतो हुन दिन्नौं'
नरैनापुर पुगेर गौडल समूहले भन्यो-'हामीलाई जिताउनुस्, पछुतो हुन दिन्नौं'
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २०, २०७८ बागेश्वरी पोस्ट
नरैनापुर पुगेर गौडल समूहले भन्यो-'हामीलाई जिताउनुस्, पछुतो हुन दिन्नौं'

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायण प्रसाद गौडेल समूहले क्षेत्रीय प्रतिनिधिहरुलाई भेट्ने क्रम जारी राखेको छ । यसै क्रममा गौडेल समूह आज मंगलबार नरैनापुर पुगेको थियो । 

नरैनापुर गाउँपालिकाको वडा नम्बर ३ कालाफाँटामा आयोजित चुनावी कार्यक्रममा गौडेल समूहले आफ्नो समूहलाई जिताउन क्षेत्रीय प्रतिनिधिहरुसंग आग्रह गरेको छ । कार्यक्रममा कांग्रेस नरैनापुर गाउँपालिका कमिटीले उम्मेदवार र नेताहरुलाई फूलमाला र खादा लगाएर स्वागत गर्दै जीतका लागि शुभकामना व्यक्त गरेको थियो । गाउँपालिका सभापति मेराज खाँ र नेता रामचन्द्र मौर्यले स्वागत गरेका थिए । 

खाँको सभापतित्व तथा क्षेत्र नम्बर १ का सभापति पोषण केसीको प्रमुख आतिथ्यता र लुम्बिनी प्रदेश कमिटी सदस्यद्वय टेक नारायण भुषाल र इशाक जोलाहको विशिष्ट आथिथ्यतामा भएको कार्यक्रममा सभापतिका उम्मेदवार गौडेलले बघौडाका नामले चिनिने नरैनापुरलाई पार्टीको मूल प्रवाहमा जोड्न स्थानीय नेताहरुलाई आफूहरुले अगाडि बढाइरहेको बताए । नरैनापुरलाई आफ्नो समूहले विशेष प्राथमिकता दिएको उनले बताए । लुम्बिनी प्रदेश कमिटीमा इशाक जोलाहलाई जिताउन आफूहरुले भूमिका खेलेको चर्चा गर्दै उनले आफ्नो समूहले राज कुमार मौर्यलाई उपसभापतिको उम्मेदवार बनाएको बताए । 

द्वन्दकालमा क्षेत्रीय सभापति भएर क्षेत्र नम्बर १ का नेता कार्यकर्ताहरुको संरक्षणका लागि डर त्रास र धम्कीको प्रवाह नगरी अहोरात्र लागेको स्मरण गर्दै उनले आफूहरुलाई जिताए सुदृढ र सशक्त कांग्रेस बनाउने दृढता व्यक्त गरे । गौडेलले भने-"हामीलाई जिताउनुस्, तपाईंको मतको सम्मान गर्दै पछुतो हुन दिने छैनौं, किन जिताएछौं भन्ने महसुस कुनै क्षण पनि हुन दिने छैनौं," उनले भने, "हाम्रो धोको सशक्त बाँके कांग्रेस बनाउनेछ ।" 

उपसभापति पदका उम्मेदवार गोपाल प्रसाद अधिकारी र राज कुमार मौर्य, सचिव पदका उम्मेदवार सुधांशु कोइराला र टंक प्रसाद काफ्ले (आशिष) तथा सहसचिव पदका उम्मेदवार रेणु सिंह ठाकुर र विश्वराज लम्सालले आफूहरुलाई अमूल्य मत दिएर विजयी बनाउन आग्रह गरे । त्यस क्रममा क्षेत्रीय सभापति केसीले बाँके कांग्रेसमा गौडल सभापति पदमा विजयी भएमा क्षेत्र नम्बर १ बाट पहिलो सभापति हुने भएको भन्दै यो अवसरलाई खेर जान दिन नहुने बताए । उनले भने-"जसरी मलाई क्षेत्रीय सभापतिमा जिताउनुभयो त्यसरी सबै मिलेर जिल्ला सभापतिमा गौडेलसहित पूरै प्यानललाई विजयी बनाउन हामी सबै लागौं ।" 

विशिष्ट अतिथि लुम्बिनी प्रदेश कमिटी सदस्य भुषालले बाँके कांग्रेसलाई बलियो बनाउन सभापतिमा गौडेलसहित सबैलाई विजयी बनाउनुपर्ने बताए । नेता हुर्मत न्यौपानेले कांग्रेस बाँकेलाई सशक्त, चलायमान र जिम्मेवार बनाउन गौडेल समूहले जित्नुको विकल्प नभएको बताए । कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु चिन्तामणि धिताल, पूर्णप्रसाद आचार्य, कोहलपुर नगर सभापति विरेन्द्र शाह लगायतले गौडेल समूहलाई जिताउन आग्रह गरे । कार्यक्रमको सञ्चालन निवर्तमान क्षेत्रीय सचिव डिल्ली गिरीले गरेका थिए । त्यसक्रममा प्रदेश र क्षेत्रीय समितिमा विजयी भएकालाई सम्मान पनि गरिएको थियो । 

यस्तै गौडेल समूहले राप्तीसोनारीको वडा नम्बर ६ र ७ का क्षेत्रीय प्रतिनिधिहरुलाई पनि भेटेर आफूहरुलाई विजयी बनाउन आग्रह गरेको छ ।  

फोटो फिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  २०:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP