prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गौडेल समूहले नेपालगञ्जका क्षेत्रीय प्रतिनिधिहरुलाई भेट्यो
गौडेल समूहले नेपालगञ्जका क्षेत्रीय प्रतिनिधिहरुलाई भेट्यो
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, पुस २१, २०७८ बागेश्वरी पोस्ट
गौडेल समूहले नेपालगञ्जका क्षेत्रीय प्रतिनिधिहरुलाई भेट्यो

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापति पदका उम्मेदवार नारायण प्रसाद गौडेल समूहले प्रचारप्रसारलाई तीब्र पारेको छ । गौडेल समूहले जिल्ला अधिवेशनका मतदाताका रुपमा रहेका क्षेत्रीय प्रतिनिधिहरुलाई भेट्ने क्रम जारी नै राखेको छ ।

paribartan 1

बुधबार नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न वडामा पुगेर गौडेल समूहका उम्मेदवारहरुले क्षेत्रीय प्रतिनिधिहरुसंग भेटघाट गरेका छन् । वडा नम्बर १, २, १२ र १८ मा पुगेर भेटघाट गरिएको गौडेल समूहको सचिवालय सहसंयोजक एबम् क्षेत्र नम्बर १ का निवर्तमान क्षेत्रीय सचिव डिल्ली गिरीले बताए । भेटघाटका क्रममा क्षेत्रीय प्रतिनिधिहरुले गौडेल समूहलाई सहयोग गर्ने बताएको गिरीले जानकारी दिए ।

सभापतिका उम्मेदवार गौडेल, उपसभापतिका उम्मेदवार गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवका उम्मेदवार सुधांशु कोइराला र टंक प्रसाद काफ्ले (आशिष) तथा सहसचिवका उम्मेदवार रेणु सिंह ठाकुर र विश्वराज लम्सालसहित जिल्ला सदस्य पदका उम्मेदवारहरुले क्षेत्रीय प्रतिनिधिहरुलाई भेटेका थिए । भेटघाटका क्रममा सभापतिका उम्मेदवार गौडेलले आफूहरुलाई कुनै लोभ-लालच नभएको भन्दै पार्टीलाई कसरी मजबुत बनाउने भन्ने ध्येय मात्रै रहेको बताए । उनले पार्टीलाई चलायमान बनाउन आफ्नो टिम अहोरात्र खटिने बताउँदै विवेकपूर्ण मतदान गरी बाँके कांग्रेस हाँक्न सक्ने आफ्नो जुझारु टिमलाई मतदान गर्न आग्रह गरे ।

No description available.
वडा नम्बर १ र १८ मा प्रमुख अतिथि रहेकी कांग्रेस नेतृ एवम् नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले गौडेल नेतृत्वको टिमलाई विजयी बनाउन आग्रह गरिन् । उनले सक्षम र जुझारु टिम भएकाले बाँके कांग्रेसलाई सुदृढ र सबल बनाउन गौडेल समूहलाई मतदान गर्न जरुरी रहेको बताइन् । महाधिवेशन प्रतिनिधि एवम् नेपाल विद्यार्थी संघका अध्यक्ष पूर्ण आचार्यले बाँकेमा सशक्त कांग्रेस बनाउनका लागि गौडेल समूह सक्षम रहेको भन्दै मतदान गर्न आग्रह गरे ।  कोहलपुर नगरपालिका नगर सभापति विरेन्द्र शाहले कार्यकर्ताको भावना अनुसार काम गर्न सक्ने गौडेल समूह नेतृत्वका लागि सक्षम रहेको बताए । अन्य उम्मेदवारहरुले पनि आफूहरुलाई मतदान गरी विजयी बनाउन आग्रह गरेका थिए । भेटघाटका क्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णा सापकोटा चौधरी लगायत उपस्थित थिए ।

वडा नम्बर १ मा वडा सभापति सीता काफ्ले, २ मा प्रदिप श्रेष्ठ तथा १८ मा जगदिश कुर्मीको सभापतित्वमा भेटघाट कार्यक्रम भएका थिए । वडा नम्बर १२ मा गरिएको भेटघाटमा अग्रज नेताहरु अजित कुमार शर्मा, सुरेन्द्रनाथ सापकोटा, वडा सभापति रामु चिडिमार लगायत उपस्थित थिए । त्यस क्रममा शर्माले वडा नम्बर १२ का प्रतिनिधिले आफ्ना नेता छान्दा विवेक प्रयोग गर्ने बताउँदै सक्षम र जुझारु उम्मेदवारहरु आफूहरुको रोजाईमा पर्ने बताएका थिए । 

No description available.


प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  २०:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP