prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • 'युवराज दाईलाई उम्मेदवार बनाउन पाउँदा गर्ब लागेको छ'-अमरसिंह पुन
'युवराज दाईलाई उम्मेदवार बनाउन पाउँदा गर्ब लागेको छ'-अमरसिंह पुन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस २२, २०७८ बागेश्वरी पोस्ट
'युवराज दाईलाई उम्मेदवार बनाउन पाउँदा गर्ब लागेको छ'-अमरसिंह पुन

नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले आसन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन सबै लाग्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा नवनिर्वाचित लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको स्वागत र सम्मान तथा आसन्न राष्ट्रियसभा निर्वाचनका विषयमा आज भएको छलफलमा उनले योग्य मान्छेको मूल्यांकन हुँदो रहेछ भन्ने कुरा युवराज शर्मालाई पार्टीले उम्मेदवार बनाएपछि पुष्टि भएको बताए ।

paribartan 1

लुम्बिनी प्रदेश सभापति पुनले राष्ट्रियसभामा कांग्रेसले गर्व गर्न लायक उम्मेदवार पाएको बताएका छन् । पार्टीभित्र निरन्तर लागेको व्यक्तिको उचित मूल्यांकन गर्न सकिएकाले आफू औधि खुसी भएको पुनले बताए । "युवराज दाईलाई जसरी पनि एक नम्बरमै सिफारिस गर्छु भन्ने अठोट लिएँ, नेताहरुलाई कुनै पनि हालतमा कन्भिन्स गर्छु भनेर लागें, दाईको नाम एक नम्बरमै सिफारिस गर्यौं र उहाँ जस्तो मान्छेलाई उम्मेदवारका रुपमा पाएका छौं," उनले भने-"गर्व लागेको छ, यति लामो समय पार्टीमा काम गरेको नेतालाई उम्मेदवार बनाउन सकेका छौं ।"

उनले सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन लुम्बिनी प्रदेश कमिटी लागिपर्ने बताए । उनले आफू एउटा समूहबाट जितेर आएपनि अब सबैको सभापति बनेर पार्टी संगठन मजबुत बनाउन लाग्ने बताए । "अब संगठन राम्रो बनाउनतिर लाग्ने हो, स्थानीय निर्वाचन आउँदैछ, लोकप्रिय मान्छेलाई पार्टीको उम्मेदवार बनाएर जिताउने हो, तेरो मेरो होइन, योग्य, सक्षम र लोकप्रिय मान्छेमाथि अन्याय हुँदैन," पुनले भने । "लुम्बिनीका १०९ वटै स्थानीय तहमा कांग्रेस पुग्छ, अब कार्यतालिका सहित काम गर्छौं, कांग्रेसलाई मजबुत बनाउनतिर लाग्छौ, उनले भने । उनले आफूलाई जिताउन भूमिका खेलेकोमा धन्यवाद समेत दिए ।

लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले सबै लागेर आफ्ना उम्मेदवारहरुलाई जिताउनुपर्नेमा जोड दिए । राष्ट्रियसभाका उम्मेदवार युवराज शर्माले निरन्तरता र धैर्यताले अवसर पाइँदो रहेछ भन्ने सन्देश आफूले पाएको उम्मेदवारीबाट प्रवाह भएको बताए । उनले भने-"पदले मात्र हुँदैन, व्यक्तित्वको विकास गर्दै योग्यता बढाउन सके जुन बेला पनि अवसर मिल्न सक्छ भन्ने मलाई ढिलै भएपनि पार्टीले गरेको न्यायबाट देखिएको छ ।"

बाँके कांग्रेसकी सभापति किरण कोइरालाको सभापतित्वमा भएको छलफल कार्यक्रममा उपसभापति सुनिलनरसिंह राणाले स्वागत मन्तब्य व्यक्त गरेका थिए । पार्टी सचिव कपिल शर्माले सञ्चालन गरेको कार्यक्रममा प्रदेश सांसद मो.याकुब अन्सारी, संविधानसभा सदस्य बादशाह कुर्मी ,लुम्बिनी प्रदेश सदस्यहरु टेक नारायण भुषाल, प्रेम केसी, अन्जना पाण्डे लगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८  १८:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP