नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जिल्ला अधिवेशन रोक्नुपर्ने कारण थिएनः अमरसिंह पुन
जिल्ला अधिवेशन रोक्नुपर्ने कारण थिएनः अमरसिंह पुन
RSG-2
'केन्द्रिय सभापतिले विधिसम्मत काम गर्नुपर्छ'
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २३, २०७८ बागेश्वरी पोस्ट
जिल्ला अधिवेशन रोक्नुपर्ने कारण थिएनः अमरसिंह पुन

नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले १६ जिल्लाको अधिवेशन रोक्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।

नेपाल प्रेस युनियन बाँके शाखाले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा पुनले राष्ट्रियसभाको चुनावलाई देखाउँदै अधिवेशन रोकिएपनि यसकै कारण अधिवेशन रोक्नुपर्ने अवस्था नरहेको बताए । "अधिवेशन रोक्नुपर्ने कुनै कारण थिएन, किन रोकियो त्यो पार्टीको नेतृत्वले जान्ने कुरा हो," उनले भने, "पार्टीको जीवन्तताका लागि बेलैमा अधिवेशन हुनुपर्छ ।"

"राष्ट्रियसभाका भोटर भनेका स्थानीय तहका प्रमुख उपप्रमुख र प्रदेशसभा सदस्य हुन्, यसमा धेरै समस्या थिएन, अधिवेशन रोक्नैपर्ने अवस्था थिएन," पुनले भने । पुष २७ गतेका लागि तय भएको बाँकेसहित १६ जिल्लाको अधिवेशन राष्ट्रियसभा चुनावको कारण भन्दै माघ १५ गते सारिएको छ ।

पत्रकार सम्मेलनमा पुनले पार्टीलाई विधि विधान सम्मत चलाउँदै न्यायोचित निर्णय लिएर अघि बढ्न केन्द्रिय सभापति शेरबहादुर देउबालाई आग्रह गरेका छन् । "लुम्बिनी प्रदेश कमिटीका तर्फबाट मेरो विशेष आग्रह छ, सभापतिजीले सिंगो कांग्रेसको सभापति बन्न पर्यत्न गर्नुपर्छ, सकेसम्म सबैलाई समेटेर अघि बढ्न पर्यत्न गर्नुपर्छ ।" डा.शेखर कोइरालालाई बरिष्ठ नेता भनेर सम्बोधन गरेका सभापति पुनले सभापति देउबाले सबैलाई समेटेर लैजान पर्यत्न गर्नुपर्नेमा जोड दिए ।

उनले भने-"हिजो पोखरा महाधिवेशनमा गिरिजाबाबुसंग ठूलो मतान्तरले अहिलेका सभापतिले हार्दा पनि जुन स्थान उहाँले चाहनुभयो त्यो पाउनुभयो, तर, आज किन त्यस्तो हुन सकेन ?" उनले थपे-"२०/२२ भोट पाएर सभापतिमा हारेकालाई केन्द्रिय सदस्य मनोनयन गर्ने तर १५/१६ सय मत पाउने किन परेनन्, यस्तो किन भयो ?" आफूहरुले कुनै हिस्सा नमाग्ने भन्दै उनले पार्टीभित्र न्याय हुनुपर्ने बताएका छन् । लुम्बिनीमा आफूसंग पराजित सभापतिका उम्मेदवारलाई दोस्रो बरियतामा राखेर अघि बढेको प्रसंग निकाल्दै उनले सभापति देउबाले पनि सबैलाई समेट्नुपर्ने बताए । 

लुम्बिनी कांग्रेसलाई चलायमान बनाउँदै अघि बढ्न चार बर्षे कार्ययोजना बनाउँदै गरेको बताएका पुनले हिजो पार्टी कहाँ थियो र आज कहाँ छ भन्ने कुराको प्रष्ट अनुभूति हुने गरी काम गर्ने स्पष्ट पारे । महामन्त्री विक्रम खनालको संयोजकत्वमा कार्ययोजना बनाउन शुरु गरिएको सभापति पुनले बताए । स्थानीय चुनावमा लोकप्रिय र इमान्दार मानिसहरु पहिलो प्राथमिकतामा पर्ने बताउँदै उनले पार्टीमा धनबाद र डनबादको अन्त्य गर्ने दृढता व्यक्त गरे । "हामी जे गर्छौं त्यो बोक्छौं, जे गर्न सक्दैनौं, त्यो बोक्दैनौं," उनले भने । उनले लुम्बिनीमा सबल र सुदृढ कांग्रेस बनाउन अहोरात्र खटिने बताए ।

प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा बाँके पार्टी सभापति किरण कोइराला, राष्ट्रियसभाका उम्मेदवार युवराज शर्मा, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, प्रदेश कमिटी सदस्यहरु टेकनारायण भुषाल, प्रेम केसी, परमेश्वरी पाठक, दिक्षा कोइराला, अन्जना पाण्डे, कृष्णा सापकोटा चौधरी लगायत उपस्थित थिए । 
No description available.
No description available.
No description available.


प्रकाशित मिति: शुक्रबार, पुस २३, २०७८  १४:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP