prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सभापतिले पार्टीभित्र न्यायको शुरुवात गर्नुभएको छः सहमहामन्त्री राठौर
सभापतिले पार्टीभित्र न्यायको शुरुवात गर्नुभएको छः सहमहामन्त्री राठौर
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस २४, २०७८ बागेश्वरी पोस्ट
सभापतिले पार्टीभित्र न्यायको शुरुवात गर्नुभएको छः सहमहामन्त्री राठौर

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री किशोरसिंह राठौरले सभापति शेरबहादुर देउबाले पार्टीभित्र न्यायको सुरुवात गरेको बताएका छन् । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ ले १४औं महाधिवेशनबाट नवनिर्वाचित सहमहामन्त्री र केन्द्रिय सदस्यहरुको बधाई तथा सम्मानमा आज आयोजना गरेको कार्यक्रममा उनले सभापति देउबाले दोस्रो कार्यकाल शुरु गरे लगत्तै पुराना, इमान्दार र निष्ठावान नेताहरुको उचित मूल्यांकन गरिरहेको बताएका हुन् ।

paribartan 1

No description available.

बाँकेका पुराना नेता युवराज शर्मालाई राष्ट्रियसभा निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बनाएर ठूलो न्याय दिएको उनले बताए । "पार्टी सभापति कृष्णप्रसाद भट्टराईदेखि सुशील कोइरालासम्मले मूल्यांकन गर्न नसकेको युवराज दाईलाई अहिलेको सभापतिजीले मूल्यांकन गर्नुभएको छ, न्यायको सुरुवात गर्नुभएको छ, मूल्यांकन गर्न शुरु गर्नुभएको छ," उनले भने । युवराज शर्मा राष्ट्रियसभामा उम्मेदवार बन्न पाउनु ३ नम्बर क्षेत्रका कांग्रेसजनका लागि गर्वको कुरा भएको सहमहामन्त्री राठौरले बताए ।

उनले हालै महाधिवेशनमा भएको आन्तरिक प्रतिष्पर्धालाई ठूलो रुपमा नलिएर महाधिवेशनबाट आएको परिणालाई सहजरुपमा लिँदै अघि बढ्नुपर्ने बताए । उनले मुलुकको उत्थानका लागि वडादेखि केन्द्रसम्म अब नेपाली कांग्रेसले जित्नुपर्ने बताए । क्षेत्रीय सभापति नक्की खाँको सभापतित्वमा भएको कार्यक्रममा नवनिर्वाचित सहमहामन्त्री राठौर, केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी र जुवेदा खातुन जागालाई सम्मान गरिएको थियो । 

केन्द्रिय सदस्य बाल्मिकीले मुलुकको हरेक परिवर्तनमा कांग्रेसले नै अगुवाई गर्दै आएकाले अझै पनि मुलुकको नेतृत्व कांग्रेसले गर्न जरुरी रहेको बताए । अर्का केन्द्रिय सदस्य खातुनले पार्टीभित्र आन्तरिक प्रतिष्पर्धाको चरण सकिएको र अब विपक्षीसँग लड्नुपर्ने बेला आएको बताइन् ।

उक्त कार्यक्रममा कांग्रेस बाँकेका पूर्व सभापति एवम् राष्ट्रिय सभा सदस्यका उम्मेदवार युवराज शर्मा, पूर्व जिल्ला सभापति कृष्णमान श्रेष्ठ, लुम्बिनी प्रदेशका सांसद मोहम्मद याकुव अन्सारी, संविधानसभा सदस्य बादशाह कुर्मी र आशा बिक, जिल्ला सचिव कपिलदेव शर्मा, क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, नेताहरु निरञ्जनसिंह सिजापति, मेघराज ओली, लक्ष्मीनारायण शाह, निर्मला रोकाय, दयाराम यादव लगायतले पनि बोलेका थिए । 


प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  २०:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP