prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले बाँकेमा नेतृत्व छान्न सकस, उपाध्यक्षमा भने विसी निर्विरोध
एमाले बाँकेमा नेतृत्व छान्न सकस, उपाध्यक्षमा भने विसी निर्विरोध
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस २५, २०७८ बागेश्वरी पोस्ट
एमाले बाँकेमा नेतृत्व छान्न सकस, उपाध्यक्षमा भने विसी निर्विरोध

नेपालगञ्ज । नेकपा एमाले बाँकेमा नेतृत्व छान्न सकस भएको छ । बन्दसत्रमा अध्यक्ष मण्डलले प्रस्ताब गरेको नामहरुमा असहमति जनाउँदै प्रस्तावित नाम बाहेकका आकांक्षीहरुले पनि उम्मेदवारी दर्ता गरेपछि सर्वसम्मत नयाँ नेतृत्व छान्ने प्रयास सफल हुन सकिरहेको छैन । अध्यक्ष मण्डलमा ५ जना केन्द्रिय सदस्य छन् । बाँकेबाट प्रतिनिधित्व गर्ने ढकाल, मोहम्मद हारुन, पशुपतिदयाल मिश्र, शान्ति ढकाल र दिपा शर्मा छन् । 

paribartan 1

विहान ९ बजेदेखि ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएकोमा सबै पदहरुमा एकल उम्मेदवारी हुन नसक्दा फेरि एक घण्टा थपेर मध्यान्ह १२ बजेसम्म लम्ब्याइयो । यो अवधिमा पनि सहमति जुट्न नसकेपछि फेरि एक घण्टा उम्मेदवारी फिर्ताको लागि समय बढाइएको छ । तर, अहिलेसम्म सहमतिको छाँट देखिएको छैन ।

एमाले स्रोतका अनुसार एक एक घण्टा समय बढाएर आज दिनभर सहमतिको प्रयास गरिनेछ । आज पनि सहमति नभएमा भोली निर्वाचन हुने सम्भावना छ । उपाध्यक्षमा उम्मेदवारी दिएका घननाथ खनालले हिजै उम्मेदवारी फिर्ता लिएका कारण उपाध्यक्षमा प्रस्तावित डिल्ली विसी निर्विरोध भइसकेका छन् । अन्य पदहरुमा भने दुई भन्दा बढी उम्मेदवारी परेको छ ।

अध्यक्ष मण्डलका अध्यक्ष तथा बाँके जिल्ला इन्चार्ज सूर्य ढकालले अध्यक्षमा किष्मतकुमार कक्षपति, उपाध्यक्षमा डिल्ली विसी, सचिवमा रत्न खत्री तथा उपसचिवमा दिपक बर्मा र भूमिसरा धितालको नाम प्रस्ताब गरेका थिए । तर, उनले प्रस्ताव गरेको नामहरुमा असहमति जनाउँदै अध्यक्षमा निरक गुरुङ र अशोक कर्माचार्य, उपाध्यक्षमा घननाथ खनाल, सचिवमा बलराम भट्टराई र भिम ओली तथा सहसचिवमा अछरी पोखरेल, मनोज बर्मा र तुलसीराम थारुले पनि उम्मेदवारी दर्ता गराएका छन् । सदस्यहरुमा पनि प्रस्तावित बाहेकका आकांक्षीहरुले पनि मनोनयन दर्ता गराएका छन् ।

तर, उपाध्यक्षमा उम्मेदवारी दिएका खनाल र उपसचिवमा उम्मेदवारी दिएकी पोखरेलले उम्मेदवारी फिर्ता लिइसकेका छन् । 


प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १२:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP