prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टीमा 'वर्किङ कल्चर'को विकास गरौं : सहमहामन्त्री राठौर
पार्टीमा 'वर्किङ कल्चर'को विकास गरौं : सहमहामन्त्री राठौर
banijya office RSG-2
'वडा जिताउन नसक्नेका कुरा म सुन्दिनँ'
बागेश्वरी पोस्ट
सोमबार, पुस २६, २०७८ बागेश्वरी पोस्ट
पार्टीमा 'वर्किङ कल्चर'को विकास गरौं : सहमहामन्त्री राठौर

चिसापानी (बाँके) । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीलाई मजबुत बनाउनतर्फ लाग्न आह्वान गरेका छन् । संगठन बनाउने अभियानमा लाग्न उनले आह्वान गरे ।

बैजनाथ गाउँपालिका कांग्रेसले १४औं महाधिवेशनबाट नवनिर्वाचित सहमहामन्त्री र केन्द्रीय सदस्यहरुलाई स्वागत, सम्मान तथा बधाई दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, "जो काम गर्न चाहनुहुन्छ, म अवसर दिन तयार छु," उनले थपे-"अवसरका लागि मरिहत्ते गर्ने तर वैठकमै नआउने प्रवृत्ति आजकै दिनदेखि त्याग्नुस् ।" 

पार्टीमा 'वर्किङ कल्चर' (काम गर्ने संस्कार) को विकास हुन जरुरी रहेको राठौरले बताए । "जसले बाँके र बर्दियामा वडा जिताउन सक्दैन, उसका कुरा म सुन्नेवाला छैन," उनले भने-"आजैदेखि आ-आफ्नो वडा जिताउन लाग्नुस्, पार्टीलाई चलायमान बनाउनतर्फ जुट्नुस् ।"

नेपाली कांग्रेसले ल्याएका नीतिका कारण मुलुकमा विकासले गति लिएको भन्दै उनले स्वास्थ्य, शिक्षा, संचार, सहकारी लगायतका नीतिका कारण मुलुकले विकासको कोर्स पकडेको बताए । सहमहामन्त्री राठौरले पूर्वाधार विकास र सामाजिक परिवर्तनका क्षेत्रमा थुप्रै काम कांग्रेसले गरेको बताए । 

No description available.

केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले संगठनलाई मजबुत बनाउनतर्फ लाग्न सबै नेता कार्यकर्तालाई आग्रह गरे । उनले कार्यकर्ताहरुलाई हतोत्साही नभएर संगठन निर्माणमा लाग्न आह्वान गरे ।

अर्का केन्द्रीय सदस्य जावेदा खातुन जागाले आउँदै गरेका तीनै तहका निर्वाचनमा कांग्रेसलाई जिताउनुपर्ने दायित्व सबै नेता कार्यकर्ताहरुको काँधमा आएको बताइन् । उनले अब एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइन् । कांग्रेसप्रति जनताको आशा भरोसा बढेको भन्दै उनले कांग्रेस सबैको मन जितेर अघि बढ्ने बताइन् । 

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद मो. याकुब अन्सारी, संविधानसभा सदस्य बादशाह कुर्मी, आशा विक, बाँके कांग्रेसका पूर्व सभापति तथा राष्ट्रिय सभाका उम्मेदवार युवराज शर्मा, जिल्ला सचिव कपिलदेव शर्मा, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ, क्षेत्र नम्बर ३ का महाधिवेशन प्रतिनिधिहरु देव बहादुर खत्री, प्रकाश बहादुर शाही र भावना थारुले पनि मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको सभापतित्व बैजनाथ गाउँपालिका सभापति देव बहादुर केसीले गरेका थिए । त्यस क्रममा विभिन्न पार्टी परित्याग गरी ठूलो संख्यामा नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।


प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १७:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP