नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, कात्तिक २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पश्चिम नेपालका थारु गाउँमा माघीको रौनक
पश्चिम नेपालका थारु गाउँमा माघीको रौनक
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस ३०, २०७८ बागेश्वरी पोस्ट
पश्चिम नेपालका थारु गाउँमा माघीको रौनक

नेपालगञ्ज । पश्चिम नेपालका थारु गाउँमा माघीको रौनक छाएको छ । नयाँ बर्षका रुपमा माघ एक गते अर्थात् भोली माघी मनाउने परम्परा भए पनि त्यसको रौनकताले अहिल्यैदेखि गाउँघर ढाकेको हो ।

बाँके, बर्दिया, दाङ्ग,, कैलाली, कञ्चनपुर लगायतका थारु गाउँहरुमा गीत÷संगीतले माहोल फेरिएको छ । थारु गाउँहरुमा मादलुको धुनसँगै ‘सखिए’को मधुर स्वर गुञ्जिन थालेका छन् । परम्परागत भेषभूषामा सजिएका थारु युवतीहरु नाँचगानमा व्यस्त छन् । आज सँगुर काटेर रातभर रमाइलो गर्दै विभिन्न परिकार खाँदै थारुहरु रमाउने गर्दछन् ।

घरकै अन्न प्रयोग गरी जाँड, ढिक्री, अन्दी रोटी, अन्दी भात तयार गर्न थारु महिलाको व्यस्त भएका छन् । यसरी तयार पारिने खानाका परिकारको सामूहिकरुपमा खानपिन गरी टोलटोलमा रमाइलो गर्ने चलन थारु समुदायमा रहेको छ । थारुहरु माघको पहिलो हप्ताभरि नै माघी मनाउँछन् ।

माघीमा घरमूलीबाट बर्षभरीको आय–व्यय विवरण प्रस्तुत गर्ने र नयाँ योजना बनाउने गरिन्छ । गाउँ रेखदेख गर्ने चौकीदार, गाउँका अगुवा, चिराकिया, गुरुवा आदिको चयन पनि यसैबेला गरिन्छ । माघी थारु जातिमा मात्र होइन अन्य समुदायमा पनि विशेष महत्वका साथ मनाइन्छ । माघीमा तिलको लड्डु, भुजा, तरुल, गन्जी खाने चलन छ । 

तर, कोरोना संक्रमण बढ्दै गएका कारण माघीका अवसरमा आयोजना गरिने मेला, महोत्सब र भिडभाड भने यस बर्ष नहुने भएका छन् । 


प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  ०९:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आइतबार नेपालगञ्जमा किसानको जुलुस प्रदर्शन
आइतबार नेपालगञ्जमा किसानको जुलुस प्रदर्शन
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
जिल्ला प्रशासन कार्यालय बाँकेमा राहदानी सेवा सुचारु
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नेपालगञ्ज कारागारमा क्षमता भन्दा दोब्बर कैदीबन्दी
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP