नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • औषधि व्यवस्था विभागमा रमिता: दुई जनाको महानिर्देशकमा हाजिरी
औषधि व्यवस्था विभागमा रमिता: दुई जनाको महानिर्देशकमा हाजिरी
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ ३, २०७८ बागेश्वरी पोस्ट
औषधि व्यवस्था विभागमा रमिता: दुई जनाको महानिर्देशकमा हाजिरी

नेपालगन्ज । कोरोना भाइरसको तेस्रो लहर चलिरहँदा मुलुकभर औषधि व्यवस्थापनको जिम्मेवारी लिएको औषधि व्यवस्था विभाग भने रमिते अवस्थामा छ । अहिले विभागमा दुई जना व्यक्तिले आफू प्रमुख भएको दाबी गरेका छन् । दुई जनाको पद एउटै छ । अर्थात् दुवै जनाले आफू विभागको महानिर्देशक भएको दाबी गर्छन्। दुवै जना विभागमा आउँछन् । हाजिरी गर्छन् । जान्छन् । 

अन्य कर्मचारीहरु भने हेरेको हेर्यै छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै यस्तो रमिते सिर्जना गरेको हो । यसको व्यवस्थापन गर्न मन्त्रालयले चासो देखाएको छैन । विभागमा अहिले नारायण ढकाल र भरत भट्टराई दुवैले आफू विभागको महानिर्देशक भएको दाबी गर्दै आएका छन् । दुवैै जना दिनहुँजसो विभागमा जाने गर्छन् र हाजिरी गर्छन् । 

ढकाल आफूमाथि अन्याय परेको बताउँछन् । अर्का महानिर्देशक भट्टराई भने मन्त्रालयले आफूलाई विभागको महानिर्देशकमा खटाएको भन्दै वास्तविक महानिर्देशक आफू भएको दाबी गर्छन् ।

अब ४ महिना पहिलेतर्फ जाऔं । भदौ १७ गते मन्त्रालयले ढकाललाई विभागको महानिर्देशक पदमा सरुवा गर्यो । विभाग मातहतकै राष्ट्रिय प्रयोगशालामा भट्टराइलाई पठायो । भट्टराईभन्दा ढकाल वरिष्ठ मानिन्छन् । २ महिनाअघि भट्टराई ११ औं तहमा बढुवा भए । 

११ औं तहमा बढुवा भए पनि भट्टराई भन्दा ढकाल वरिष्ठ मानिन्छन् । मन्त्रालयले यही  पुस २७ गते भट्टराइलाई विभागको महानिर्देशक र ढकाललाई विभागको मातहतमा रहेको राष्ट्रिय औषधि प्रयोग शालाको प्रमुख पदमा सरुवा गर्यो ।यसमा ढकाल पक्षको दुई वटा तर्क छ, पहिलो तर्क हो, ४ महिनामै विभागबाट अन्य कार्यालयमा सरुवा गर्नु अन्याय हो । दोश्रो तर्क हो आफूभन्दा कनिष्ठ कर्मचारीलाई आफूभन्दा माथि राखेर कनिष्टको मातहतमा सरुवा गरियो भन्ने तर्क छ । 

विभागको मातहतमा प्रयोगशाला भएको प्रयोगशाला प्रमुख विभाग मातहतमा रहने ढकाल पक्षको तर्क छ । निजामती सेवा ऐनमा कनिष्ट कर्मचारीको मातहतमा वरिष्ठ राख्न नपाउने ब्यवस्था गरिएको छ । यही तर्क ढकाल पक्षले गरेको छ ।

यता भट्टराई पक्षको तर्क छ, सरकारले जहाँ खटाएको ठाउँमा जानु पर्छ । सरकारले  खटाएको ठाउँमा हाजिरी गर्न नगई ढकालले मन्त्रालयको निर्देशन उल्लंघन भट्टराई पक्षको आरोप छ । 

भट्टराईलाई बस्ने कोठा उपलब्ध गराइएको छैन । अहिले उनी विभागमा गइ हाजिरी गर्न र दिउँसोभर प्रयोगशालामा गइ बस्ने गर्छन् । ढकालले भने महानिर्देशकको कोठा छाडेका छैनन्। हाम्राकुराबाट


प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  ०८:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP