prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय चुनावको तयारीमा जुट्नुस्ः सहमहामन्त्री राठौर
स्थानीय चुनावको तयारीमा जुट्नुस्ः सहमहामन्त्री राठौर
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ १८, २०७८ बागेश्वरी पोस्ट
स्थानीय चुनावको तयारीमा जुट्नुस्ः सहमहामन्त्री राठौर

नेपालगञ्ज । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले स्थानीय तहको चुनावको तयारीमा जुट्न आह्वान गरेका छन् । नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ को कार्यालय उद्घाटन गर्दै राठौरले जेठमा गर्ने तयारी गरिएको स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउन टोलटोलमा प्रतिबद्ध भएर लाग्न आग्रह गरे ।

paribartan 1

१४औं महाधिवेशनबाट विधानमा टोल कार्यसमिति गठन गर्ने प्रावधान राखिएको बताउँदै उनले टोलटोलमा धमाधम कार्यसमिति गठन गर्दै पार्टीको माहोल बनाउन निर्देशन दिए । वडा कार्यालय स्थापना गरेकोमा खुसी लागेको भन्दै उनले ६ नम्बर वडा आफ्नो वडा पनि भएकाले संगठन राम्रो होस् भन्ने आफ्नो चाहना रहेको बताए । "टोल कार्यसमिति गठन गर्दै कसरी कांग्रेसलाई मजबुत गर्न सकिन्छ, त्यतातिर लाग्नुस्," उनले भने ।

No description available.

सहमहामन्त्री राठौरले कांग्रेसले नै देशको विकास गरेको जिकिर गर्दै भने, "देशमा जति पनि विकास भएको छ, त्यो नेपाली कांग्रेसले गरेको हो । पूर्व पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइराला यही क्षेत्रबाट चुनाव जितेर जानुभयो, अहिले बाटाघाटा कसरी बनेका छन्, तपाईंहरुले देख्नुभएकै छ, विकास कांग्रेसले नै गर्छ ।"

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले टोल समिति विस्तार गर्नतर्फ लाग्न आग्रह गरे । टोल टोलमा कांग्रेसको संगठन बनाउन लागे मात्रै कांग्रेसले सफलता हासिल गर्ने बताउँदै उनले मजबुत कांग्रेस निर्माणमा जुट्न आग्रह गरे । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता र नगर सभापति प्रशान्त विष्टले वडा नम्बर ६ मा एमालेको किल्ला तोड्दै कांग्रेसलाई जिताउने वातावरण बनाउन प्रत्येक क्रियाशील सदस्य कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु राजकुमार बर्मा, माया पुन, प्रदेश २ ख का सभापति जितेन्द्र हमाल लगायत नेता कार्यकर्ताको उपस्थिति थियो । वडा सभापति जमालुद्दिन वागवानको सभापतित्वमा भएको कार्यक्रममा तरुण दल बाँकेका उपाध्यक्ष मनिषराज रेग्मीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव दिलिप रेग्मीले गरेका थिए । वडा नम्बर ६ को पार्टी कार्यालय फूल्टेक्रा चोकमा स्थापना गरिएको वडा उपसभापति भुषण झाले जानकारी दिए । 


प्रकाशित मिति: मंगलबार, माघ १८, २०७८  १८:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP