prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • वैशाख २ मा स्थानीय चुनावको उम्मेदवारी दर्ता तयारी
वैशाख २ मा स्थानीय चुनावको उम्मेदवारी दर्ता तयारी
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ २६, २०७८ बागेश्वरी पोस्ट
वैशाख २ मा स्थानीय चुनावको उम्मेदवारी दर्ता तयारी

काठमाण्डौ । निर्वाचन आयोगले आगामी वैशाख २ मा उम्मेदवारी दर्ता गर्ने गरी स्थानीय चुनावको आन्तरिक कार्ययोजना बनाएको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ता भने चैत ६ देखि खुलाउने तयारी छ । दल दर्ता सकिएपछि आचारसंहिता लागू हुनेछ । ‘यो सम्भावित खाका हो, फेरबदल हुन सक्छ,’ एक आयुक्तले भने । 

आयोगको प्रारम्भिक खाका अनुसार वैशाख १४ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । निर्वाचनको पहिलो प्रक्रियाका रूपमा मतदाता नामावली सार्वजनिक गर्नुपर्छ । आयोगले मतदाताको विवरण तयार गरिसकेको छैन । २०७७ पुस ५ सम्म १८ वर्ष पूरा भएका मतदाता १ करोड ६२ लाख ४३ हजार १ सय १० जना थिए । यसमा महिला ८० लाख ३० हजार ९ सय ८४ र पुरुष ८२ लाख ११ हजार ९ सय ५४ र तेस्रो लिंगी १ सय ७२ जना थिए । त्यसयता पनि मतदाता थपिएका छन् । ‘अन्तिम मतदाता नामावली सार्वजनिक हुन कम्तीमा ३५ दिन लाग्न सक्छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ।

आयोगले तयार गरेको नामावली वडा तहसम्मबाट रुजु भएपछि मात्रै सार्वजनिक गरिन्छ । आयोगले स्थानीय तहको निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुने अनुमान गरेको छ । २०७४ को स्थानीय चुनावमा १ करोड ४० लाख ७४ हजार ४ सय २४ मतदाता थिए । निर्वाचन हुन ९४ दिन मात्रै छ ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले स्थानीय निर्वाचन सम्बन्धि नियमावली, निर्देशिका, कार्यविधिमा संशोधन गर्नुपर्ने प्रावधान पहिचान गर्न, कर्मचारी व्यवस्थापन गर्न, बजेट तर्जुमा लगायतको काम गर्न छुट्टाछुट्टै कार्यदल बनेको जानकारी दिए । ‘आन्तरिक कार्यतालिका बनाइरहेका छौं । मतदाता नामावली संकलन स्थगन गर्‍यौं । अहिले प्रशोधनमा लागेका छौं,’ उनले भने ।

निर्वाचनमा लाग्ने खर्चको योजना बनाउन खटिएको टोलीले एक सातामा शीर्षकअनुसार अनुमानित खर्चको विवरण तय गर्नेछ । निर्वाचनमा आवश्यक जनशक्ति पहिचान गर्न अर्को कार्यदल सक्रिय भएको छ । ११ हजार ७ सय ८२ मतदान स्थल, ७ सय ५३ निर्वाचन कार्यालय, ७७ वटा जिल्ला निर्वाचन कार्यालयमा खटिने कर्मचारीको गरेर बजेट तर्जुमा हुने आयोगले जनाएको छ । कोराना संक्रमणको जोखिम पनि भएकाले हरेक निर्वाचन स्थलमा एक जना स्वास्थ्यकर्मी परिचालन गर्न लागेको छ । जनशक्ति परिचालनका विषयमा कार्यदलले ३ दिनभित्र सिफारिस गर्ने र त्यही आधारमा निर्देशिका बनाइने आयोगले जनाएको छ । २०७४ को स्थानीय चुनावमा १० हजार ६ सय ४२ मतदान स्थलमा १८ हजार ५ सय ७३ वटा मतदान केन्द्र निर्धारण गरिएको थियो ।

आयोगले स्रोतसाधनको खोजी गर्न दातालाई गुहार्न थालेको छ । एक साताभित्र बैठक राखेर सम्भावित विकास साझेदार संस्थालाई सहयोग माग्ने योजना बनाइएको आयोगले जनाएको छ । दातासँग समन्वय गर्न एक उपसचिवलाई जिम्मेवारी दिइएको छ । उनले दाताको सूची बनाएर समन्वय सुरु गरिसकेका छन् । अर्थ मन्त्रालयले अन्यत्र खर्च नभएको बजेट तानेर भए पनि निर्वाचनका लागि दिने बताइसकेको छ । इकान्तिपुर


प्रकाशित मिति: बुधबार, माघ २६, २०७८  ०९:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP