prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सेलाउँदै-तात्दै बाँके कांग्रेस, फेरि बढ्यो सरगर्मी
सेलाउँदै-तात्दै बाँके कांग्रेस, फेरि बढ्यो सरगर्मी
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, माघ २९, २०७८ बागेश्वरी पोस्ट
सेलाउँदै-तात्दै बाँके कांग्रेस, फेरि बढ्यो सरगर्मी

नेपालगञ्ज । बाँके कांग्रेस फेरि तातेको छ । विभिन्न कारणले अधिवेशन सर्दै जाँदा सेलाउँदै-तात्दै आएको बाँके कांग्रेस अधिवेशनको नयाँ मिति तोकिएसंगै फेरि गर्माएको हो । बाँकेसहित जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन यही फागुन १३ गते तोकिएपछि चुनावी सरगर्मी फेरि बढेको हो ।

नयाँ नेतृत्व चुन्ने अधिवेशनको व्यग्र प्रतिक्षामा रहेका कांग्रेस नेता कार्यकर्ता उम्मेदवारहरुको चर्चा परिचर्चा र चुनावी अंकगणितको विश्लेषणमा घोत्लिन थालेका छन् । अब कस्तो नेतृत्व आउने हो, कुन पदमा को-को उम्मेदवार बन्ने सम्भावना छ, कसको अवस्था के छ अनि कसले बाजी मार्ला....? यस्तै गन्थन मन्थन आम नेता कार्यकर्ताका बीचमा अब बढ्दै गएका छन् । केन्द्रीय पार्टी राजनीतिको सीधा असर जिल्ला जिल्लामा पनि पर्छ । त्यसकै बाछिता बाँकेमा पर्ने निश्चित छ । त्यसै अनुरुप उम्मेदवारहरुको तय भइरहेको छ ।

केन्द्रीय सभापति शेरबहादुर देउबा (संस्थापन) पक्षधर एकातिर र डा.शेखर कोइराला (संस्थापन इतर) पक्षधर अर्कोतिर भएर चुनावी मोर्चामा जाने करिब निश्चित छ । तर, संस्थापन समूह भने सुरुदेखि नै उम्मेवार टुंगो लगाउन नसकेर सकसमा छ । सभापतिमा आकांक्षी धेरै हुँदा यसअघि अधिवेशन तोकिएर अन्तिम अवस्थासम्म पुग्दा (पछि अधिवेशन स्थगित भएको ) पनि उम्मेदवारको टुंगो लाग्न सकेको थिएन ।

तर, इतर समूह भने नेता नारायणप्रसाद गौडेलको नेतृत्वमा पदाधिकारी उम्मेदवारहरुको औपचारिक घोषणासहित मैदानमा उत्रिसकेको थियो । अहिले नयाँ मिति तोकिएसंगै गौडेल समूहले फेरि चुनावी प्रचारप्रसारको गति बढाइसकेको छ । अर्को समूह भने उम्मेदवार टुंगो लगाउने कसरतमै छ । सभापतिको उम्मेदवारको टुंगो नलाग्दा अन्य उम्मेदवारहरु पनि अन्यौलमै छन् ।

सभापतिमा बादशाह कुर्मी, सुरेन्द्र हमाल, सुनिल नरसिंह राणा, निरञ्जनसिंह सिजापति, राजकुमार बर्मा र लक्ष्मीनारायण शाहले दाबी गरेका छन् । आकांक्षी धेरै भएकाले सभापतिमा यो समूहबाट एक भन्दा धेरै उम्मेदवार हुने सम्भावना पनि देख्छन्, कांग्रेस नेता कार्यकर्ताहरु । सभापति नटुंगिदासम्म अन्य पदमा को-को उम्मेदवार बन्छन्, अझै टुंगो छैन ।

गौडेल समूहबाट उपसभापतिमा गोपाल प्रसाद अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंक प्रसाद काफ्ले (आशिष) तथा सहसचिवमा रेणु सिंह ठाकुर र विश्वराज लम्साल उम्मेदवार हुन् । उनीहरु प्रचारप्रसारमा जुटिरहेका छन् ।

संस्थापनबाट उपसभापतिमा रविन्द्र हमाल, सुरेन्द्रनाथ सापकोटा, सचिवमा निम बहादुर चलाउने (निरज), मेघराज ओली, रुद्र बहादुर वली तथा सहसचिवमा पुरनसिंह ठकुरी लगायतले उम्मेदवारी दिने बताउँदै आएका छन् । तर, को-को टिमको आधिकारिक उम्मेदवार बन्ने हुन् त्यो भने  हेर्न बाँकी छ ।  


प्रकाशित मिति: शनिबार, माघ २९, २०७८  २०:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP