prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेस अधिवेशनः 'क्लिन फिगर' बेगर छैन चुनावी चटारो 'क्लाइमेक्समा'
बाँके कांग्रेस अधिवेशनः 'क्लिन फिगर' बेगर छैन चुनावी चटारो 'क्लाइमेक्समा'
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ३, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेस अधिवेशनः 'क्लिन फिगर' बेगर छैन चुनावी चटारो 'क्लाइमेक्समा'

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशन नजिकै आइसक्दा पनि उम्मेदवारहरुको 'क्लिन फिगर' बाहिर नआउँदा चुनावी चटारो 'क्लाइमेक्स'मा पुग्न सकिरहेको छैन । फागुन १३ गतेका लागि तय भएको निर्वाचन आउन अब १० दिन मात्र बाँकी छ । एउटा पक्ष उम्मेदवारहरुको दलबलसहित मतदाता भेट्न घरदैलोमा व्यस्त रहँदा अर्को पक्ष भने उम्मेदवारको टुंगो लगाउन नसक्दा अन्योलग्रस्त देखिन्छ ।

संस्थापइतर पक्षका मानिने नारायणप्रसाद गौडेल आफ्नो नेतृत्वको टिमका साथ घरदैलोमा पुगिरहेका छन्, क्षेत्रीय प्रतिनिधिलाई भेटेर जिताउन आग्रह गरिरहेका छन् । गौडेल नेतृत्वको टिम पुसको मध्यदेखि नै अविछिन्न प्रचारप्रसारमै छ ।

No description available.तर, संस्थापन पक्षका उम्मेदवारहरुको टुंगो नलाग्दा चिया गफमा अनुमान गर्नु बाहेक अर्को थोक हुन सकेको छैन । संस्थापन पक्षका एक नेताले ५ गतेसम्ममा सभापतिसहित सबै उम्मेदवारको टुंगो लाग्ने दाबी गरेका छन् । तर, सभापतिमा आकांक्षीको लर्को रहेकाले उम्मेदवारीको विषय फलामको चिउरा चपाउनु सरह भएको कार्यकताहरु बताउँछन् । आफ्नो समूहबाट ठोस निर्णय हुन नसक्दा आकांक्षहरुले खुलेर भोट माग्न सकिरहेका छैनन् ।

एक जना नेताले भने-"कतिपयलाई आज प्रचार गरौं, भोली टिकट नपाइने हो कि, टिममा नपरिने पो हो कि भन्ने चिन्ता छ, अर्कोतर्फ चुप लागेर बस्दा आफ्नो प्रचारप्रसार नपुग्ने हो कि भन्ने भय पनि छ ।" सभापतिकै टुंगो नलाग्दा अन्य पदका आकांक्षीहरु पनि खुलेर आउन सकेका छैनन् । यद्यपी व्यक्तिगत ढंगले आफ्नो उम्मेदवारी भने प्रकट गरिरहेकै छन् । संस्थापन इतरका सभापतिका उम्मेदवार गौडेलको प्यानलबाट उपसभापतिमा गोपाल प्रसाद अधिकारी र राजकुमार मौर्य, सचिव सुधांशु कोइराला र टंकप्रसाद काफ्ले (आशिष) तथा सहसचिवमा रेणु सिंह ठाकुर र विश्वराज लम्साल उम्मेदवार छन् ।

No description available.

तर, संस्थापन पक्षको टुंगो छैन । बादशाह कुर्मी, सुरेन्द्र हमाल, सुनिलनरसिंह राणा, निरञ्जनसिंह सिजापति, राजकुमार बर्मा र लक्ष्मीनारायण शाह सभापतिको दौडमा छन् । यद्यपी यी मध्ये कुर्मीको सम्भावना बलियो भएको बताइन्छ । तर, सहमति नभए यो समूहबाट सभापतिमा कम्तीमा तीन जना उम्मेदवार हुने सम्भावना पनि उत्तिकै रहेको नेताहरु बताउँछन् । उपसभापतिमा अहिलेसम्म सुरेन्द्रनाथ सापकोटाले उम्मेदवारी घोषणा गरेका छन् । उनी बाहेक रविन्द्र हमालको पनि चर्चा छ । सचिवमा निम बहादुर चलाउने (निरज) ले उम्मेदवारी घोषणा गरेका छन् । उनी बाहेक मेघराज ओली, रुद्र बहादुर ओली पनि सचिवका आकांक्षी हुन् । सहसचिवमा पुरनसिंह ठकुरीले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

No description available.

गौडेल समूहका सदस्यका उम्मेदवार पनि मतदाता भेट्न व्यस्त छन् । तर, संस्थापनका आकांक्षीले व्यक्तिगत ढंगले प्रचार थालेपनि टिममा परिने हो कि होइन भन्ने सन्देहका कारण प्रबल ढंगले मुखरित हुन सकेका छैनन् ।


प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP