नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • खजुरा बन्यो बाँकेको तेस्रो बालविवाह मुक्त पालिका
खजुरा बन्यो बाँकेको तेस्रो बालविवाह मुक्त पालिका
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन ३, २०७८ बागेश्वरी पोस्ट
खजुरा बन्यो बाँकेको तेस्रो बालविवाह मुक्त पालिका

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकालाई बालविवाह मुक्त गाउँपालिका घोषणा गरिएको छ । बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार गाउँपालिकाका सबै वडालाई बालविवाह मुक्त घोषणा गरे पश्चात् खजुरा गाउँपालिकालाई नै बालविवाह मुक्त घोषणा गरिएको हो  ।

गाउँपालिकामा २० प्रतिशत भन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान अनुसार खजुरा गाउँपालिकालाई बालविबाह मुक्त पालिका घोषणा गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपतिले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष कक्षपतिले गाउँपालिकालाई बाँके जिल्लाकै  तेस्रो बालविवाह मुक्त गाउँपालिका घोषणा गर्न सकेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर रुपमा अभियानलाई अघि बढाउँदै बालविवाहलाई शून्य अवस्थामा झार्न सबै सरोकारवाला निकायलाई अनुरोध गरे । बालविवाह मुक्त गाउँपालिका घोषणासभामा जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले खजुरा गाउँपालिका बालविवाह मुक्त घोषणा भएको प्रमाणपत्र अध्यक्ष कक्षपतिलाई प्रदान गरेका थिए ।

घोषणासभालाई सम्बोधन गर्दै जिल्ला समन्वय समितिका संयोजक श्रीवास्तवले बालविवाह मुक्त गाउँपालिका घोषणा हुन सफल भएकोमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र साझेदार गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुप्रति आभार प्रकट गरे । उनले यही फागुन अन्त्यसम्ममा जिल्लालाई बालविवाह मुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको बताउँदै यो अभियानलाई सफल बनाउन स्थानीय तह, सरोकारवाला निकाय र गैरसरकारी संघ-संस्थाहरुको पनि उत्तिकै भूमिका रहने उल्लेख गरे ।

बालविवाह मुक्त पालिका घोषणासभाका प्रमुख अतिथि लुम्विनी प्रदेशसभा सदस्य बाबुराम गौतम, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री लगायतले शुभकामना व्यक्त गरेका थिए ।  खजुरा गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्न स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजना मार्फत् साझेदारी गर्दै आएको जानकारी गराउँदै बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका अनुसार वडामा २० प्रतिशत भन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको स्याकका अध्यक्ष शिवलाल पाण्डेले जानकारी दिए ।

बाँके जिल्लामा यसअघि जानकी र बैजनाथ गाउँपालिका बालविवाहमुक्त घोषणा भइसकेको बताउँदै नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका पनि घोषणाको तयारीमा रहेको स्याकका अध्यक्ष पाण्डेले बताए । बाँकेका ८१ वडा मध्ये हालसम्म ४३ वडा बालविवाहमुक्त घोषणा भइसकेका छन् । 


प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  २०:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP