prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टी परित्याग गर्ने होडबाजीमा लुम्बिनी प्रदेशका जनप्रतिनिधि
पार्टी परित्याग गर्ने होडबाजीमा लुम्बिनी प्रदेशका जनप्रतिनिधि
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन ५, २०७८ बागेश्वरी पोस्ट
पार्टी परित्याग गर्ने होडबाजीमा लुम्बिनी प्रदेशका जनप्रतिनिधि

नेपालगन्ज । देशभरका जनप्रतिनिधिहरु मध्ये लुम्बिनी प्रदेशका जनप्रतिनिधिहरु पार्टी परित्याग गर्नेमा होडबाजी नै चलेको छ ।

आगामी स्थानीय तहको निर्वाचन आउन तीन महिना पनि बाँकी छैन । चुनावी गतिविधि बढ्न थालेको छ । विशेषगरी ग्रामीण क्षेत्रमा भेला, कार्यक्रम आयोजना हुने र अवसरका लागि वर्षौंदेखि योगदान दिँदै आएका पार्टीलाई परित्याग गर्दै अर्को पार्टीमा प्रवेश गर्न रुपन्देहीका जनप्रतिनिधिहरुको होडबाजी नै चलेको छ ।ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) तत्कालीन भूमिगत पार्टी माओवादीका पूर्व जनमुक्ति सेना हुन् । सत्ता परिवर्तन र नीति बदल्ने संकल्प लिएर राइफल बोकेर जीवन बाजीमा राखेर युद्ध लडेका राहुल अन्ततः उक्त पार्टी छोडेर एमालेमा प्रवेश गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भइ ओमसतिया गाउँपालिका अध्यक्ष बनेका राहुलको एकाएकको पार्टी परित्यागले स्थानीयवासीमा अनेक शंका पैदा गरेको छ । जनतामुखी राजनीतिभन्दा अवसरमुखी राजनीति गरेको स्थानीयको भनाइ छ । रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरम, नेपालबाट पालिका प्रमुखमा निर्वाचित भएका व्यक्ति हुन् । उनले पनि आफ्नो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै जनप्रतिनिधिहरुलाई अवसर सुरक्षितका लागि पार्टी परित्याग गर्ने हतारमा व्यस्त छन् । तर, निर्वाचनको बेला चल्ने यो क्रम भने पुरानै मानिन्छ । 

नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले सोमबार रोहिणी गाउँपालिका ३ धकधईमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा एमालेमा प्रवेश गरेका हुन् ।

त्यस्तै ओमसतिया गाउँपालिका उपाध्यक्ष सुन्दरमतीकुमारी हरिजन, माओवादी केन्द्र रोहिणीका अध्यक्ष प्रदीपकुमार पाण्डेय, ओमसतियाका अध्यक्ष गोविन्द केवट पनि एमालेमा प्रवेश गरेका छन्  । अवसरकै लागि पार्टी प्रवेश गरेका अर्का एक पात्र हुन्- कपिलवस्तुको कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप शाह । 

माघ २२ गते कपिलवस्तुको कृष्णनगरमा आयोजित कार्यक्रममा शाहले नेपाली कांँग्रेस पार्टीमा प्रवेश गरेका हुन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा फोरमबाट उम्मेदवारी नपाएपछि स्वतन्त्रबाट उठेर विजयी भएका शाहले जसपा, नेकपा तथा एमालेमा आफ्नो स्थान पक्का गर्न निकै प्रयास गरे पनि । तर अन्ततः काँग्रेसमा छिरे । 

लुम्बिनी सांँस्कृतिक नगरपालिकाका नगरप्रमुख मनमोहन चौधरी पनि जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । स्वतन्त्र उम्मेदवारबाट अघिल्लो निर्वाचनमा नगरप्रमुख बनेका चौधरीले अवसर प्राप्तिका लागि जसपामा प्रवेश गरेको बताइएको छ ।

अर्घाखाँचीको पाणिनीकी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम पनि पुस १९ गते दुर्गाफाँटमा आयोजित कार्यक्रममा नेपाली कांँग्रेसमा प्रवेश गरिन् । नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी उनी पछिल्लो पटक एकीकृत समाजवादी पार्टीमा थिइन् । 

रुपन्देहीकै सम्मरीमाई गाउँपालिका अध्यक्ष  जितेन्द्रनाथ शुक्ला माओवादी प्रवेश गरेका छन् । गत निर्वाचनमा फोरमबाट जितेका उनी अहिले आफ्नो टिकट सुरक्षित बनाउन पार्टी परित्याग गरेको टिप्पणी हुन थालेको छ । हाम्राकुराबाट


प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८  १२:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP