prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेसको सभापतिमा संस्थापनबाट तीन जना उम्मेदवार !
बाँके कांग्रेसको सभापतिमा संस्थापनबाट तीन जना उम्मेदवार !
banijya office RSG-2
अन्य पदमा एउटै प्यानल बनाउने तयारी
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन ६, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेसको सभापतिमा संस्थापनबाट तीन जना उम्मेदवार !

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापतिमा संस्थापन समूहबाट कम्तीमा तीन जना उम्मेदवार हुने सम्भावना बढेको छ । संस्थापन निकट नेताहरुका अनुसार सभापतिका दाबेदारहरुले एकले अर्कालाई छोड्न नमानेपछि कम्तीमा तीन जना उम्मेदवार हुने सम्भावना बढेको हो ।

सभापतिमा एक भन्दा बढीले प्रतिष्पर्धा गरेपनि पदाधिकारी र सदस्यहरुमा भने संस्थापनबाट एउटै प्यानल बनाउने प्रयास भइरहेको एक नेताले बताए । उनका अनुसार सुरेन्द्र हमाल, बादशाह कुर्मी र निरञ्जनसिंह सिजापतिले सभापतिमा उम्मेदवारी दिने सम्भावना बढी छ । दुई उपसभापति, दुई सचिव र दुई सहसचिव तथा सदस्यहरुमा भने यो समूहबाट एउटै प्यानल बनाउने पर्यत्न भइरहेको छ । यद्यपी सभापतिको पनि एउटै उम्मेदवार बनाउन अन्तिमसम्म कोशिस जारी रहने नेताहरुले बताएका छन् । 

सभापतिमा धेरै उम्मेदवार भए पहिलो चरणमा परिणाम निस्कने सम्भावना निकै न्यून हुनेछ किनकी सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशत बढी मत ल्याउनुपर्ने विधानमा व्यवस्था छ । ५० प्रतिशत बढी मत नआए धेरै मत ल्याउने दुई जनाबीच प्रतिष्पर्धा हुनेछ ।  

संस्थापन इतरबाट भने नारायणप्रसाद गौडेल समूह डेढ महिना अघिदेखि प्यानल नै घोषणा गरेर प्रचारप्रसारमा छ । सभापातिका उम्मेदवार गौडेल समूहबाट उपसभापति गोपालप्रसाद अधिकारी र राजकुमार मौर्य, सचिव सुधांशु कोइराला र टंकप्रसाद काफ्ले (आशिष) तथा सहसचिवमा विश्वराज लम्साल र रेणु सिंह ठाकुर उम्मेदवार बन्दैछन् ।

No description available.

संस्थापनबाट दुई उपसभापतिका लागि सुरेन्द्रनाथ सापकोटा, कृष्ण कार्की, सुदिपनरसिंह राणा, देबबहादुर केसी, रविन्द्र हमाल आकांक्षी छन् । दुई सचिवका लागि मेघराज ओली, निमबहादुर चलाउने (निरज), रुद्रबहादुर ओली लगायतको दाबी छ । सहसचिवमा रामकुमार राँढ, पुरनसिंह ठकुरी, विनोद थारु लगायत आकांक्षी छन् ।  


प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP