prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेसको नयाँ नेतृत्व चुन्न फागुन २० गते मतदान, मनोनयन भोली नै
बाँके कांग्रेसको नयाँ नेतृत्व चुन्न फागुन २० गते मतदान, मनोनयन भोली नै
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन ११, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेसको नयाँ नेतृत्व चुन्न फागुन २० गते मतदान, मनोनयन भोली नै

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न फागुन २० गते मतदान हुने भएको छ । केन्द्रिय निर्वाचन समितिको निर्णय अनुसार फागुन २० गते मतदान गर्ने गरी निर्वाचन कार्यक्रम संशोधन गरिएपनि उम्मेदवारी मनोनयन दर्ता भने भोली १२ गते पूर्व निर्धारित मितिमै हुने सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले बताए । "मतदानको तालिका मात्रै संशोधन हो," उनले भने- "केन्द्रको निर्णय अनुसार २० गते मतदान हुन्छ, बाँकी निर्वाचन तालिका यसअघि अनुसारकै हुन्छ, भोलीको मनोनयन दर्ताको समय हेरफेर गरेर दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ ।"

केन्द्रिय निर्वाचन समितिले देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण यसअघि फागुन १५ गते गर्ने तय भएको जिल्ला अधिवेशन फागुन २० गतेभित्र सम्पन्न गर्ने व्यवस्था मिलाउन जिल्ला निर्वाचन समितिहरुलाई निर्देशन दिएपछि निर्वाचन कार्यक्रम हेरफेर भएको हो । सचिव केशव रिजालले आज एक विज्ञप्ती जारी गरेर बाँकेसहित जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लामध्ये संघीय संसदका सदस्य रहेका जिल्लाहरुका हकमा यस्तो निर्णय गरिएको जनाएका छन् ।

उनीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, "मुलुकमा पछिल्लोपटक विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको अति संवेदनशील विषय तथा प्रतिनिधिसभाका सदस्यहरुलाई राजधानी बाहिर नजानका लागि पार्टी संसदीय दलद्वारा जारी गरिएको ह्वीपका कारण, जिल्ला अधिवेशनका प्रतिनिधि-संघीय संसदका सदस्यहरु जिल्ला अधिवेशनमा भाग लिन आ-आफ्नो जिल्लामा तत्काल जान असमर्थ रहेको अवस्थालाई मध्यनजर राखी, जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्ला मध्ये संघीय संसदका सदस्य रहेका सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछाम जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचनका लागि निर्धारित २०७८ फागुन १५ गतेको मितिलाई, उक्त जिल्लामा खटिनुभएका केन्द्रिय निर्वाचन समितिका प्रतिनिधि (निर्वाचन अधिकृत) र पार्टीको जिल्ला कार्यसमितिको सहमतिमा यही २०७८ फागुन २० गतेभित्र सम्पन्न गर्ने व्यवस्था मिलाउनुहुन नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिको आज बसेको बैठकको निर्णय अनुसार जानकारी गराइन्छ ।"

No description available.   


प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १९:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP