prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पाँच दलीय गठवन्धनको आज अन्तिम रात हुन सक्ने, बालुवाटारमा नयाँ गृहकार्य बन्दै
पाँच दलीय गठवन्धनको आज अन्तिम रात हुन सक्ने, बालुवाटारमा नयाँ गृहकार्य बन्दै
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १२, २०७८ बागेश्वरी पोस्ट
पाँच दलीय गठवन्धनको आज अन्तिम रात हुन सक्ने, बालुवाटारमा नयाँ गृहकार्य बन्दै

नेपालगन्ज ।अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने र नगर्ने पक्षबीच कित्ताकाट भएपछि पाँच दलीय गठबन्धन धर्मराएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बेलुका बालुवाटारमा छलफल भएको छ । यो छलफललाई बिहीबार दिउँसो संसद भवनमा भएको छलफलको निरन्तरता भनिएको छ । यही निरन्तरको छलफल नयाँ गठबन्धनको गृहकार्य भएको बुझिएको छ । यदि नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुबीचको छलफल सफल भयो भने बिहीबार पाँच दलीय गठबन्धन सरकारको अन्तिम रात हुन सक्ने विश्लेषण गरिएको छ । 

paribartan 1

छलफलमा कांग्रेसबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र मन्त्री ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेबाट अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा उपाध्यक्ष विष्णु पौडेल रहेका छन् । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्ने र नगर्ने पक्षबीच कित्ताकाट भएपछि पाँच दलीय गठबन्धन धर्मराएको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्तामा रहेरै एमसीसीको विरोध गरेपछि प्रधानमन्त्री देउवाले विकल्प खोजेका छन् । 

त्यो विकल्प एमालेकै साथ हो । एमाले अध्यक्ष ओलीले सरकारमा भएका बेलामा एमसीसी संसदमा पेश गरेका थिए । उनले अहिलेसम्म एमसीसीको विरोध पनि गरेका छैनन् । जसका कारण कांग्रेसका लागि एमालेसँगको नयाँ गठबन्धन उत्तम विकल्प हुने देखिएको छ । 

दिउँसो संसद भवनमा देउवा र ओलीबीच छलफल भएपछि ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डबीच पनि कुराकानी भएको थियो । उनीहरुबीच एक वर्षपछि कुराकानी भएको हो । 

नेकपा फुटेपछि अब कम्तीमा पाँच–छ वर्ष एमालेसँग सहकार्य नहुने बताएका प्रचण्डले चिनियाँ दबाबपछि ओलीसँग कुराकानी गर्न पुगेका थिए । 

तर एकता भाँडिएपछि र एमसीसी पारित गर्न खोज्दा पार्टीभित्रबाटै विरोध हुँदा नेतृत्व गरेका प्रचण्डसँग फेरि मिल्ने सम्भावना असम्भव जस्तै थियो र पनि ओलीले तीन वटा प्रस्ताव गरे । 

जसमा एमालेका १४ सांसद निष्काशनको सूचना सभामुखले टाँस्ने, सूचना नटाँस्ने हो भने सभामुखले राजीनामा दिने र नेकपा भएका बेलामा आफूविरुद्ध ल्याएको अभियोगपत्र फिर्ता लिने । 

तर प्रचण्ड राजी हुन सकेनन् । माधवकुमार नेपाललाई कारबाही भएको हेर्न प्रचण्डले सक्ने थिएनन् र त्यो त्यत्तिकै असफल वार्ताका रुपमा परिणत भयो । 

अन्ततः चिनियाँ पक्ष मिलाउन लागिपरे पनि अब फेरि फुटेको शीशा जोडिने सम्भावना नभएको निष्कर्षमा एमाले र माओवादी पुगेका छन् । 

त्यसपछि ओली देउवासँग छलफल गर्न बालुवाटार गएका छन् । यो बालुवाटार बसाईलाई सत्ता गठबन्धन टुक्रिएको रुपमा बुझ्न थालिएको छ । 

शुक्रबारको संसद बैठक बस्नुअघि नै कसरी एमालेले समर्थन गर्ने र कसरी एमालेका माग सम्बोधन गर्नेबारेमा निचोड निस्कनेछ । बालुवाटार स्रोतका अनुसार देउवाले माओवादी र नेकपा एसबाट सहभागी मन्त्रीहरुलाई हटाउन सक्नेछन् ।यदि एमसीसी पास हुँदा एमालेले साथ दियो भने यो गठबन्धन चुनावसम्मै जान सक्ने पनि बताइन्छ । 

गठबन्धन टुट्दा नयाँ गठबन्धनमा जनता समाजवादी पार्टी भने यथावत् रहने पनि बताइन्छ । 

ओलीसँग भेट्नुअघि देउवा र जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईसँग छलफल भएको थियो । 

जसपा एमसीसी पारित गर्ने पक्षमा छ । त्यसैगरी जसपाबाट टुक्रिएको लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले पनि एमसीसीका पक्षमा मत हाल्ने निर्णय गरेको छ । हाम्राकुराबाट


प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  २०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP