prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेको सभापतिमा चार जनाको उम्मेदवारी दर्ता
कांग्रेस बाँकेको सभापतिमा चार जनाको उम्मेदवारी दर्ता
banijya office RSG-2
संस्थापनबाट तीन र इतर समूहबाट एकल उम्मेदवारी
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १३, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस बाँकेको सभापतिमा चार जनाको उम्मेदवारी दर्ता

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको सभापतिमा चार जनाको उम्मेदवारी परेको छ । नारायणप्रसाद गौडेल, सुरेन्द्र बहादुर हमाल, बादशाह कुर्मी र सुनिल नरसिंह राणाले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ता स्थल जिल्ला समन्वय समिति पुगेर चारै जना नेताले उम्मेदवारी दर्ता गराएका हुन् । गौडेल संस्थापन इतर तथा हमाल, कुर्मी र राणा संस्थापन समूहका नेता हुन् ।

गौडेलले प्यानलसहित उम्मेदवारी दर्ता गराउँदा संस्थापन समूहले भने सभापति बाहेक अन्य पदमा मात्र प्यानल दर्ता गरायो । सभापतिमा सहमति जुट्न नसकेपछि सभापतिमा संस्थापनबाटै तीन जनाको उम्मेदवारी परेको हो । गौडेलको प्रस्तावकमा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी र समर्थकमा कांग्रेस बाँकेकी सभापति किरण कोइराला छिन् । गौडेलले शुरुमै उम्मेदवारी दर्ता गराएका थिए ।

No description available.

दोस्रोमा उम्मेदवारी दर्ता गराएका हमालको समर्थकमा नरेन्द्र थापा र प्रस्तावकमा रोशनकुमार श्रेष्ठ छन् । तेस्रोमा उम्मेदवारी दर्ता गराएका कुर्मीको प्रस्तावकमा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ र प्रस्तावकमा सचिव ज्ञान बहादुर वली छन् । चौथोमा उम्मेदवारी दर्ता गराएका राणाको प्रस्तावकमा नवीनकुमार भट्ट र समर्थकमा युवराज शाह छन् ।

No description available.No description available.

सभापतिमा राणाले पनि दर्ता गराए उम्मेदवारी

यस्तै दुई जना उपसभापतिका लागि गोपाल प्रसाद अधिकारी, राजकुमार मौर्य, कृष्णबहादुर कार्की र सुदिपनरसिंह राणाले उम्मेदवारी दर्ता गराएका छन् । अधिकारी र मौर्य गौडेल प्यानलका हुन् भने कार्की र राणा संस्थापनका हुन् । दुई सचिवका लागि पनि चार जनाको उम्मेदवारी परेको छ ।

सुधांशु कोइराला, टंकप्रसाद काफ्ले (आशिष), रविन्द्र बहादुर हमाल र सञ्जुकुमारी (थारु) चौधरीको उम्मेदवारी परेको छ । कोइराला र काफ्ले गौडेल तथा हमाल र चौधरी संस्थापन समूहका हुन् । यस्तै दुई सहसचिवका लागि रेणु सिंह ठाकुर, विश्वराज लम्साल, पूर्ण कुमार सिंह ठकुरी (पुरन) र विनोद कुमार थारुले उम्मेदवारी दर्ता गराएका छन् । ठाकुर र लम्साल गौडेल तथा ठकुरी र थारु संस्थापन समूहका हुन् । यस्तै सदस्यहरुमा पनि प्यानलगत उम्मेदवारी दर्ता भएको छ ।

विहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म मनोनयन दर्ता गरिएको थियो । कांग्रेस बाँकेको नयाँ नेतृत्व चुन्न फागुन १९ गते मतदान हुँदैछ । विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ ।   


प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १४:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP