नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • यसकारण बाँके कांग्रेस सभापतिमा जित्दैछन् नारायण गौडेल...
यसकारण बाँके कांग्रेस सभापतिमा जित्दैछन् नारायण गौडेल...
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १४, २०७८ बागेश्वरी पोस्ट
यसकारण बाँके कांग्रेस सभापतिमा जित्दैछन् नारायण गौडेल...

नेपालगन्ज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत्  बाँके कांग्रेसको यही फागुन १९ गते जिल्ला अधिबेशन हुँदैछ । कांग्रेस अधिबेशनमा जिल्ला सभापतिमा संस्थापन इतरबाट नारायण प्रसाद गौडलले उम्मेदवारी दर्ता गराइसकेका छन् । सभापतिमा संस्थापन समूहबाट सुरेन्द्र हमाल, बादशाह कुर्मी र सुनिल नरसिंह राणाले पनि उम्मेदवारी दर्ता गरेका छन् । अहिलेसम्मको अंकगणित हेर्ने हो भने संस्थापन इतरका गौडेल बलियो र सशक्त उम्मेदवार हुन् । जिल्लाका आधा भन्दा बढी क्षेत्रीय प्रतिनिधिहरुले गौडेलसहित उनको प्यानललाई समर्थन गर्ने देखिएको छ ।  

यसकारण क्षेत्रीय प्रतिनिधिले समर्थन गर्दैछन् गौडेललाई-

बाँके कांग्रेसका प्रभावशाली नेता नारायणप्रसाद गौडेल कुशल संगठक मानिन्छन् । पार्टीको संगठन बनाउन अहोरात्र खट्ने छबि बनाएका गौडेल इमान्दार र सामान्य जीवनशैली अपनाउने मेहनती नेताका रुपमा कार्यकर्तामाझ परिचित छन् ।

कोहलपुर निवासी गौडेल पार्टी राजनीतिमा अविछिन्न सक्रिय नेता हुन् । उनले तरुण दल हुँदै क्षेत्रीय सभापति, जिल्ला सदस्य, जिल्ला सह–सचिव, केन्द्रिय संगठन विभाग सदस्यदेखि महासमिति सदस्य पदमा रही कुशलतापूर्वक आफ्नो भूमिका र जिम्मेवारी निभाएका  छन् ।

गौडेल अहिले पार्टीको महाधिवेशन प्रतिनिधि छन् । २०५९ सालमा जिल्ला सहसचिव भइसकेका उनी २०६१ सालमा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति भएका थिए । २०३६ सालदेखि साधारण सदस्यका रुपमा रहेका गौडेल २०४८ सालदेखि कांग्रेसको क्रियाशील सदस्य छन् । उनी कोहलपुर निवासी हुन् ।

नेपाल तरुण दल कोहलपुरका संस्थापक उनी १२औं महाधिवेशनबाट २०६७ सालमा केन्द्रिय संगठन विभाग सदस्य पनि बनेका थिए । जनआन्दोलन २०६२र६३ मा सक्रिय सहभागिता जनाएका गौडेल त्यतिवेला दुई पटक गरेर साढे तीन महिना जेलमा बन्दी बनाइएका थिए । उनले त्यसबेला तत्कालीन शाही नेपाली सेनाबाट मरणासन्न हुने गरी कुटाई खाएका थिए ।

१३औं महाविधेशनमा पनि सभापति पदका उम्मेदवार थिए । उनी त्यतिबेला सफल हुन सकेनन् । एकपटक सभापति बनेर बाँके कांग्रेसलाई सुदृढ र गतिशील बनाउने संकल्प बोकेका गौडेल दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवार समेत थिए । 

पार्टीको संगठन बनाउन अहोरात्र खट्ने छबि समेत भएका नेता गौडेलले कार्यकर्ताहरुलाई दुःखमा समेत साथ दिँदै आएका छन् । अड्डा अदालत होस् या अस्पताल कार्यकर्तालाई दुःख पर्दा गौडेल आफैं पुगेर पिर-मर्का बुझ्ने असल नेता भएका कारण यसपटकको बाँकेको कांग्रेस सभापतिमा गौडेल नै विजयी हुन् भन्ने चाहना राखेका छन् बाँकेका कांग्रेसजनहरुले ।


प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  ०८:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP