prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँके कांग्रेसको सभापतिका तीन प्रतिष्पर्धी-को कस्ता ?
बाँके कांग्रेसको सभापतिका तीन प्रतिष्पर्धी-को कस्ता ?
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन १५, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेसको सभापतिका तीन प्रतिष्पर्धी-को कस्ता ?

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको फागुन १९ गते हुने जिल्ला अधिवेशनमा सभापति पदका लागि तीन जनाबीच प्रतिष्पर्धा छ । संस्थापनबाट दुई जना र इतर समूहबाट एक जना चुनावी प्रतिष्पर्धामा छन् ।

paribartan 1

संस्थापन पक्ष (शेरबहादुर देउबा) ले सभापति बाहेक अन्य पदमा प्यानल खडा गरेपनि सभापतिमा भने सहमति जुट्न नसक्दा दुई जना उम्मेदवार मैदानमा उत्रिएका छन् । संस्थापन इतर (डा.शेखर कोइराला) बाट भने नारायणप्रसाद गौडेल मात्रै उम्मेदवार छन् । संस्थापनबाट सुरेन्द्र बहादुर हमाल र बादशाह कुर्मी उम्मेदवार बनेका छन् ।

तीन जनाबीच हुने प्रतिष्पर्धालाई निकै रुचीका साथ हेरिएको छ । कांग्रेस विधान अनुसार सभापति निर्वाचित हुन कुल खसेको मतको ५० प्रतिशत बढी मत ल्याउनुपर्ने भएका कारण तीन जना उम्मेदवार हुँदा कसैको पनि ५० प्रतिशत बढी मत नआउने आंकलन गरिएको छ । त्यसो हुँदा निर्वाचन दोस्रो चरणमा जानेछ । दोस्रो चरणमा बढी मत ल्याउने दुई जनाबीच प्रतिपष्र्धा हुनेछ ।

त्यसो त संस्थापनबाट दुई जना उम्मेदवार भएकाले संस्थापन इतर पक्षले पहिलो चरणमै नतिजा निकाल्ने कोशिस भने गर्नेछ । तर, संस्थापन पक्षले पहिलो चरणमा गौडेललाई रोक्दै दोस्रो चरणमा आफ्नो समूहबाट पहिलो हुने उम्मेदवारलाई जिताउन एकुजट भएर प्रतिष्पर्धा गर्ने रणनीति अख्तियार गर्नेछ । उसो त सभापतिका लागि तीब्र धु्रबीकरण देखिएकाले दोस्रो चरणमा पनि संस्थापन समूहलाई चुनौती हुने विश्लेषण समेत गरिएको छ ।

बाँके कांग्रेसको सभापति हुने दौडमा रहेका नेताहरु कस्ता छन् त ? कस्तो छ उनीहरुको राजनीतिक बायाग्रोफी ? एक चर्चा-

को हुन् नारायण प्रसाद गौडेल ?

No description available.

बाँके कांग्रेसका प्रभावशाली नेता नारायणप्रसाद गौडेल कुशल संगठक मानिन्छन् । पार्टीको संगठन बनाउन अहोरात्र खट्ने छबि बनाएका गौडेल इमान्दार र सामान्य जीवनशैली अपनाउने मेहनती नेताका रुपमा कार्यकर्तामाझ परिचित छन् ।

कोहलपुर निवासी गौडेल पार्टी राजनीतिमा अविछिन्न सक्रिय नेता हुन् । उनले तरुण दल हुँदै क्षेत्रीय सभापति, जिल्ला सदस्य, जिल्ला सह–सचिव, केन्द्रिय संगठन विभाग सदस्यदेखि महासमिति सदस्य पदमा रही कुशलतापूर्वक आफ्नो भूमिका र जिम्मेवारी निभाएका छन् ।

गौडेल अहिले पार्टीको महाधिवेशन प्रतिनिधि छन् । २०५९ सालमा जिल्ला सहसचिव भइसकेका उनी २०६१ सालमा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति भएका थिए । २०३६ सालदेखि साधारण सदस्यका रुपमा रहेका गौडेल २०४८ सालदेखि कांग्रेसको क्रियाशील सदस्य छन् । उनी कोहलपुर निवासी हुन् ।

नेपाल तरुण दल कोहलपुरका संस्थापक उनी १२औं महाधिवेशनबाट २०६७ सालमा केन्द्रिय संगठन विभाग सदस्य पनि बनेका थिए । जनआन्दोलन २०६२/६३ मा सक्रिय सहभागिता जनाएका गौडेल त्यतिवेला दुई पटक गरेर साढे तीन महिना जेलमा बन्दी बनाइएका थिए । उनले त्यसबेला तत्कालीन शाही नेपाली सेनाबाट मरणासन्न हुने गरी कुटाई खाएका थिए ।

१३औं महाविधेशनमा पनि सभापति पदका उम्मेदवार थिए । उनी त्यतिबेला सफल हुन सकेनन् । एकपटक सभापति बनेर बाँके कांग्रेसलाई सुदृढ र गतिशील बनाउने संकल्प बोकेका गौडेल दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवार समेत थिए । 

को हुन् सुरेन्द्र बहादुर हमाल ?

No description available.

लुम्बिनी प्रदेश सरकारका वन, वातावरण तथा भूसंरक्षण मन्त्री हमाल २०७४ सालको निर्वाचनमा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट लुम्बिनी प्रदेशसभामा निर्वाचित भएका हुन् ।

हमालले २०३५ सालदेखि राजनीतिक यात्रा प्रारम्भ गरेका हुन् । २०३६ सालको जनमत संग्रहका बेला उनी बहुदलको पक्षमा एजेन्ट समेत बसेका थिए । जनमत संग्रहपछि महेन्द्र बहुमुखी क्याम्पसमा उनी पहिलो स्ववियु सचिव बने । कांग्रेस बाँकेका कोषाध्यक्ष भइसकेका उनी पञ्चायतमै युवराज शर्मा सभापति हुँदा जिल्ला सदस्य भएका थिए । सनत रेग्मी पार्टी सभापति हुँदा उनी कोषाध्यक्ष भए ।

२०४४ सालमा उनी नेपालगञ्जको तत्कालीन १६ नम्बर वडा 'बेलासपुर'बाट वडा अध्यक्ष लडेका थिए । २०४४ सालमै उनी नेपालगञ्ज युवक संगठनको पहिलो अध्यक्ष बने । युवामाझ निकै लोकप्रिय उनी २०४६ सालको जनआन्दोलनमा पनि सक्रिय भूमिकामा थिए । पार्टी विभाजन हुँदा उनी सभापति गजेन्द्र हमालको जिल्ला कार्यसमितिमा नेपाली कांग्रेस प्रजातान्त्रिकको जिल्ला सदस्य पनि भए । २०५४ सालमा उनी मेयरमा लडेका थिए । 

भारत्तोलनका खेलाडी हमाल मिलनसार, अनुशासित र कर्तब्यनिष्ठ व्यक्तिका रुपमा चिनिन्छन् । सहयोगी भावनाका हमाल 'लो प्रोफाइल'मा बस्न रुचाउने नेता हुन् । नेपालगञ्ज घरबारीटोलका स्थायी बासिन्दा हमाल विद्यार्थी राजनीतिबाट स्थापित भएका नेता हुन् ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको स्ववियु सभापति समेत भएका हमाल नेपालगञ्जको उपमेयर पनि भए । खेलकुद र राजनीतिलाई सँगसँगै अगाडि बढाएका हमाल २०३७ सालमा महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सचिव र २०४२ सालमा स्ववियु सभापति भए । उनी २०४९ मा नेपालगञ्जको उपमेयर भएका थिए ।

ओलम्पियन खेलाडी समेत रहेका मन्त्री हमाल आन्द्राको क्यान्सर रोगलाई पराजित गर्दै पुनः राजनीतिमा फर्किएका हुन् । उनका दुई जना दाई स्वर्गीय रणेन्द्र हमाल (भाईराजा) र गजेन्द्र हमाल बाँके कांग्रेसको सभापति भइसकेका छन् । 

को हुन् बादशाह कुर्मी ?

No description available.

कुर्मी बाँके क्षेत्र नम्बर ३ बाट सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि (खुला) मा निर्वाचित भएका थिए । उनी कांग्रेस बाँकेका चिरपरिचित नेता हुन् । उनी २०४३ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय छन् । कुर्मी २०४३ मा प्रधानपञ्च लडेका थिए । त्यतिबेला उनी २६ बर्षका थिए ।

नेपाली कांग्रेस बाँकेको उपसभापति र कार्यवहाक सभापति समेत भइसकेका कुर्मी दुई पटक संविधानसभा सदस्य बने । २०६४ र २०७० मा समानुपातिकतर्फ संविधानसभा सदस्यमा निर्वाचित कुर्मी नेपालगञ्ज १७ परस्पुरका स्थायी बासिन्दा हुन् । कुर्मी दुई पटक तत्कालीन परस्पुर गाविसको अध्यक्ष समेत भएका थिए । २०४९ र २०५४ मा उनी अध्यक्ष भए ।

मधेशी समुदायका कुर्मी प्रचारप्रसारबाट टाढा रहेर काम गर्न रुचाउने नेतामा पर्दछन् । सरल जीवनशैलीका उनी राजनीतिक संघर्षका क्रममा करिब एक महिना जेल समेत परेका थिए । राजाले कु गरेपछि काठमाण्डौमा बसेर आन्दोलन गरेका कुर्मी २०६० सालमा २० दिन हिरासतमा बसेका थिए । बाँके कांग्रेसको कार्यबहाक सभापति बनेर जिल्लामा २०६२/६३ को जनआन्दोलनमा सात दलको नेतृत्व गरेका कुर्मीको त्यस क्रममा हात समेत भाँचिएको थियो । हात भाँचिएकै अवस्थामा उनी आन्दोलनमा होमिएका थिए ।  

पूर्व पार्टी केन्द्रिय सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालासंग अत्यन्त निकट रहेर काम गरेका कुर्मी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ३ बाट बाम गठबन्धनसंग चुनाव लडेका थिए । उनी ९औं महाधिवेशनबाट निरन्तर जिल्ला सदस्य छन् । 


प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  ११:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP