नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, चैत ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • युवा नेता बस्नेत कांग्रेस बाँकेको जिल्ला सदस्यका सशक्त उम्मेदवार
युवा नेता बस्नेत कांग्रेस बाँकेको जिल्ला सदस्यका सशक्त उम्मेदवार
बागेश्वरी पोस्ट
आइतबार, फागुन १५, २०७८ बागेश्वरी पोस्ट
युवा नेता बस्नेत कांग्रेस बाँकेको जिल्ला सदस्यका सशक्त उम्मेदवार

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको जिल्ला अधिबेशन यही फागुन १९ गते हुँदैछ । १९ गते हुने निर्वाचनका लागि सबै पदमा शुक्रबार नै उम्मेदवारी दर्ता भइसकेको छ । यसपटकको अधिबेशनमा निकै कडा भिडन्त हुने पक्का छ ।

बाँकेका चर्चित नेताहरुले उम्मेदवारी दिएको यस अधिबेशनमा आधा भन्दा बढी पदहरुमा युवाहरुले उम्मेदवारी दिएका छन् । केन्द्रीय महाधिवेशनमा झैं बाँकेमा पनि युवाहरुले यसपटक पकड जमाउने सम्भावना बलियो छ ।

सभापतिमा आशलाग्दा नेता नारायणप्रसाद गौडेलदेखि मन्त्री सुरेन्द्र हमाल र प्रभावशाली नेता संविधानसभा सदस्य बादशाह कुर्मीले उम्मेदवारी दिएका छन् । गौडेल संस्थापन इतरका हुन् भने हमाल र कुर्मी संस्थापन समूहका हुन् ।

पदाधिकारीदेखि सदस्यमा यसपटक धेरै युवाहरुले उम्मेदवारी दिँदै गर्दा सदस्यमा गौडेल प्यानलबाट बाँकेका चर्चित युवा नेता यज्ञबहादुर बस्नेतले पनि उम्मेदवारी दिएका छन् ।

मिलनसार र सहयोगी भावनाका बस्नेतले स्कुले जीवनबाट नेबिसंघमा आबद्ध हुँदै २०३७ सालमा क्याम्पसको नेबिसंघ इकाई कमिटी सदस्यका रुपमा आफ्नो राजनीति सुरु गरेका थिए ।

युवा नेता बस्नेतले नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत् भूगोल तर्फको सदस्य पदमा उम्मेदवारी दिएका हुन् ।सबैका प्रिय मानिने बस्नेत यसअघि बैंकिङ सेवामा हुँदै गर्दा १२औं महाधिवेशनबाट कांग्रेसको सक्रिय राजनीतिमा लागेका थिए । १७ बर्षसम्म राष्ट्रिय बाणिज्य बैंकको प्रबन्धक भएर कार्य गरेका बस्नेत नेपाल वित्तीय संस्था कर्मचारी संघ बाँकेको संस्थापक सहसचिव समेत हुन् ।

नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका पूर्व सचिव समेत भइसकेका बस्नेत वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बाणिज्य बैंकको पूर्व केन्द्रीय सदस्य समेत हुन् । त्यति मात्रै होइन, युवा नेता बस्नेत सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेका आजीवन सदस्य, लायन्स क्लब नेपालगन्जका सन् २०२१/२०२२ का सचिव समेत हुन् । पछिल्लो समयमा बस्नेत संगठनप्रति दिनरात कटिबद्ध भएर लाग्दै आएका छन् ।

दाङमा जन्मेका बस्नेतले २०४८ सालदेखि बाँकेलाई कर्मथलो बनाउँदै आएका छन् । नेपालगञ्ज, हुम्ला, अत्तरिया कैलाली, तुलसीपुर, बिदुर नुवाकोट, डोटी लगायत देशका विभिन्न जिल्लाहरुमा प्रबन्धक भएर कांग्रेस निकट कर्मचारी युनियनमा बसेर राजनीति गर्दै आएका बस्नेतले बाँके कांग्रेसको संगठन मजबुत बनाउन, स्थानीय तह तथा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसलाई जीत दिलाउन युवाहरुले अहम् भूमिका खेल्ने हुँदा आफूलाई जिताउन सबै क्षेत्रीय प्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।


प्रकाशित मिति: आइतबार, फागुन १५, २०७८  १४:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP