prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • न्यायाधीशहरू बिरुद्द उजुरी दिने तयारी हुँदै
न्यायाधीशहरू बिरुद्द उजुरी दिने तयारी हुँदै
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक २, २०७६ बागेश्वरी पोस्ट
न्यायाधीशहरू बिरुद्द उजुरी दिने तयारी हुँदै

नेपालगन्ज ।न्यायाधीशहरूले आर्थिक लाभ लिएर सार्वजनिक सडक विस्तारमा अवरोध गरिएको भन्दै न्यायपरिषदमा उजुरी दिने तयारी भएको छ। 

बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक विस्तारमा अवरोध गरेको भन्दै बुटवलका सर्वसाधारणले उक्त उजुरी दिन लागेका हुन्।बुटवलका सर्वसाधारणले न्यायपरिषदमा दिन लागेको उजुरीमा हस्ताक्षर गर्नेमा समाजसेवी, बुद्धिजीवी, कानुन व्यवसायीसँगै राजनीतिकर्मी र व्यापारीहरू समेत छन्।

पटकरपटक गैरकानुनी ढंगले न्यायाधीशहरूले आर्थिक लाभ लिएर सडक विस्तारमा रोक लगाएको भन्दै तुलसीपुर उच्च अदालतको बुटवल इजलासका न्यायाधीशविरूद्ध तयार गरिएको निवेदनकोप्रति सेतोपाटीले  प्राप्त  गरेको छ।निवेदनमा अदालतका न्यायाधीशहरूले विकास निर्माणसँगै समृद्ध नेपाल निर्माणको अभियानलाई रोक्ने गरी सडक विस्तार कार्य हुन नदिने षडयन्त्रमा आर्थिक लाभ लिएर सामेल भएको उल्लेख गरिएको छ।

निवेदकहरूले सिद्धार्थ राजमार्गको बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मका घरधनीहरूको ८२ फुटभित्रको जग्गामा हकदाबी पुग्ने कागजात नै नभएको अवस्थामा न्यायाधीशहरूले आर्थिक लाभ लिएर फैसला गरेको आरोप लगाएका छन्।

निवेदकहरूले न्यायाधीशहरू मुनेन्द्र अवस्थी र लोहीतचन्द्र शाह तथा दयानाथ खरेल र शेषनाथ सिवाकोटीले राष्ट्रको विकासलाई समेत प्रत्यक्ष असर पार्ने गरी पदीय आचरण र मान मर्यादा विपरीत फैसला गरेको भन्दै कार्वाहीको माग गरेका छन्।

निवेदनमा सरकारले २०३४ साल असार २० गते सडक सीमा ८२ फुट कायम गरेको र सोही अनुसार जग्गाको कित्ताकाट समेत भइ २०५८ सालमा जग्गाको पुनः नापजाँच गरी जग्गाधनी प्रमाणपूर्जा वितरण गरिसकेको उल्लेख गरिएको छ।निवेदनमा जग्गाधनी भनिएकाहरूले सोही अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा समेत धितो राखी कारोबार गर्दै आएको अवस्थामा अहिले आएर सडक विस्तार रोक्ने मनसायले निवेदन दिइ न्यायाधीशहरूलाई आर्थिक प्रभावमा पारेको उल्लेख गरेका छन्।

जग्गा नापजाँच ऐनले जग्गाको नापजाँच गर्दा चित्त नबुझे ३५ दिनभित्र उजुर बाजुर गर्न पाउने व्यवस्था गरेको भए पनि २०५८ सालमा जग्गाधनी प्रमाणपूर्जा लिएका जग्गाधनी आफूहरूले दाबी गरेको जग्गा २०३४ सालमै सडकको नाममा गइसकेको भए पनि उजुरी गर्न गएको पाइँदैन।

सार्वजनिक सडक ८२ फुट कायम भएको छ भन्ने जान्दा जान्दै पनि उक्त कुरा लुकाइ स्वामित्वको कत्ति पनि प्रमाण नभएकाहरूका पक्षमा न्यायाधीशहरूले फैसला गरेको निवेदनमा उल्लेख गरिएको छ।

नारायण देवी प्रधान समेतका निवेदकहरूले अदालतमा निवेदन पेश गर्दा नै ८२ फुट कायम भएको जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपी पेश गरेको अवस्थामा समेत न्यायाधीशहरूले प्रमाण बिनाको निवेदन खारेज गर्नुपर्नेमा आर्थिक लाभ लिएर विकास निर्माणविरूद्ध फैसला गरेको निवेदनमा उल्लेख गरेका छन्।

अदालतमा परेको मुद्दाको फैसला आफ्नो पक्षमा पार्न केही व्यक्तिहरूले प्रत्येक घरबाट एकदेखि डेढलाखसम्म रकम उठाएको त्यतिबेला नै चर्चा चलेको थियो।

विगत सात वर्षदेखि सडकलाई चौडा गरी ८२ फुट कायम गर्ने सरकारी योजना स्थानीयको अवरोध र पटक पटकको मुद्दा मामिलाका कारण अगाडि बढ्न सकेको छैन। घरधनीहरूले सडक विस्तार कार्य रोक्न सरकारका विषयगत मन्त्री तथा राजनीतिक दलका नेताहरूलाई पटकरपटक दबाब दिँदै आएका थिए।

सार्वजनिक सडक ऐन २०३१ र जग्गा प्राप्ति ऐन २०३४ ले व्यक्तिको जग्गा अधिग्रहण गरेर सरकारको नाममा ल्याएपछि मात्र सरकारले आफ्नो काम गर्न पाउने व्यवस्था गरेको छ।

डिभिजन सडक कार्यालय बुटवलले उक्त जग्गा सार्वजनिक सडक ऐन र जग्गा प्राप्ती ऐनको प्रक्रिया पूरा गरेर २०५८ सालमै आफ्नो नाममा ल्याइसकेको दाबी गर्दै आएको छ।

जिल्ला मालपोत कार्यालय रुपन्देहीले २०६२ सालमा जिल्लाका सबै नगरपालिका र गाउँपालिका ९तत्कालीन गाविस० मा जग्गाको नापजाँच गरी हालसाविक गर्ने अभियान नै सुरू गर्‍यो।

सोही अभियान अन्तरगत बुटवल उपमहानगरपालिकामा समेत हाल साविक गरी जग्गा छुट्याएको दाबी आयोजनाको छ।

नापी कार्यालय रुपन्देहीका अनुसार उक्त समयमा सबै जग्गा नापजाँच गरी ८२ फुट सडक छुट्टाइ बाँकी रहेको जग्गाको सम्बन्धित जग्गा धनीलाई प्रमाण पूर्जा दिइएको थियो।

उक्त समयमा आफ्नो जग्गा ८२ फुटभन्दा बाहिर हो भन्ने स्वीकार गरेर जग्गाधनी प्रमाणपूर्जा ९लालपूर्जा० लिएका थिए।

सडक दायाँबायाँ निर्माण गरिएका सम्पूर्ण घर ८२ फुट काटेर नक्सा पास भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ। जग्गाधनीले आफ्नो जग्गाको लालपूर्जा लिँदा नै ८२ फुट कट्टा गरी लिएका छन्।

व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल अन्तरगत २०७२ सालमा राजमार्ग चौराहदेखि तिलोत्तमा जानकीनगरसम्मका घरधनीहरूले समेत अदालतमा मुद्दा दायर गरेका थिए तर त्यो बेला भने अदालतले उनीहरूको पक्षमा फैसला नगरी सडक विस्तार गर्ने पक्षमा फैसला गरेको थियो।

त्यो समयमा सो क्षेत्रका ७१ वटा घरटहराले मिचेको १ देखि ९ फिटसम्मको जग्गा खाली गरी सडक निर्माण गरिएको थियो।

राजमार्ग चौराहदेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर दूरीमा सडकको ८२ फुटभित्र पर्ने ३ सय ११ घर भत्काउनु पर्नेछन् ।

उक्त सडक खण्डमा ३११ घर धनीहरूका कम्तीमा ७ हातदेखि ६० हात मोहडा तथा ३ देखि १ सय हातसम्म पिछाड भएका जग्गाहरू रहेका छन्।

२०७४ साल चैत ३० गते सडक निर्माणको लागि ठेक्का सम्झौता भए पनि अदालतको आदेशका कारण म्याद सकिँदासम्म पनि सडक विस्तारको काम सुरू हुन सकेको छैन।

सडक विस्तार २०७६ असोजसम्म सक्नुपर्ने सम्झौतामा उल्लेख छ।

विस्तारको ठेक्का लिएको द कञ्चनजङघा बिरूवा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौंले ४१ करोड २३ लाख रुपैयाँमध्ये काम सुरू गर्न नपाउँदै ४ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ। सेतोपाटीडटकमबाट साभार।


प्रकाशित मिति: शनिबार, कात्तिक २, २०७६  १६:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP