prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • रोमाञ्जक मोडमा कांग्रेस बाँके अधिवेशन, देउबा पक्षका मतदाता झन अन्यौलमा
रोमाञ्जक मोडमा कांग्रेस बाँके अधिवेशन, देउबा पक्षका मतदाता झन अन्यौलमा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १६, २०७८ बागेश्वरी पोस्ट
रोमाञ्जक मोडमा कांग्रेस बाँके अधिवेशन, देउबा पक्षका मतदाता झन अन्यौलमा

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको जिल्ला अधिवेशन फागुन १९ गते हुँदैछ । त्यसका लागि उम्मेदवारी दर्ता भइसकेको छ । सभापति पदमा संस्थापन (शेरबहादुर देउबा) बाट दुई जना र इतर पक्ष (डा.शेखर कोइराला) बाट एक जना गरी तीन जना उम्मेदवार छन् । संस्थापनबाट बादशाह कुर्मी र सुरेन्द्र बहादुर हमाल दुबैले उम्मेदवारी दर्ता गराउँदा संस्थापन इतरबाट भने नारायणप्रसाद गौडेलले मात्र उम्मेदवारी दर्ता गराए । सभापतिमा संस्थापनबाट दुई जना उम्मेदवार मैदानमा उत्रिँदा धर्मसंकटमा परेका मतदाताहरु अहिले थप अन्यौलमा छन् ।

paribartan 1

आज दिउँसो केन्द्रबाट संस्थापनको आधिकारिक उम्मेदवार हमाल नै भएको सन्देश बाँकेमा प्रवाह भइरहँदा संस्थापनको आफू नै आधिकारिक उम्मेदवार भएको भन्दै कुर्मी प्रचारप्रसारमा जुटिरहेका थिए । आज विकसित पछिल्लो घटनाक्रमले बाँके कांग्रेसको अधिवेशनलाई थप रोमाञ्चक मोडमा पुर्याइदिएको छ । भित्रभित्रै आफूलाई आधिकारिक भएको प्रचार गरिरहेका हमाल र कुर्मीबीच सहमति जुट्न नसक्दा संस्थापनले सभापति बाहेक अन्य पदमा मात्र प्यानल घोषणा गर्न सकेको थियो ।

केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले केन्द्रको कुरा अनुसार हमाल नै आधिकारिक भएको बताएपनि कुर्मी स्वयम् यसलाई मान्न तयार छैनन् । कुर्मी कुनै हालतमा पनि व्याक नहुने उनका निकटबर्तीहरु बताउँछन् । उनी धेरै अघि बढिसकेकाले अब व्याक हुने अवस्था नरहेको उनीहरुको तर्क छ । यस घटनापछि कुर्मीको धारणा भने बाहिर आइसकेको छैन । 

प्रबक्ता डा.प्रकाशशरण महतले बाल्मिकीलाई फोन गरेर हमाल आधिकारिक उम्मेदवार भएको बताएपनि सहमहामन्त्री किशोरसिंह राठौरले भने दुबै जना संस्थापनकै उम्मेदवार भएको प्रतिक्रिया दिएका छन् । "दुई मध्ये पहिलो चरणमा जसले बढी मत ल्याउँछ उसलाई कम मत ल्याउनेले दोस्रो चरणमा सहयोग गर्छ, अहिले कसैलाई पनि त्यसरी आधिकारिक भनिएको छैन," उनले भनेका छन् । संस्थापनकै नेताहरुबाट फरक फरक कुरा आएपछि नेता कार्यकर्ता झन अन्यौलमा परेका छन् । यसको फाइदा गौडेलले लिने देखिन्छ ।  


प्रकाशित मिति: सोमबार, फागुन १६, २०७८  २०:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP