prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • केन्द्रिय सदस्य मैकुलालको घोषणा-सुरेन्द्रजी नै संस्थापनको आधिकारिक उम्मेदवार हो
केन्द्रिय सदस्य मैकुलालको घोषणा-सुरेन्द्रजी नै संस्थापनको आधिकारिक उम्मेदवार हो
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १७, २०७८ बागेश्वरी पोस्ट
केन्द्रिय सदस्य मैकुलालको घोषणा-सुरेन्द्रजी नै संस्थापनको आधिकारिक उम्मेदवार हो

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले सुरेन्द्र बहादुर हमाल संस्थापन समूहको आधिकारिक उम्मेदवार भएको घोषणा गरेका छन् ।

नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेर केन्द्रिय सदस्य बाल्मिकीले केन्द्रबाट आएको निर्देशन अनुसार आफूले बाँके कांग्रेसको सभापतिका उम्मेदवार हमाललाई आधिकारिक उम्मेदवार घोषणा गरेको बताएका हुन् । उनले भने-"प्रबक्ता डा.प्रकाशशरण महतले भन्नुभयो, हाम्रो समूहको आधिकारिक उम्मेदवार सुरेन्द्र बहादुर हमाल हो, यो कुराको घोषणा तपाईं गर्दिनुस्, र, यसमा तपाईं लाग्नुस् भनेर निर्देशन दिनुभएको छ, अहिले म बालुवाटरबाट बालिरहेको छु, शेरबहादुर दाई यहीँ हुनुहुन्छ, दाईले तपाईंलाई यो कुराको जानकारी गराइदिने भन्नुभएको छ, तपाईंले बादशाहजीलाई राम्रोसंग सम्झाइदिनुस्, पछि बाँकी कुरा गरौंला ।"

No description available.

बाल्मिकीले आफूले हिजै यही कुरा पार्टीका नेता कार्यकर्ता र पत्रकारहरुलाई जानकारी गराएको बताउँदै आज औपचारिक घोषणा गरेको प्रष्ट पारे । आज विहान अर्का उम्मेदवार बादशाह कुर्मीले पत्रकार सम्मेलन गरेर आफूलाई अनेक आरोप लगाएको भन्दै उनले आपत्ति जनाउँदै भने, "मैले शेरबहादुर दाईको निर्देशन मानेर काम गरेको हो, केन्द्रिय सदस्य भएको नाताले केन्द्रको कुरालाई यहाँ घोषणा गरेको हो ।" बाल्मिकीले केन्द्रबाट फोन आएपछि यसबारेमा आफूले सहमहामन्त्री किशोरसिंह राठौर र क्षेत्रीय सभापतिहरुलाई फोन गरेर जानकारी गराइसकेको बताए । "यदि मैले गलत कुरा गरेको भए, यो कुरा आएको त २४ घण्टा वितिसक्यो, जे निर्देशन हो, त्यो मैले भनेको हुँ, अब सुरेन्द्रजी नै आधिकारिक उम्मेदवार हो, तपाईंहरु त्यही किसिमले लाग्नुस् ।"

पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार हमालले केन्द्रबाट नै आफूलाई आधिकारिक उम्मेदवार भनिसकेपछि अब विवाद गर्न जरुरी नरहेको बताए । "हामी पहिला दुई जना उम्मेदवार मिल्न सकेको भए राम्रो हुन्थ्यो, तर नमिलिसकेपछि त केन्द्रले निर्णय गर्नुपर्ने थियो, गर्यो, अब यसलाई मानेर हामी जानुपर्छ," उनले भने, "केन्द्रिय सदस्यले मलाई नै आधिकरिक घोषणा गरिसकेपछि बादशाहजीले मलाई सहृदय समर्थन गर्छु भन्नु पथ्र्यो," हमालले अगाडि भने, "केन्द्रले बादशाहजीलाई आधिकारिक भनेको भए मैले त्यसलाई मानेर अघि बढ्थे, मैले समर्थन गर्थे, तपाईंहरु सबैलाई थाहा छ, म खेलकुदको मान्छे, नियम कानुनलाई मान्छु ।"

बाँकेमा संस्थापन समूहले सभापतिमा सहमति नजुटेपछि पदाधिकारीमा भने एउटै टिम बनाएको थियो । तर, केन्द्रिय सदस्य बाल्मिकीले उक्त टिम आफूलाई थाहा नै नदिएर मनोमानी ढंगले बनाएको भन्दै पत्रकार सम्मेलनमै आपत्ति जनाएका छन् । बादशाहले पनि आज विहान पत्रकार सम्मेलन गरेर आफू पनि संस्थापनकै उम्मेदवार भएको भन्दै कुनै हालतमा ब्याक नहुने बताएका छन् । उनले त्यस्तो प्रतिक्रिया दिएपछि केन्द्रिय सदस्य बाल्मिकीले पनि पत्रकार सम्मेलन गरेर केन्द्रको निर्देशन अनुसार हमाललाई आधिकारिक घोषणा गरेका हुन् । 


प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP