prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • क्षेत्रीय प्रतिनिधिज्युहरुले सभापतिमा तपाईंलाई नै जिताउने हो भनिरहनुभएको छः गौडेल
क्षेत्रीय प्रतिनिधिज्युहरुले सभापतिमा तपाईंलाई नै जिताउने हो भनिरहनुभएको छः गौडेल
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, फागुन १८, २०७८ बागेश्वरी पोस्ट
क्षेत्रीय प्रतिनिधिज्युहरुले सभापतिमा तपाईंलाई नै जिताउने हो भनिरहनुभएको छः गौडेल
सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल

नारायणप्रसाद गौडेल नेपाली कांग्रेस बाँकेको सभापतिका उम्मेदवार हुन् । फागुन १९ गते हुन गइरहेको निर्वाचनमा संस्थापन इतरका तर्फबाट उनको नेतृत्वमा प्यानलसहित उम्मेदवारी परेको छ । सरल, सहज र कर्तव्यनिष्ठ व्यक्तिको छवि बनाएका गौडेल संगठनको जगबाट खारिएर आएका परिपक्व नेता हुन् । उनै गौडेलसंग बागेश्वरीपोष्टले गरेको संक्षिप्त कुराकानी-

सभापति पदमा उम्मेदवारी दिनुभएको छ, तपाईंको उम्मेदवारी किन ?

नेपाली कांग्रेस बाँकेलाई विधि, पद्धति र नियम संगत तरिकाले परिचालन गर्न, आउँदै गरेका तीनै तहका निर्वाचनहरुमा बाँके जिल्लामा नेपाली कांग्रेसलाई अत्याधिक बहुमतले जिताउन, कांग्रेसको चारतारे झण्डा जिल्लाभर फरफराउन मेरो उम्मेदवारी हो । त्यसैगरी कांग्रेस पार्टी भन्दा बाहिर रहेका द्वन्दपीडितदेखि लिएर निष्ठा, त्याग र समर्पणभाव बोकेका विभिन्न व्यक्तिहरु अहिले विभिन्न कारणले पार्टीभित्र जोडिन सक्नुभएको छैन, ती मनहरुलाई पनि पार्टी जीवनमा जोड्ने अनि मजदुर, किसान, युवा, तरुणहरुलाई पार्टीको मूलधारमा ल्याएर नेपाली कांग्रेस बाँकेको संगठन बलियो बनाउनका लागि मेरो उम्मेदवारी हो ।

तपाईंले सभापतिमा जित्ने आधारहरु के-के छन् ?

मैले जित्ने आधारहरु प्रशस्त छन् । पहिलो कुरा मैले जित्ने आधार पार्टीका क्षेत्रीय प्रतिनिधि साथीहरु हुनुहुन्छ । पार्टीका क्रियाशील नेतागण, आम कार्यकर्ता मेरो आधार हुनुुहुन्छ । सबैले मलाई सहयोग गर्छौं भन्नुभएको छ, त्यो नै बलियो आधार हो । बाँकेका आम कांग्रेसजनको अपार माया र सद्भाव मलाई छ ।

तपाईंका चुनावी प्रतिबद्धताहरु के-के छन् ?

मेरो नेतृत्वमा रहेको टिमले केही प्रतिवद्धताहरु सार्वजनिक गरेको छ । जुन प्रतिबद्धताहरु हामी पूरा गर्न दत्तचित्त भएर लाग्नेछौं । नेपाली कांग्रेस बाँकेको संगठन सुदढ, सबल र चलायमान बनाउने, मुलुकको लोकतान्त्रिक आन्दोलनमा बाँके जिल्लाबाट उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका तर पार्टीको मूलधारबाट बाहिर रहनुभएका व्यक्तिहरुको पहिचान गरी योग्यता र क्षमताका आधारमा जिम्मेवारी प्रदान गरी पार्टीको मूलधारमा समाहित गर्ने, पार्टीभित्रका विकृति, विसंगती, अराजक गतिविधि अन्त्य गरी मर्यादित, अनुशासित र संगठनात्मक रुपान्तरण गर्ने, संविधानपिता स्वर्गीय सुशील कोइरालाको शालिक उपयुक्त स्थानमा स्थापना गर्न पहल गर्ने, पार्टीका विभिन्न भ्रातृ तथा शुभेच्छुक संघसंगठनहरुलाई चलायमान बनाउने, उपविजेता साथीहरुलाई समेत साथमा लिएर सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने, पार्टी कार्यालयबाट सञ्चालित विभिन्न गतिविधिहरुलाई प्रविधिमैत्री बनाउने लगायत थुप्रै मेरा योजनाहरु छन् । ती योजनाहरुलाई म दृढताका साथ कार्यान्वयन गर्न लाग्छु ।

सभापतिमा तपाईंसहित तीन जना उम्मेदवार हुनुहुन्छ, अन्य प्रतिष्पर्धी भन्दा तपाईं कसरी फरक हुनुहुन्छ ?

उहाँहरु भन्दा म अत्यन्त फरक छु । किनभने म संगठनको जगमा उभिएको मान्छे हुँ । संगठन गरेरै यहाँसम्म पुगेको छु । म कुनै सांसद, मन्त्री छैन । म संगठन गरेरै नेता कार्यकर्ताको बीचबाट यहाँ आएको भएर म अरु भन्दा पृथक छु ।

अन्त्यमा, आफ्ना मतदाताहरुलाई के भन्नुहुन्छ ?

म तेह्रौं महाधिवेशनमा पनि बाँकेको सभापतिमा उठेको हुँ । त्यस बेला साथीहरुले विजयी गराउन सक्नुभएन । अहिले यो चौधौं महाधिवेशनमा धेरै साथीहरुले मलाई के भन्नुभएको छ भने यसपटक नारायण गौडेललाई जिताउने अभियानमा हामी लागेका छौं, लाग्छौं । बाँकेको संगठन चलायमान बनाउने एक मात्र उम्मेदवार नारायण गौडेल हो भनेर सबै साथीहरुले भनिराख्नुभएको छ । यसपटक नारायण गौडेललाई जिताउनुपर्छ भन्ने अभियान क्षेत्रीय प्रतिनिधि साथीहरुले गाउँगाउँमा चलाइरहनुभएको छ । म उहाँहरुलाई धन्यवाद दिन्छु । र, फागुन १९ गते मेरो सम्पूर्ण टिमलाई अमूल्य मतदान गरी विजयी गराउन सम्पूर्ण क्षेत्रीय प्रतिनिधि साथीहरुलाई हादिक अनुरोध गर्दछु ।

सभापतिका उम्मेदवार गौडेल को हुन् ?

No description available.

बाँके कांग्रेसका प्रभावशाली नेता नारायणप्रसाद गौडेल कुशल संगठक मानिन्छन् । पार्टीको संगठन बनाउन अहोरात्र खट्ने छबि बनाएका गौडेल इमान्दार र सामान्य जीवनशैली अपनाउने मेहनती नेताका रुपमा कार्यकर्तामाझ परिचित छन् ।

कोहलपुर निवासी गौडेल पार्टी राजनीतिमा अविछिन्न सक्रिय नेता हुन् । उनले तरुण दल हुँदै क्षेत्रीय सभापति, जिल्ला सदस्य, जिल्ला सह–सचिव, केन्द्रिय संगठन विभाग सदस्यदेखि महासमिति सदस्य पदमा रही कुशलतापूर्वक आफ्नो भूमिका र जिम्मेवारी निभाएका  छन् ।

गौडेल अहिले पार्टीको महाधिवेशन प्रतिनिधि छन् । २०५९ सालमा जिल्ला सहसचिव भइसकेका उनी २०६१ सालमा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति भएका थिए । २०३६ सालदेखि साधारण सदस्यका रुपमा रहेका गौडेल २०४८ सालदेखि कांग्रेसको क्रियाशील सदस्य छन् । उनी कोहलपुर निवासी हुन् ।

नेपाल तरुण दल कोहलपुरका संस्थापक उनी १२औं महाधिवेशनबाट २०६७ सालमा केन्द्रिय संगठन विभाग सदस्य पनि बनेका थिए । जनआन्दोलन २०६२र६३ मा सक्रिय सहभागिता जनाएका गौडेल त्यतिवेला दुई पटक गरेर साढे तीन महिना जेलमा बन्दी बनाइएका थिए । उनले त्यसबेला तत्कालीन शाही नेपाली सेनाबाट मरणासन्न हुने गरी कुटाई खाएका थिए ।

१३औं महाविधेशनमा पनि सभापति पदका उम्मेदवार थिए । उनी त्यतिबेला सफल हुन सकेनन् । एकपटक सभापति बनेर बाँके कांग्रेसलाई सुदृढ र गतिशील बनाउने संकल्प बोकेका गौडेल दोस्रो संविधानसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवार समेत थिए । 

पार्टीको संगठन बनाउन अहोरात्र खट्ने छबि समेत भएका नेता गौडेलले कार्यकर्ताहरुलाई दुःखमा समेत साथ दिँदै आएका छन् । अड्डा अदालत होस् या अस्पताल कार्यकर्तालाई दुःख पर्दा गौडेल आफैं पुगेर पिर-मर्का बुझ्ने असल नेता भएका कारण यसपटकको बाँकेको कांग्रेस सभापतिमा गौडेल नै विजयी हुन् भन्ने चाहना राखेका छन् बाँकेका कांग्रेसजनहरुले ।

 

 


प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १३:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP