नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, पुस ७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सहमहामन्त्री किशोरसिंह राठौरको उम्मेदवार बादशाह
सहमहामन्त्री किशोरसिंह राठौरको उम्मेदवार बादशाह
banijya office RSG-2
राठौरकै निर्देशन आफूहरुले मान्ने नेताहरुको प्रष्टोक्ति
बागेश्वरी पोस्ट
बुधबार, फागुन १८, २०७८ बागेश्वरी पोस्ट
सहमहामन्त्री किशोरसिंह राठौरको उम्मेदवार बादशाह

नेपालगञ्ज । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् संस्थापन समूहका नेता किशोरसिंह राठौरले बाँकेमा बादशाह कुर्मी नै संस्थापनबाट सभापतिको आधिकारिक उम्मेदवार भएको भन्दै त्यसै अनुसार लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले पत्रकार सम्मेलन गरेर सभापतिमा सुरेन्द्रबहादुर हमाललाई केन्द्रबाट आधिकारिक उम्मेदवार घोषणा गर्न निर्देशन आएको बताएको भोलीपल्ट आज नेपालगञ्ज नगर सभापति प्रशान्त विष्टले सहमहामन्त्री किशोरसिंह राठौरले अर्का उम्मेदवार बादशाह कुर्मीलाई जिताउन निर्देशन दिएको बताएका छन् । राठौरको लिखित सन्देश भन्दै उनले आज आयोजित एक कार्यक्रममा संस्थापनको उम्मेदवार बादशाह नै भएकाले दायाँबायाँ नगरेर जिताउन लाग्नपर्ने बताएका छन्।

No description available.

विष्टले नै संयोजन गरेको कार्यक्रममा कुर्मीलाई संस्थापनको आधिकारिक उम्मेदवार घोषणा गर्दै दायाँबायाँ नसोची मतदान गर्न आह्वान गरिएको छ । लुम्बिनी प्रदेशसभाका सांसद मो. याकुब अन्सारी, नेता राजकुमार बर्मा, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ, क्षेत्र नम्बर १ का निवर्तमान सभापति माधवराम खत्री, नेता विरेन्द्र बहादुर शाह लगायतले बादशाह नै संस्थापन पक्षको आधिकारिक उम्मेदवार भएकाले अत्याधिक मतले विजयी बनाउन मतदाताहरुलाई आह्वान गरेका छन् । संस्थापन समूहबाट अहिलेसम्म भएका विभिन्न तहका अधिवेशनमा सहमहामन्त्री राठौरले नै आधिकारिक उम्मेदवार घोषणा गर्दै आएकाले जिल्ला अधिवेशनमा पनि राठौरकै निर्देशन बमोजिम आफूहरु अगाडि बढेको नेताहरुले बताए ।

नगर सभापति विष्टले बागेश्वरी पोस्टसंग भने-"सहमहामन्त्री किशोर दाईको निर्देशन बादशाह दाईलाई नै जिताऊ भन्ने छ, उहाँको उम्मेदवार नै बादशाह दाई हो, उहाँ हाम्रो यस क्षेत्रको सिनियर नेता हो, उहाँले प्रष्टरुपमा त्यही भनेपछि हामी बादशाह दाईलाई नै जिताउने अभियानमा लागेका छौं, त्यसैले मैले कोही साथीहरुलाई पनि भ्रममा नपर्न आग्रह गर्दछु ।" विष्टले कुमीलाई संस्थापनका ६५ देखि ६८ प्रतिशत मतदाताको साथ रहेको समेत बताए । 

त्यस अवसरमाा बोल्दै सभापतिका उम्मेदवार कुर्मीले हमाललाई बाल्मिकीले आधिकारिक उम्मेदवार भनेर घोषणा गरेपनि त्यसको पुष्ट्याइँ नभएको जिकिर गरे । उनले आफू उम्मेदवारी घोषणा गरेर चार महिनादेखि मतदाताको घरदैलोमा रहेको बताउँदै सबै नेता कार्यकर्ताको साथ आफूलाई रहेको दाबी गरे ।

केन्द्रको निर्देशन अनुसार आधिकारिक घोषणा गरिएको भनिएका हमालको पक्षमा क्षेत्रीय नम्बर २ का क्षेत्रीय सभापति रमेश गुप्ता, प्रदेश २ (क) का सभापति ज्ञानेन्द्र कुमार चौधरी र प्रदेश २ (ख) का सभापति जितेन्द्रबहादुर हमाल देखिएका छन् । एउटै समूहका नेताहरु नै दुई कित्तामा बाँडिएर प्रचारप्रसारमा लागेपछि संस्थापन समूह रणनीतिकरुपमा रणभूल्लमा परेको देखिन्छ । यसको फाइदा संस्थापन इतरका एक मात्र सभापतिका उम्मेदवार नारायणप्रसाद गौडेल र उनको टिमलाई पुग्ने विश्लेषण गरिएको छ ।

संस्थापन समूहका नेता कार्यकर्ता विभाजित मानसिकतामा पुगेपछि एउटै प्यानल बनाइएको सभापति बाहेक अन्य उम्मेदवारहरु पनि चेपुवामा परेका छन् । खुलेर मतदातामाझ उनीहरु पनि प्रस्तुत हुन नसकिरहेको अवस्था देखिएको छ । चुनावको अघिल्लो दिन झन पेचिलो बनेको संस्थापनको सभापति उम्मेदवार विवादको असर मतपत्रमा देखिने अनुमान हुन थालेको छ । भोली कांग्रेस बाँकेको अधिवेशन हुँदैछ । विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदानको समय तोकिएको छ । 


प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  २०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न, ८ गते उद्घाटन 
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
नेपाली कम्युनिष्ट पार्टीले बाँकेका आठै पालिकामा एकता सन्देश सभा गर्दै
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
रिएक्टिव नभई प्रोएक्टिब पोलिटिक्स गर्ने गतिशील लोकतान्त्रिक पार्टीको नीति
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
एमाले अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP