prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेका नवनिर्वाचित सभापति गौडेलद्वारा पदभार ग्रहण
कांग्रेस बाँकेका नवनिर्वाचित सभापति गौडेलद्वारा पदभार ग्रहण
banijya office RSG-2
पार्टी बनाउन अहोरात्र खट्ने प्रतिबद्धता
बागेश्वरी पोस्ट
आइतबार, फागुन २२, २०७८ बागेश्वरी पोस्ट
कांग्रेस बाँकेका नवनिर्वाचित सभापति गौडेलद्वारा पदभार ग्रहण

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेका नवनिर्वाचित सभापति नारायणप्रसाद गौडेलले पदभार ग्रहण गरेका छन् । निवर्तमान सभापति किरण कोइरालाले आज नवनिर्वाचित सभापति गौडेललाई पदभार हस्तान्तरण गरिन् । उनले माइन्युट र अन्य कागजात पनि हस्तान्तरण गरिन् ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री सञ्जय गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला अधिवेशनबाट निर्वाचित सभापति, पदाधिकारी, सदस्य तथा महासमिति सदस्यहरुलाई प्रमाणपत्र वितरण तथा पदभार ग्रहण गराइएको हो । कार्यक्रममा बोल्दै नेताहरुले नेपाली कांग्रेस बाँकेलाई सुदृढ र गतिशील बनाउन गौडेल नेतृत्वको कार्यसमिति सक्षम हुने विश्वास व्यक्त गर्दै सबैलाई समेटेर अगाडि बढ्न सुझाब दिएका छन् ।

"गौडेलजी अब सबैको सभापति बन्नुभएको छ, सबैलाई मिलाएर लैजानुहुनेछ भन्ने विश्वास लिएका छौं, पार्टी संगठनमा अहोरात्र खट्ने उहाँको छविले पार्टीलाई पक्कै पनि नयाँ उचाईमा पुर्याउनेछ," बक्ताहरुको भनाई थियो-"संगठनलाई अझ सुदृढ बनाउँदै आगामी निर्वाचनहरुमा पार्टीलाई जिताउने अभिभारा गहनताका साथ निर्वाह गर्न नेतृत्वदायी भूमिका अवश्य पनि खेल्न सक्नुहुनेछ भन्ने विश्वास छ ।" नेताहरुले सबैको आत्मसम्मान र स्वाभिमानलाई ध्यान दिँदै पार्टीभित्र उच्च मूल्यांकन गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिएका थिए । एमसिसी लगायतका विषयमा जनतामा छरिएको भ्रम नेतृत्वले चिर्न सक्नुपर्नेमा पनि बक्ताहरुको जोड छ ।

पदभार ग्रहणपछि बोल्दै नवनिर्वाचित सभापति गौडेलले इमान्दारिताका साथ पार्टी बनाउन अहोरात्र खट्ने प्रतिबद्धता जनाए । सबैलाई मिलाएर एकताबद्ध कांग्रेस बनाउने बताउँदै गौडेलले कसैलाई काखापाखा नगरी अघि बढ्ने विश्वास दिलाए । उनले आफ्ना प्रतिष्पर्धीलाई पनि साथ लिएर अघि बढ्ने बताए । "सुरेन्द्र दाई, बादशाह दाई कसैको हार र जीत होइन यो, मलाई मात्र पार्टीको संगठन गर्ने जिम्मेवारी दिइएको हो, संगठन बनाउन हामी सबैको बराबर दायित्व छ, हामी तीन जना मिलेर संगठन निर्माणमा जुट्नेछौं, पार्टीलाई छिन्नभिन्न हुन दिनेछैनौं ।" उनले आगामी निर्वाचनहरुमा पार्टीलाई जिताउन आफू नेतृत्वको कार्यसमिति कटिबद्ध भएर लाग्ने दृढता व्यक्त गरे । उनले निर्वाचित गराउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरे ।

No description available.

कार्यक्रममा  केन्द्रिय सदस्य गौतम, अर्का केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, निवर्तमान सभापति किरण कोइराला, पूर्व सभापतिहरु सनत रेग्मी, गजेन्द्र हमाल, कृष्णमान श्रेष्ठ, सभापतिका प्रत्यासी एवम् संविधानसभा सदस्य बादशाह कुर्मी, पूर्व सांसद ज्ञानु केसी, लुम्बिनी प्रदेशसभाका सांसदद्वय शंकर गिरी र मो.याकुब अन्सारी, प्रमुख निर्वाचन अधिकृत उदयमणि आचार्य लगायतले बोलेका थिए । निवर्तमान सचिव कपिलदेव शर्माले सञ्चालन गरेको कार्यक्रममा सहसचिव रामकुमार राँढले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

नेपाली कांग्रेस बाँकेको अधिवेशनबाट सभापतिमा गौडेलसहित उपसभापति गोपाल प्रसाद अधिकारी र कृष्णबहादुर कार्की, सचिवमा सुधांशु कोइराला र सञ्जु कुमारी चौधरी तथा सहसचिवमा रेणु सिंह ठाकुर र विनोद कुमार थारु निर्वाचित भएका थिए । त्यस्तै जिल्ला सदस्य र महासमिति सदस्य पनि निर्वाचित भएका थिए । 

No description available.


प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  २०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP