Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कम्युनिष्टबाट मुक्ति पाए मात्रै समृद्धिको यात्रा अघि बढ्छ: अजयबाबु शिवाकोटी
कम्युनिष्टबाट मुक्ति पाए मात्रै समृद्धिको यात्रा अघि बढ्छ: अजयबाबु शिवाकोटी
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन २३, २०७८ बागेश्वरी पोस्ट
कम्युनिष्टबाट मुक्ति पाए मात्रै समृद्धिको यात्रा अघि बढ्छ: अजयबाबु शिवाकोटी

नेपालगन्ज । गरिवीमुक्त समृद्ध समाज बनाउनका लागि कम्युनिष्टमुक्त समाज बनाउन आवश्यक रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताएका छन् ।

नेपाली कांग्रेस धादिङ थाक्रे गाउँपालिका वडा नम्बर १० केबलपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता शिवाकोटीले नागरिकलाई गरिवीमै राख्दा आफू फस्टाउने सोच राख्ने कम्युनिष्टहरुसँग सर्तक रहन आग्रह गरे । आफ्नो स्वार्थको लागि नागरिकलाई गरिवीको दुष्चक्रमा राखिरहने कम्युनिष्टबाट मुक्ति पाए मात्रै समृद्धिको यात्रा अघि बढ्ने शिवाकोटीले बताए । समाज कम्युनिष्टबाट मुक्त भएमा गरिवीबाट समेत मुक्ति हुन सक्ने बताउँदै उनले कम्युनिष्टमुक्त समाज बनाउन आवश्यक रहेको टिप्पणी गरे । पोखरा विमानस्थलको निर्माणका लागि उत्तरी छिमेकीबाट ल्याइएको ब्याज अन्तर्राष्ट्रिय मापदण्डको सबैभन्दा महंगो ब्याज भएको उनले बताए । २५ वर्षमा यो व्याज करिब ३ सय प्रतिशत पुग्न सक्ने उनको चिन्ता छ ।

धादिङ र काठमाडौं जोड्ने सुरुङमार्ग बनाउन लिइएको ऋणको ब्याज ०.१ प्रतिशत मात्रै रहेको नेता शिवाकोटीले बताए । कम्युनिष्ट देशबाट लिएर कम्युनिष्टले ठेक्का पाउनकै लागि २ सय गुणासम्म महंगो ऋण लिएर देशलाई ऋणको पासोमा पार्न खोजेको उनको आरोप छ । एमाले नेता डा. भीमबहादुर रावल सहितका केही नेताले एकपछि अर्को विषयमा जनतालाई दिग्भ्रमित पारेर भ्रम छरेको टिप्पणीसमेत उनले गरे । रावल आफैं रहेको क्याबिनेटले एमसीसीको निर्णय गरे पनि अहिले भ्रम छर्ने काम मात्रै गरेको भन्दै शिवाकोटीले उनी भ्रमशिरोमणीको नयाँ अवतारमा उदाएको बताए । 

शिवाकोटीले समाजमा बेथिति निम्त्याउन र भ्रष्टाचार गर्न कम्युनिष्ट नै अगाडि रहेको बताउँदै कम्युनिष्टमुक्त समाज बनाउनु आजको आवश्यकता रहेको बताए । कार्यक्रममा नेता शिवाकोटीले विभिन्न पार्टीबाट आएका करिब तीन दर्जन नेता एवं कार्यकर्ताहरुलाई पार्टी सदस्यता दिएर कांग्रेसमा प्रवेश गराएका थिए । 

 


प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP