नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • वडा कार्यालयका जनप्रतिनिधिदेखि कर्मचारी भ्रमणमा,सेवाग्राही मर्कामा
वडा कार्यालयका जनप्रतिनिधिदेखि कर्मचारी भ्रमणमा,सेवाग्राही मर्कामा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १४, २०७६ बागेश्वरी पोस्ट
वडा कार्यालयका जनप्रतिनिधिदेखि कर्मचारी भ्रमणमा,सेवाग्राही मर्कामा

तुलसीपुर ( दाङ )।वडा कार्यालयमा जनप्रतिनिधिहरु नभएपछि सेवाग्राहीको काम ठप्प भएको छ। दाङको दंगिशरण गाउँपालिका वडा नं ५ का अध्यक्ष लगाएतका पदाधिकारीहरु भ्रमणमा गएपछि कार्यालयको काम प्रभावित भएको छ ।

वडा अध्यक्ष दीपक गौतम, कार्यालय सचिव प्रेमप्रशाद चौधरी लगाएतका अधिकाँस जनप्रतिनिधि पुस ८ गते कार्यालय वन्द गरेर कृषि भ्रमण गएको हुँदा सेवाग्राहीको काम प्रभावित हुँदै आएको छ । आइतवार कार्यालय परिसरमा सेवाग्राहीको बाक्लै भिड रहेको थियो । तर उनीहरुको काम गरिदिने जनप्रतिनिधि र कार्यालय सचिव भने कोहीपनि त्यहाँ थिएनन् । दंगिशरण ५ मिरौली निवासी ३१ बर्षीया सृजना केसीको नाता प्रमाणित गराउने काम हुन नसकेको बताइन ।

नागरिकता हराएपछि नयाँ प्रतिलिपि लिनको लागि सिफारिस लिन भनी वडा कार्यालय पुगेका ६८ बर्षीय ज्योतिप्रशाद न्यौंपानेपनि आफ्नो काम गरिदिने जनप्रतिनिधि तथा कर्मचारी कोही फेला नपरेको बताए । स्थानीय ५७ बर्षीय एकलाल गिरी चार दिनदेखि नाता प्रमाणितको काम लिएर निरन्तर कार्यालय धाउँदापनि काम नभएको गुनासो गरे । आइतवार वडा कार्यालय खोल्न दंगिशरण गाउँपालिकाकी कर्मचारी चन्द्रा वली आएपनि कुनै काम भने भएन । उनले कार्यालय खोलेपनि वडा अध्यक्षको कार्यकक्ष भने बन्द नै थियो ।

वलीले कुनैपनि जिम्मेवारी आफुले नपाएको हुँदा कुनै काम गर्न नसक्ने बताइन । वलीले भनिन् ‘जिम्मेवारी खास केही दिइएको छैन।त्यसैले मैले कुनैकाम गर्न सक्दिन।’ एकदिन आएको हुँदा कागज पत्र कहाँ छन् रु भन्ने कुराको समेत उनले जानकारी नभएको बताइन । कृषि भ्रमणका नजाने एक मात्रै वडा सदस्य ६१ बर्षीया लिलावती परियारले भ्रमणमा गएका वडा अध्यक्षले आफुलाई कामगर्ने कुनै अख्तियारी नदिएको बताइन । यदी कुनै अख्तियारी दिएको भएपनि उनले केही गर्न सक्ने अवस्था छैन । कारण उनले लेखपढ गर्न सक्दिनन् ।

परियारले ५ दिनदेखि वडा कार्यालयमा कुनै काम हुन नसकेको भएपनि आफुले ढोका भने खोल्दै आएको जानकारी दिइन ।

काँग्रेसले गलत प्रचार गरेर जनता भड्काउन खोज्यो :

वडा अध्यक्ष भ्रमणमा रहेका वडा अध्यक्ष गौतमले भने नेपाली काँग्रेसले गलत प्रचार गरेर जनता भड्काउन खोजेको बताएका छन् । उनले नेपाली काँग्रेसका केही व्यक्तिहरुले आफुसंगको रिसिवी साँध्न गतल प्रचार बाजी गरेर भ्रम सृजना गर्न खोजिरहेको बताएका छन् ।

भित्रे पात्रोमा ‘क्रिसमस डे’लाई विदा लेखेको हुँदा र त्यस बीचमा शनिवारपनि पर्ने हुँदा विदाको समयमा कृषि भ्रमणमा गएको भएपनि त्यसलाई गलत प्रचारबाजी गरेर भ्रम सृजना गर्न खोजिएको वडाध्यक्ष गौतमले बताए । वडा अध्यक्ष नेतृत्वको टोली कृषि भ्रणको लागि भन्दै ५ दिन अगाडि ईलाम, चितवन लगाएका स्थानमा गएको छ ।


प्रकाशित मिति: सोमबार, पुस १४, २०७६  ०७:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP