prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • गुट उपगुट विर्सिँदै रुख र चारतारे झण्डालाई सम्झिएर कांग्रेसलाई मजबुत बनाउन लाग्नुस्ः गिरी
गुट उपगुट विर्सिँदै रुख र चारतारे झण्डालाई सम्झिएर कांग्रेसलाई मजबुत बनाउन लाग्नुस्ः गिरी
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन २९, २०७८ बागेश्वरी पोस्ट
गुट उपगुट विर्सिँदै रुख र चारतारे झण्डालाई सम्झिएर कांग्रेसलाई मजबुत बनाउन लाग्नुस्ः गिरी

नेपालगञ्ज । नेपाली कांग्रेसको चुनाव लक्षित एक महिने अभियान आजदेखि देशभर एकसाथ शुरु भएको छ । अभियानको बाँकेमा केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले उद्घाटन गरेका छन् । 'घर-घर जाउँ, कांग्रेस जिताऔं' अभियानको उद्घाटन गर्दै केन्द्रीय प्रतिनिधिका रुपमा बाँकेमा खटिएका गिरीले गुट उपगुट विर्सिँदै रुख र चारतारे झण्डालाई सम्झिएर कांग्रेसलाई मजबुत बनाउनतर्फ लाग्न निर्देशन दिएका छन् ।

बोलीमा मात्र एकताको कुरो नभई व्यवहारमै हार्दिकता प्रदर्शन गर्दै हृदय हृदय मिलाएर अभियानमा खट्न उनले निर्देशन दिए । "टिम स्पिरिटका साथ लाग्नुस्, सबै पालिका र वडामा हामीले जित्नुपर्दछ, बाँके कांग्रेसका लागि ऐतिहासिक जिल्ला हो, हामीलाई अब अल्मिलिने छुट छैन, सबैतिर विजय हासिल गर्ने गरी लाग्नुस्," केन्द्रीय सदस्य गिरीले भने । केन्द्रीय सदस्य गिरीले जित्ने मान्छेलाई टिकट दिनुपर्ने सबैको मान्यता भएपनि जित्ने मान्छे को हो भन्ने कुरा पत्ता लगाउन यो अभियानले सहयोग गर्ने बताए ।

विभिन्न पार्टीले नक्कली नारा दिएको भन्दै उनले ती भ्रमहरुलाई चिर्दै घर-घरमा पुग्न स्थानीय नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले एमसीसी मुलुकको हितमा रहेकाले यसका बारे फैलाइएको अफबाह चिर्न कार्यकर्तालाई निर्देशन दिए । सबै क्षेत्र अस्तव्यस्त भएको र संविधान मिचिएको बेला कांग्रेसले सत्ता सम्हालेको कुरालाई पनि जनतामाझ स्पष्टसंग राख्न गिरीले आग्रह गरे ।

No description available.

अर्का केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले आन्तरिक चुनावमा देखिएको मनमुटाबलाई विर्सेर एकजुट भई निर्वाचन अभियानमा खटिन निर्देशन दिए । घर-घरमा गएर कांग्रेसले गरेका कामहरुको चर्चा गर्न उनले आग्रह गरे । प्रदेश सभापति अमरसिंह पुनले बैशाख ३० गते हुने स्थानीय चुनाव जिते मात्र प्रदेश र संघमा सफलता हासिल गर्न सकिने भन्दै जीत हासिल गर्ने गरी अभियानमा खटिन आह्वान गरे । उनले जसले जनताको मत जितेको छ, उसैले टिकट पाउने भन्दै हाम्रो नभई राम्रो मान्छेले टिकट पाउने बताए ।

जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको चुनावी अभियान उद्घाटन कार्यक्रमलाई पूर्व पार्टी सभापति गजेन्द्र हमाल, कृष्णमान श्रेष्ठ, संविधानसभा सदस्यहरु बादशाह कुर्मी, अब्दुल हमिद सिद्धिकी, आशा विक, लुम्बिनी प्रदेश कमिटीबाट खटिएकी क्षेत्रीय प्रतिनिधि पुष्पा श्रेष्ठ, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, क्षेत्र नम्बर २ का सभापति रमेश कुमार गुप्ता, क्षेत्र नम्बर ३ का सभापति नक्की खाँ, प्रदेश सभा क्षेत्र नम्बर ३ क का सभापति केशब शाह, बैजनाथ गाउँपालिकाका सभापति देव बहादुर केसी, नेपालगञ्ज ११ की बुथ सभापति ऋचा द्विवेदीले सम्बोधन गरेका थिए । जिल्ला उपसभापति कृष्ण बहादुर कार्कीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १७:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP