prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कम्युनिष्टहरु व्यापारी हुन्, भय र भ्रम बेच्छन्, उत्तेजना किन्छन्ः गगन थापा
कम्युनिष्टहरु व्यापारी हुन्, भय र भ्रम बेच्छन्, उत्तेजना किन्छन्ः गगन थापा
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन ३०, २०७८ बागेश्वरी पोस्ट
कम्युनिष्टहरु व्यापारी हुन्, भय र भ्रम बेच्छन्, उत्तेजना किन्छन्ः गगन थापा

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कम्युनिष्टहरुलाई भय र भ्रम बेचेर उत्तेजना किन्ने व्यापारीको संज्ञा दिएका छन् ।

paribartan 1

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले आज कोहलपुरमा आयोजना गरेको बृहत् सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले एमसीसीमा पनि कम्युनिष्टहरुले यही शैली र प्रबृत्ति देखाएको बताए । एमसीसीका कारण जनताले कुन पार्टी कस्तो भनेर चिन्ने मौका पाएको बताए ।

"एमसीसी सहयोगको लागि प्रक्रिया अघि बढाउनेदेखि सम्झौता लेख्ने नै कम्युनिष्ट नेता हुन्, उनीहरुलाई एमसीसी सही हो भन्ने थाहा छ तर भय र भ्रम बेचेर फेरि पनि उत्तेजना किन्ने बाटोमा लागेर झुठ बोल्दैछन्," महामन्त्री थापाले भने-"नेपालको हितमा रहेको एमसीसीका पक्षमा कांग्रेस प्रतिपक्षमा रहँदा पनि थियो आज सत्तामा रहँदा पनि पक्षमै रह्यो, हामी सत्यको पक्षमा हुन्छौं, स्वाभिमान र राष्ट्रियताका सवालमा भने हामी कुनै सम्झौता गर्दैनौं ।" उनले ऋण भन्दा पनि अनुदान सहयोग धेरै लिनुपर्ने पक्षमा कांग्रेस रहेको बताउँदै ऋण लिँदा घाँटी हेरेर हाड निल्नुपर्ने स्पष्ट पारे । "ऋण लिने त हो तर त्यसको सीमा हुन्छ, टाउकोमा धेरै ऋण थोपरेर अगाडि बढिँदैन, कांग्रेस ऋण भन्दा पनि अनुदान सहयोग बढी लिउँ भन्ने पक्षमा छ," उनले भने । 

पार्टीभित्र उच्चस्तरीय एकता चाहिएको भन्दै उनले जोश र जाँगरका साथ पार्टीले सञ्चालन गरेको चुनावी अभियानमा होमिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । चुनावी गठबन्धन आफूले पनि नचाहेको भन्दै उनले भने-"तपाईंहरुको चाहना पनि यही हो, रुख भन्दा अन्यत्र भोट हाल्न नपरोस् भन्ने चाहनुहुन्छ, तपाईंहरुको यो भावनाको पार्टीले उच्च सम्मान गर्छ तर गठबन्धन नगर्ने त भन्ने अनि पार्टीलाई जिताउन एक हुने कि नहुने ?, उनले अगाडि भने-"जसले टिकट पाउँछ, उसलाई जिताउन लाग्ने कि नलाग्ने, रुख बाहेक मुख हेर्दैनौं भन्ने भरोसा पार्टी नेतृत्वलाई दिलाउने कि नदिलाउने ?"

इतिहासकै सबैभन्दा राम्रो अनुकुलता भएका बेला एउटा पनि काम गर्न नसकेको कम्युनिष्ट सरकारले सबैतिर भत्काउने र विगार्ने काम गरिरहँदा कांग्रेसले बाध्यात्मक अवस्थामा सरकारको नेतृत्व गर्नुपर्ने अवस्था बनेको बताउँदै महामन्त्री थापाले अब चुनावपछि पाँच बर्ष सरकारको नेतृत्व गर्ने गरी जनतालाई विश्वासमा लिन आह्वान गरे । बैशाख ३० गते हुने निर्वाचन एक दिन पनि दायाँबायाँ नहुने बताउँदै उनले निर्वाचनमा होमिन निर्देशन दिए ।

केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले 'घरघर जाउँ-कांग्रेस जिताउँ' भन्ने पार्टीको नारालाई कार्यान्वयन गर्न गम्भीर ढंगले लाग्न सबै नेता कार्यकर्तालाई आह्वान गरे । गिरीले पार्टी पंक्ति गम्भीरताका साथ लागे सफलता हासिल हुने बताउँदै युवा, तरुण र विद्यार्थीहरुलाई विशेषरुपमा अभियानमा खट्न निर्देशन दिए । उनले भने-"अभियानमा सबै भ्रातृ संस्था खट्नुस् ।" उनले यथार्थ अवस्था विश्लेषण गरेर चुनावी तालमेल गर्ने नगर्ने भन्ने विषयमा पार्टी नेतृत्वले निर्णय लिने उल्लेख गरे ।

No description available.

अर्का केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री सञ्जय गौतमले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेको भन्दै तालमेल आवश्यक नरहेको तर्क गरे । केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले बाँकेमा अब कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गरे ।

क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा भएको बृहत् सभालाई लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका सांसद शंकर गिरी, लुम्बिनी प्रदेशकी सहमहामन्त्री निमा गिरी, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, महासमिति सदस्य पूर्ण आचार्य, तरुण दलका पूर्व महामन्त्री भुपेन्द्रजंग शाही, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, ३ का सभापति नक्की खाँ, महासमिति सदस्य भानुभक्त भट्टराई, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले सम्बोधन गरेका थिए । कोहलपुर नगर सभापति विरेन्द्र कुमार शाहले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव खुमबहादुर बस्नेतले गरेका थिए ।

त्यस क्रममा महामन्त्री थापाले नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १, प्रदेश १ ख र कोहलपुर नगर कार्यालयको उद्घाटन गरेका थिए । कार्यक्रममा अन्य पार्टीका सयौं नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए । कांग्रेस प्रवेश गरेका ५८१ जनालाई महामन्त्री थापाले पार्टीमा स्वागत गरेका थिए ।  

No description available.No description available.No description available.


प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १९:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP