prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • चुनावी गठबन्धनको सम्भावनालाई नकार्न सकिँदैनः कांग्रेस प्रबक्ता महत
चुनावी गठबन्धनको सम्भावनालाई नकार्न सकिँदैनः कांग्रेस प्रबक्ता महत
banijya office RSG-2
'चैतभित्रै उम्मेदवार टुंग्याउँछौ, जित्ने मान्छेले टिकट पाउँछ'
बागेश्वरी पोस्ट
शनिबार, चैत ५, २०७८ बागेश्वरी पोस्ट
चुनावी गठबन्धनको सम्भावनालाई नकार्न सकिँदैनः कांग्रेस प्रबक्ता महत

नेपालगञ्ज । नेपाली कांग्रेसका प्रबक्ता डा.प्रकाशशरण महतले सत्तारुढ दलहरुबीच चुनावी गठबन्धनको सम्भावनालाई नकार्न नसकिने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँके शाखाले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रबक्ता डा.महतले कांग्रेसलाई जे गर्दा फाइदा हुन्छ त्यही अनुसार निर्णय लिने बताए । "हामीलाई गठबन्धन गर्दा फाइदा हुन्छ कि नगर्दा त्यो विश्लेषण गर्छौं, भावनामा बगेर मात्र भएन, हामी पार्टीलाई फाइदा हुने गरी निर्णय लिन्छौं," महतले भने । आगामी केन्द्रीय कमिटीको बैठकले यसबारे निर्णय लिने उनले बताए ।

प्रबक्ता डा.महतले कांग्रेसले चैतभित्र उम्मेदवारहरुको टुंगो लगाउने दाबी गरे । "हामी यसपटक समयमै उम्मेदवारहरुको टुंगो लगाएर निर्वाचनमा होमिन्छौं, अघिल्ला निर्वाचन जस्तो अन्तिम समयमा आएर निर्णय लिने काम यो चोटी हुँदैन, चैतभित्रै उम्मेदवार टुंग्याउँछौं ।"

उनले 'घर-घर जाऔं, कांग्रेस जिताऔं' अभियानलाई सफल बनाउन नेता कार्यकर्तालाई घरघरमा पुग्न आह्वान गरे । "अहिले चुनावी गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुरामा नलाग्नुस्, पार्टीलाई कसरी आगामी निर्वाचनमा जिताउन सकिन्छ भनेर लाग्नुस्, विपक्षी दलहरुको गरेको दुष्प्रचार र गल्तीहरुको बारेमा बोल्नुस्, एमसीसीका बारेमा फैलाइएको भ्रम चिर्नुस," उनले भने ।

उनले यसपटक जित्ने मान्छेलाई उम्मेदवार बनाइने बताए । "मेरो-तेरो या यो गुट-त्यो गुट भन्ने हुँदैन, जसले जित्ने देखिन्छ, उसैलाई पार्टीले उम्मेदवार बनाउँछ," उनले भने ।

No description available.

प्रबक्ता डा.महतले एमसीसीका बारेमा खडा गरिएको भ्रमको पर्दा खुलेको बताउँदै कांग्रेस सधैं सत्यका पक्षमा उभिने पार्टी भएको बताए । उनले एमसीसी नेपालको हितमा भएकाले कांग्रेसले सत्तामा रहँदा वा प्रतिपक्षमा रहँदा पनि सधैं एउटै बोली बोलेको बताए । उनले एमसीसी पारित भएपछि नेपालको इज्जत र शाख बढेको उल्लेख गरे । "अन्तर्राष्ट्रियस्तरमा खस्किएको शाख र इज्जत जोगिएको छ, नेपालका कम्युनिष्टहरु आफैं बसेर निर्णय गर्छन्, आफैं सहयोग माग्छन् अनि आफैं विरोध गर्छन् भन्ने अवस्था बनेको छ तर कांग्रेस यसमा दृढ भएर उभिँदा देशको इज्जत र शाख बढेको छ," उनले भने । 


प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १५:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP