prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नरैनापुरमा अबिलम्ब इलाका प्रशासन माग्दै कांग्रेस बाँकेको ज्ञापनपत्र
नरैनापुरमा अबिलम्ब इलाका प्रशासन माग्दै कांग्रेस बाँकेको ज्ञापनपत्र
banijya office RSG-2
छिटो भन्दा छिटो पुनःस्थापना हुन्छः प्रजिअ खत्री
बागेश्वरी पोस्ट
आइतबार, चैत ६, २०७८ बागेश्वरी पोस्ट
नरैनापुरमा अबिलम्ब इलाका प्रशासन माग्दै कांग्रेस बाँकेको ज्ञापनपत्र

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले नरैनापुरमा अबिलम्ब इलाका प्रशासन कार्यालय पुनःस्थापना गर्न माग गरेको छ । कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालयमा पुगेको एक टोलीले नरैनापुरमा अबिलम्ब इलाका प्रशासन कार्यालय पुनःस्थापनाका लागि प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

No description available.

प्रजिअ खत्रीलाई ज्ञापनपत्र बुझाउँदै सभापति गौडेलले नरैनापुरका जनता सरल, सहज र छिटो छरितो सेवा पाउने अधिकारबाट बञ्चित भएको भन्दै एक साताभित्र नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापना गर्न ध्यानाकर्षण गराए । नागरिकता लगायत सामान्य प्रशासनिक कामका लागि लामो दुरी तय गरेर नेपालगञ्ज आउनुपर्ने बाध्यता स्थानीयले ब्यहोर्नुपरेको औंल्याउँदै सभापति गौडलेलले नरैनापुरबासीलाई झञ्झटिलो अवस्थाबाट छुटकारा दिन वडा नम्बर ५ मटेहियामा तत्काल इलाका प्रशासन कार्यालय पुनःस्थापना हुनुपर्ने बताए ।

कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीले पहिले भन्दा परिस्थिति सबै कोणबाट अहिले सहज बनिसकेकाले नरैनापुर गाउँपालिका र राप्तीसोनारीका गाउँपालिकाका ६ र ७ नम्बर वडाका बासिन्दालाई समेत पायक पर्ने हिसाबले अबिलम्ब इलाका प्रशासन कार्यालय नरैनापुरमा पुनःस्थापना गर्न प्रजिअ खत्रीको ध्यानाकर्षण गराए ।

No description available.

ज्ञापनपत्र बुझ्दै प्रजिअ खत्रीले छिटो भन्दा छिटो नरैनापुरको उपयुक्त स्थानमा इलाका प्रशासन कार्यालय पुनःस्थापना गरिने बताए । "तपाईंहरुको माग छिटो भन्दा छिटो सम्बोधन हुने गरी पहल गरिरहेका छौं, गृह मन्त्रालयमा कर्मचारी माग गरिसकेका छौं, कर्मचारीको व्यवस्था भयो भने यथाशक्य नरैनापुरको उपयुक्त स्थानमा कार्यालय पुनःस्थापना गर्छौं," प्रजिअ खत्रीले भने ।त्यसक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य एवम् नरैनापुर ५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्यले कार्यालयका लागि आफ्नो निजी भवन पाँच महिनासम्म निःशुल्क उपलब्ध गराउने समेत बताएका थिए । 

ज्ञापनपत्र बुझाउन कांग्रेस बाँके सभापति गौडेल, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति केसी, लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुषाल, इशाक जोलाहा, बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, सहसचिव विनोदकुमार थारु, प्रदेश १ (क) का सभापति लक्ष्मण थारु, क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव खुमबहादुर बस्नेत, निवर्तमान सचिव डिल्ली गिरी, नरैनापुर पालिका सभापति मेराज अहमद खाँ, नरैनापुर गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष  युवराज मौर्य, कोहलपुर नगर सचिव गोविन्द वाग्ले लगायत नेता कार्यकर्ता पुगेका थिए ।

यसअघि नरैनापुरमा रहेको इलाका प्रशासन कार्यालय हटाई केही बर्षदेखि नेपालगञ्जबाटै सेवा सञ्चालन भइरहेको छ । 

No description available.No description available.


प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १९:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP