नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, चैत ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • चिनियाँ विदेशमन्त्री एमाले-माओवादी र नेकपा एस जोड्ने सुपर ग्लु लिएर नेपाल आउँदै
चिनियाँ विदेशमन्त्री एमाले-माओवादी र नेकपा एस जोड्ने सुपर ग्लु लिएर नेपाल आउँदै
बागेश्वरी पोस्ट
सोमबार, चैत ७, २०७८ बागेश्वरी पोस्ट
चिनियाँ विदेशमन्त्री एमाले-माओवादी र नेकपा एस जोड्ने सुपर ग्लु लिएर नेपाल आउँदै

नेपालगन्ज । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण यही शुक्रबारबाट शुरु हुँदैछ । दुई दिने नेपाल भ्रमणमा आउन लागेका वाङ यीको नेपाल भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । उनको भ्रमणको मिति नजिक नजिक आउँदा परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिसकेको छ । चिनियाँ उच्च अधिकारीको नेपाल भ्रमण कुटनीतिक क्षेत्रमा जति महत्व हुन्छ त्यो भन्दा बढी राजनीतिक रुपमा महत्व रहेको छ । 

नेपालको संघीय संसदबाट अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदन भएलगत्तै चिनियाँ विदेशमन्त्रीको प्रस्तावित भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । कम्युनिष्ट पार्टीकै सहयोगमा एमसीसी पास भएपछि चीनका उच्च अधिकारीहरु उनीहरुप्रति झस्किएका छन् । बलियो कम्युनिष्ट बनाउन चाहेका चिनियाँ अधिकारीहरुले पछिल्लो पटक एमाले र माओवादी केन्द्र विभाजित भएकोमा चित्त दुखाएका छन् । तैपनि नेपालको सरकार सञ्चालन जुन पार्टीले गर्यो त्यसलाई उनीहरुले समर्थन गर्दै आएका छन् । 

एमसीसी संसदबाट अनुमोदन भएपछि चिनियाँ अधिकारीहरुले नेपालका दुई कम्युनिष्ट पार्टी फेरि जोड्ने प्रयासको थालनी गरेका छन् । अहिले उच्च अधिकारीहरुको भ्रमण पनि यसमै केन्द्रीत भएको स्रोतको दाबी छ ।

‘नेपालमा रहेका चिनियाँ जासुसहरुलाई थप परिचालन गर्नु र उनीहरुबाट नेपालका कम्युनिष्ट पार्टीका नेताहरुको धारणाबारे जानकारी लिनु हो’, स्रोतले भन्यो । 

यद्यपि यो भ्रमण नेपाल सरकारकै व्यवस्थापनमा र निमन्त्रणमा भएका कारण अन्य शंका गर्ने ठाउँ छैन । एमसीसी अनुमोदन अघि चिनियाँ अधिकारीहरुले त्यसलाई पास नगराउन हर प्रयास गरेका थिए । 

तर, अमेरिकी सरकारको चर्को दबाबका अघि नेपाल सरकार र नेपालका कम्युनिष्ट पार्टीको कुनै जोड नचलेपछि अन्ततः गत फागुन १५ गते संसदबाट एमसीसी अनुमोदन भएरै छाड्यो । 

चिनियाँ पक्षसँग नजिक रहेका नेताहरुले सो विषयमा असन्तुष्ट देखिए पनि नेतृत्व तहले पास गराएपछि नेपालमा रहेका चिनियाँ अधिकारीलाई कम्युनिष्ट पार्टीलाई गोलबन्द गराउने टास्क दिइएको छ । 

‘चिनियाँहरुले पार्टी विभाजन नहोस् भनेर धेरै प्रयास गरेका थिए तर सकेनन् । अहिले भने उनीहरु स्थानीय तहको निर्वाचन अघि वा पछि जसरी भएपनि कम्युनिष्टहरुले कार्यगत एकता र त्यसपछि पार्टी एकता होस् भन्ने अभियानमा लागेका छन् । यो काम निकै मसिनो गरी हुँदैछ’, स्रोतले भन्यो । 

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलसहितको टोली सोमबार मात्रै चीन गएको छ । चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण अघि एमाले उपाध्यक्षको टोली चीन जानुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ । एमाले पहिलेदेखि नै एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा रहेपछि चिनियाँ पक्षले दूरी बढाएको थियो । कुटनीतिक मामिलाका जानकारहरु भने चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई नियमित भ्रमणको रुपमा बुझ्नुपर्ने र आपसमा रहेका असमझदारी तथा अविश्वास हटाउने एउटा अवसरका रुपमा लिनुपर्नेमा जोड दिएपनि अहिलेको अवस्थामा कम्युनिष्ट पार्टीहरुको बेमेललाई न्यूनीकरण गर्नु नै प्रमुख उद्देश्य रहेको स्रोतको  दाबी छ ।

‘नेपाल कम्युनिष्ट पार्टी बलियो हुँदा मात्रै आफ्नो स्वार्थ अनुकुल नेपाललाई प्रयोग गर्न सकिने चिनियाँ बुझाई रहेको देखिन्छ’, स्रोतले भन्यो ।

चिनियाँ विदेश मन्त्री वाङ यीसँगै चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका मन्त्री सङ ताओ पनि नेपाल आउँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य विदेश विभाग प्रमुख समेत रहेका सङले हालै विदेश विभागको प्रमुखको हैसियतमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भिडियो वार्ता गरेका थिए ।

नेपाल भ्रमणका क्रममा पनि उनीहरुसँग भेट हुनेछ । चिनिया राजदूत हाउ यान्छीले उनीहरुको भेटघाट तय गरिसकेकी छिन् । ओली र प्रचण्डसँग भेटेर समय व्यवस्थापन गरिसकेकी हुन् ।

राष्ट्रपति तथा पार्टी महासचिव सी चिनफिङलाई सिधै रिपोर्ट गर्न सक्ने भएकाले सङ बेइजिङमा विदेशमन्त्री वाङपछि नेपाल मामिलामा प्रभावशाली नेता मानिन्छन् । 

भ्रमणको क्रममा ७ देखि ९ जना चिनियाँ अधिकारी वाङ नेतृत्वको प्रतिनिधिमण्डलमा नेपालमा आउनेछ । हाम्राकुराबाट


प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १२:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP